default_image

5 years ago

April 1, 2020

बाबुराम पुन – ‘मनबाट देशको माया कहिल्यै टाढा गएन’

210 views

0 Bookmark

कप्तान कथन

बाबुराम पुन, पूर्व कप्तान (राष्ट्रिय फुटबल टोली)

आफ्ना पुस्ता र अझ केहि कान्छा खेलाडीझै मैले फुटबल खेल्न संघर्ष गर्नुपरेन । मेरो जन्म २००५ सालमा म्याग्दीको सिख गाविसको फलाँटेमा भयो । बुबा भारतीय सेनामा अफिसर हुनुभएकाले मेरो विद्यालय जीवनको अधिकांश समय भारतको देहरादुनमा नै बित्यो । त्यहाँको गोरखा मिलिटरी सेकेन्डरी हाइस्कुलमा पढ्दा मेरो दौंतरी नै नामुद फुटबलर श्याम थापा, भीम थापा थिए । हुन त बीचमा केही समय पोखरामा पनि पढेँ । तर, खेल्ने वातावरण नहुँदा फेरि देहरादुन नै फर्किएँ ।

नेपालका खेलाडीहरुको खेल्नका लागि फुटबलको जोहोसमेत गर्न संघर्ष गर्नुपर्ने दिनमा मैले भने राम्रो खेलकै कारण उल्टै विद्यालयमा छात्रवृति र पकेट खर्चसमेत पाउँथे । त्यसबेला सारा उत्तर प्रदेशबाट हाम्रो मात्र विद्यालयले लिटल डुरान (हाल सुब्रतो मुखर्जी कप) खेल्न पाउँथ्यो । यस अर्थमा आफ्ना पुस्ताका हामी भाग्यमानी खेलाडी नै थियौं ।

हामीले कहिल्यै भोगटे वा कपडालाई भकुन्डोको आकार दिएर फुटबल खेल्नुपरेन । त्यति मात्र होइन राम्रो खेलाडी भएका कारण विद्यालयका शिक्षक समेत हामीलाई सम्मानभावले हेर्थे । त्यो पो हो खेलप्रतिको सकारात्मक भावना । दुःखसाथ भन्नुपर्दा नेपालमा अहिले पनि त्यसको कमी छ ।
मैले बुन्देलखण्ड झाँसी हमिरपुरको ब्रम्हानन्द विद्यालय इन्टर कलेजबाट १० कक्षा पास गरेँ । बुवाको सरुवाका कारण । तर, जे भने पनि मनबाट आफ्नो माटोको माया कहिल्यै टाढा गएन । कुनै तस्बिर वा वृतचित्र हेर्दा आफ्नो घर परिवेशसँग मिल्ने दृश्य देख्दासमेत अर्कै आनन्द आउँथ्यो । रगतमा राष्ट्र बग्थ्यो ।

त्यसैले १० कक्षा पास गरेपछि केही न केही नेपालमै गर्छु । अनि बाच्ने आधार कसो तयार नहोला भनेर यतै फर्किएँ । त्यसबेलाका बाटोघाटो अहिलेजस्तो सुगन थिएनन् । कुरो २०२३ सालको हो । फर्कने क्रममा नारायणघाट आइपुग्दा एक साप्ताहिक पत्रिकामा नेपाल प्रहरीमा भर्ना खुलेको सूचना पढ्न पाएँ । अनि घर नगएर हेटौंडा हुँदै सिधै काठमाडौं हान्निएँ ।

देहरादुनको थमन होस्टलमा सँगै बस्नु भएका प्राध्यापक सन्तबहादुर गुरुङ दाजुसँग चिनापर्ची भएको थियो । यहाँ आएर पहिले उहाँलाई भेटें । प्रहरीमा जागिर त खाने, तर मसँग नागरिकता नै थिएन । त्यसबेला धर्मबहादुर थापा सहायक अञ्चलाधीश हुनुहुन्थ्यो । उहाँ त कुनै बेला फुटबलमा उत्तर प्रदेशकै कप्तान समेत बनिसकेका, त्यति राम्रा खेलाडी । मलाई नागरिकता बनाउन कठिनाई भएन । उहाँहरुसँग भेट हुनु नै मेरो अहोभाग्य । म प्रसनि भएँ । त्यो पनि १० औं ब्याचको अलराउन्ड पहिलो भएर । प्रहरी प्रतिष्ठानको भित्तामा मेरो त्यो सफलता अहिले पनि साक्षी बनेर लेखिएको छ ।

मेरो पहिलो दरबन्दी तत्कालिन सदर प्रहरी तालिम केन्द्र र त्ससपछि ट्राफिकमा भए पनि खेलसँग माया त बसिरहने नै भयो । त्यसबेला प्रहरी टोलीले प्रतियोगिता खेल्दैन थियो । किन हो, प्रहरी र सेनालाई बाहिरी प्रतियोगिता खेल्न अनुमति थिएन । नेपाल प्रहरीको टोली इतिहासमा कतै हराइरहेको थियो । अन्तरअन्चल आइजिपी सिल्ड त खेल्थ्यौं नै । साथै विभिन्न क्लब आएर खेलाडीको माग पनि गर्थे ।

त्यसबेला मैले ठमेल ११ बाट खेल्ने मौका पाएँ । अनि राष्ट्रिय टोलीमा समावेश भएर सन् १९७० मा आगा खाँ गोल्डकप तथा १९७१ र ७२ मा एसियन युथकपमा खेल्ने मौका पाएँ । मैले नेतृत्व गरेको नेपाली टोलीले बर्मा, हङकङ र चीनसँग पनि खेल्यो । त्यसबेला नियमित कप्तान अच्युतकृष्ण खरेल कारणवश टोलीमा समावेश नभएका कारण मैले नेतृत्व गर्ने मौका पाएको थिएँ ।

२०२९ सालमा म वर्ष खेलाडी छानिएँ । त्यसपछि इरानमा गएर प्रशिक्षकको तालिम लिने मौका पनि पाएँ । त्यसपछि मेरो खेलाडी जीवनले प्रशिक्षकको स्वरुप लियो । हुन त त्यसअघि नै प्रहरी र सर्वसाधारण खेलाडीलाई समावेश गरेर हामीले महेन्द्र क्लब बनाएका थियौं । जसमा अशोक केसी, सुरेश पन्थी, रुपक शर्मा, विदुर विष्टजस्ता नामुद खेलाडी पनि थिए । अनि कालान्तरमा त्यी क्लब महेन्द्र पुलिस क्लब बन्यो ।

मेलै वरिष्ठ प्रहरी उररीक्षकका रुपमा अवकाश पाउनुअगाडि आधाभन्दा बढी समय त तालिम केन्द्रमै बिताएँ । फुटबलको प्रशिक्षक पनि बनेँ । मलाई पछि पनि खेल्न अति मन लाथ्यो, तर प्रशिक्षकको जिम्मोरी वहन गरेपनि त्यो चाहनालाई निलेरै बसेँ । हाम्रो समयमा खेलाडी अभाव पनि निकै हुन्थ्यो । जापानमा आयोजित एसियन युथ कपको क्रममा सेन्टर फरवार्ड बुद्धि गुरुङ घाइते हुँदा रिजर्भ किपर धनबहादुर बस्नेतलाई खेलाउनुपरेको म कहिल्यै बिर्सिदिनँ ।

मलाई अघिल्लो पुस्ताका कोमल पाण्डे, अच्युतकृष्ण खरेल, रुपकराज शर्मा, सुरेश पन्थी तथा अशोक केसी निकै राम्रा लाग्थ्यो । हिजोआजका खेलाडीसँग मेरो संगत छैन । सम्बन्धित निकायले पहल पनि नगर्दा खेलाडी चिन्न सकिएका छैनन् । रंगशाला धाएर फुटबल हेर्ने त्यति बानी पनि परेन । कसैले हेर्न बोलाएनन् नि । किन हो कुन्नि, यहाँ नयाँ खेलाडीसँग घुलमिल गराउने वातावरण नै तयार गरिएन । अब त्यो मौका मिलेको छ, खुसी लाग्यो ।

साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।

समर्पण फुटबलरका अन्य लेखहरु :

नेपालमा फुटबलको उदय

जति खेलियो कप्तानी नै गरियो

October 23, 2024

आर्मी र ठमेल टुरिजम क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रा खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टेरिजम डेभलपमेन्ट काउन्सिल दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको समूह चरणको अन्तिम दिन बुधवार जित निकाल्दै आर्मी र ठमेल टुरिजम अन्तिम ८ मा पुगेका हुन् । थिमीस्थित मध्यपुर युथ एसोसियसनको मैदानमा भएको खेलमा आर्मीले सानोगौचरण नाइटकिङ (एसएनकेसी) लाई […]

October 23, 2024

भारतलाई हराउँदै बंगलादेश समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई हराउँदै समूह ‘ए’ को शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । दशरथ रंगशालामा सम्पन्न समूह ए को खेलमा बंगलादेश भारतलाई ३-१ ले हराउँदै प्रतियोगिताको पहिलो जित दर्ता गर्न सफल रह्यो । यस जितसँगै बंगलादेश २ खेलमा ४ अंकका साथ समूह विजेता पनि […]

October 23, 2024

नेपाली फुटबल टोलीले थ्री नेसन्स खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल फुटबल टोलीले थ्री नेसन्स मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ। ताजिकिस्तानमा हुने थ्री नेसन्समा नेपाल र अफगानिस्तान को सहभागिता रहनेछ अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपालले पहिलो खेल कात्तिक २८ गते ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी बोलाइएका […]

Success

Thank you for your time.