5 years ago
April 8, 2020
कप्तान कथन
– राकेश श्रेष्ठ, पूर्वकप्तान – नेपाल राष्ट्रिय फुटबल टोली
फुटबल खेल्न घर परिवारबाटै प्रोत्साहन पाउने भाग्यमानी मध्ये म पनि पर्छु । काठमाडौं टंगालमा जन्मे–हुर्केको मैले परिवारको विश्वासलाई भत्किन पनि दिइन जस्तो लाग्छ । टंगाल माध्यामिक विद्यालयमा पढ्दा पढ्दै महावीर क्लबबाट ‘बि’ डिभिजन लिग खेल्ने मौका पाएँ । मेरो सफल करियरका लागि त्यो अवसर आर्शीवाद बन्यो ।
हुनत त्यसपछि केही समय मनाङ मस्र्यांग्दी क्लबका लागि पनि खेलेँ । तर, २०५२ सालमा नै पुलिस क्लबसँग आबद्ध हुन पुगेँ । त्यहाँबाट लगातार १९ वर्ष खेलेर २०७१ सालमा खेलाडी जीवनबाट विश्राम लिएँ । यद्यपि, त्योभन्दा दुई वर्ष अघि नै मैले प्रहरी सेवाबाट अवकास पाइसकेको थिएँ । पुलिस क्लबका लागि निरन्तर त्यति लामो समय खेल्न पाउनु मेरा लागि सधैं गर्वको विषय रह्यो ।
राष्ट्रिय टोलीमा सन् १९९६ मा नै छनोट भएपनि सुरुवाती समय त्यति सुखद भने रहेन । चोटका कारण छनोट भएका केही प्रतियोगितामा खेल्न नपाउँदा आत्मविश्वास मै कमी समेत आयो । सन् १९९८ मा आयोजना भएको विश्व कपको छनोट चरणमा खेल्ने २४ खेलाडीमा मेरो नाम पनि परेको थियो । त्यो सन् १९९६ को कुरा हो । तर, चोटका कारण आफैंले आत्मविश्वास गुमाउँदा जापानमा भएको छनोट खेल खेल्न नजाने निर्णय गरेँ । सन् १९९८ को दक्षिण एसियाली (साफ) च्याम्पियन पनि चोट कै कारण छाडेँ । ति दिन सम्झिंदा अहिले पनि चुकचुक लाग्छ ।
सन् १९९७ को जापान, कोरिया जस्ता मुलुकका विश्व विद्यालयको टोली सहभागी कोकाकोला कपमा भने खेलेको थिएँ । राम्रै खेलियो पनि । राष्ट्रिय टोलीबाटै भने सन् १९९८ को एशियाली खेलकुदको छनोट खेलका लागि पहिलो पटक मैदानमा उत्रिएँ । अनि त्यसपछि लगातार ३४ वटा अन्तर्राष्ट्रिय खेलमा पुरा ९० मिनेट मैदानमै बिताएँ । मैले जीवनमा गर्व गर्ने केही अवसर मध्ये ति पनि हुन् । यतिमात्र कहाँ हो र, नेपालका लागि ५० वटा अन्तर्राष्ट्रिय फुटबल खेल्दा ४८ पटक त पुरै समय मैदानमा बिताइयो ।
मैले सन् २००७ देखि २००९ सम्म झन्डै २ वर्ष राष्ट्रिय टोलीको नेतृत्व गर्ने मौका पनि पाएँ । मुलुकको नेतृत्व गरेर खेल्न पाउनु कम गर्वको विषय होइन । सोच्दा पनि गौरवान्वित भइन्छ । राष्ट्रिय टोलीको जर्सीमा सजिन पाउनु कसैका लागि पनि चानचुने सपना होइन, त्यो पनि लाखौंले खेल्ने खेलमा । तीतो सत्य, धेरैको सपनालाई कुल्चेर त्यहाँसम्म पुग्नु पर्छ । त्यसैले हरेक सफलता आफैंमा विशिष्ठ नलाग्ने त कुरै हुँदैन ।
तर, सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फाइनलमा बंगलादेशसँग नमिठो हार व्यहोरेपनि दोस्रो हुन पाउँदा भने खुशी नै लाग्यो । अनि प्रेसिडेन्ट कपमा नेपाल प्रहरीलाई दोस्रो बनाउँदा होस् वा लगातार तीन पटक शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनाउँदा । तेस्रो पटक च्याम्पियन हुँदा त म नै पुलिस क्लबको कप्तान थिएँ । जीवनमा गर्व गर्ने अनेकौं अवसर दिएको छ फुटबलले, त्यसैले अब फुटबल सिवाय अरु केही सोच्न सकिन्छ जस्तो लाग्दैन ।
हुनत उमेरका आधारमा भर्खर ४० वर्षको हुँदैछु । तर, हामीले फुटबल सिकेका दिनभन्दा अहिले धेरै परिवर्तन आइसकेको छ । मिडिया अहिले जस्तो दमदार थिएन । बाल्यवस्थामा कतिपय खेलाडीको त नाम मात्र सुनिएको थियो, भेट्न कहिल्यै पाइएको थिएन । तर, कुनै कालखण्डमा उनीहरुसँगै एउटै टोलीबाट खेल्न पाउँदा कसलाई आनन्द नलाग्ला र ? हुनत अहिले पनि नाम सुनेका पुराना कतिपय खेलाडीहरुसँग भेट्ने धोको मरिसकेको छैन । त्यो पनि समयले जुराउँला नै ।
हामीले आफूले जे जान्यौं, त्यही सिक्यौं । अहिले त सिकाउने एकेडेमीहरु खुलेका छन् । प्राविधिक रुपमा बलिया खेलाडीहरु उत्पादन भइरहेका छन् । एन्फा एकेडेमीबाट निस्किएका खेलाडीहरु त प्राविधिक रुपमा अरुभन्दा निकै आशा लाग्दा छन् । तर, उनीहरुको करियर त्यति लामो गइरहेको छैन, यो विचारणीय पक्ष भने हो ।
अर्कोतिर भौतिक पूर्वाधार शून्य झैं छ । मर्मतका नाममा भएको एउटा रंगशाला समेत ३–४ वर्षदेखि बन्द छ । यसले त फुटबलको भविष्यलाई नै मारिरहेको छ, त्यस्तै लाग्दैछ । भौतिक पूर्वाधारका आधारमा दक्षिण एसियाली मुलुकमा हामी जस्तो दरिद्र मुलुक अर्को छैन नै होला । अब राज्यले नै अग्रसरता नदेखाए फुटबलको दूर्गति रोक्न सकिन्न कि ? यस्तै लाग्न थालेको छ ।
एउटा खेलाडीको जीवन ८–९ वर्षभन्दा बढी हुँदैन । त्यसपछि खेलाडीले बाँच्न त पाउनु पर्यो नि । बाँच्ने अवस्था त जिम्मेवार निकायले नै सिर्जना गरिदिनु पर्छ । यसले खेलाडी पलायन हुने र विदेशमा भाग्ने क्रम पनि भंग हुन्छ नै । हुनत म खेलेर घर नै पाउने पहिलो खेलाडी हुँ ।
यद्यपि १० वर्षअघि मलाई दिइने वाचा गरिएको अपार्टमेन्ट अहिलेसम्म पनि निर्माण हुँदैछ । मैले खेलेर केही कमाइन भन्दिन, कमाएको छुँ । हुनसक्छ, अरु देशमा जन्मिएको भए नाम र दाम बढी कमाइन्थो होला । तर, नेपालका लागि खेलेर मैले आत्मसन्तुष्टि कमाएँ । त्यो नै मेरो अमूल्य कमाइ बनेको छ ।
साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।
गणेश थापा – ‘फुटबलप्रति कुनै गुनासो छैन’
बाबुराम पुन – ‘मनबाट देशको माया कहिल्यै टाढा गएन’
अच्युतकृष्ण खरेल- ‘जति खेलियो कप्तानी नै गरियो’
राजुकाजी शाक्य – ‘रगत मै बगेको छ, फुटबल’
दीपक अमात्य – ‘जहाँ बसे पनि चिन्ता नेपाली फुटबलकै’
उपेन्द्रमान सिंह – ‘फुटबल बाहेक केही जानिन’
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]