default_image

भलिबल

June 9, 2018

एपीएफलाई महिला भलिबलको उपाधि

काठमाडौ (हाम्रो खेलकुद) – महिला भलिबलको सशक्त टोली विभगीय नेपाल एपिएफ क्लब चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । एपिएफको यो सिजनको तेस्रो […]

June 8, 2018

महिला क्लब लिग भलिबल – उपाधिका लागि फेरि पनि न्यु डायमण्ड र एपिएफ भिड्ने

काठमाडौ (हाम्रो खेलकुद)– महिला भलिबलका दुई चर्चित क्लब शिवम् न्यु डायमण्ड र नेपाल एपिएफ क्लबबीच चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको उपाधि भिडन्त पक्का भएको छ । लिगको अन्तिम चारमा तीन विभागिय टोली र न्यु डायमण्ड पुगेका थिए । शुक्रबार भएको सेमिफाइनलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै […]

June 7, 2018

एपिएफको अपराजित यात्रामा पूर्णविराम,पुलिस माथि आर्मीको महत्वपूर्ण जित

काठमाडौ (हाम्रो खेलकुद)– घरेलु महिला भलिबलमा अपराजित रहँदै आएको विभागीय नेपाल एपीएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहिबार भएको लिग चरणको अन्तिम खेलमा एपिएफको अपराजित यात्रामा शिवम् न्यु डायमण्डले पूर्णविराम लगाएको हो । डायमण्डले एपिएफमाथि ३–१ को जत निकाल्न सफल भयो । गत माघमा भएको प्रथम शिवम न्यु डायमण्ड […]

June 6, 2018

एपीएफ र पुलिस सेमिफाइनलमा

काठमाडौ (कास) – दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब राजधानीमा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहल बुधबार भएको खेलमा एपीएफले पद्मोदय युवा क्लब चितवनलाई ३–१ को सेटमा पराजित गर्दै दुई खेल अगावै अन्तिम चारमा स्थान […]

June 5, 2018

लिग भलिबलमा एपिएफको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– महिला भलिबलको सशक्त टोली विभागीय नेपाल एपिएफ क्लबले राजधानीमा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार भएको खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । […]

June 4, 2018

महिला लिग भलिबलमा पुलिसँग डायमण्ड पराजित

काठमाडौं (हाम्रो खेलकुद)– साविकको उपविजेता शिवम न्यु डायमण्ड एकेडेमी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबसँग पराजित भएको छ । अर्को विभागिय टोली एपिएफले पनि विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबारबाट शुरु भएको च्याम्पियनसिपमा डायमण्ड पुलिससँग ३–१ को सेटमा पराजित भएको हो […]

Pratibha Mali celebration

June 3, 2018

महिला लिग भलिबल भोली सुरु हुने, उद्घाटन खेल शिवम् न्यू डायमण्ड र पुलिसबीच

काठमाडांैं (हाम्रो खेलकुद) –आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको चौथो संस्करण सोमबार सुरु हुँदैछ । उद्घाटन खेल नेपाल पुलिस क्लब र शिवम् न्यु डायमण्डबीच हुने नेपाल भलिबल संघले जनाएको छ । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता एपिएफ,शिवम् […]

May 27, 2018

बेथानचोक कप भलिबल सुरु

काभ्रे (हाम्रो खेलकुद)– प्रथम बेथानचोक कप आमन्त्रण भलिबल प्रतियोगिताको उद्घाटनमा आयोजक गाँउपालिकाको बी टोली पराजित भएको छ । काभ्रेको बेथानचोक २ स्थित पार्वती बहुमुखी क्याम्पसको कोर्टमा शनिबार भएको खेलमा आयोजक बी न्यू गौखुरेश्वरसँग २–१ ले पराजित भएको हो । तस्बिरहरु – विवेक सुवेदी/हाम्रो खेलकुद   अन्य खेलमा खानीखोला गाँउपालिकाका दुवै टोली, बनेपा नगपालिका र बागमती […]

APF win

May 22, 2018

मैत्रीपूर्ण खेलमा एपिएफले न्यु डायमण्डलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – भलिबल दिवसको उपलक्ष्यमा नैकापस्थित शिवम् न्यु डायमन्ड क्लबको परिसरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल एपिएफ क्लबले शिवम् न्यु डायमन्डलाई २-० ले पराजित गरेको छ। ‘वेस्ट अफ थ्री’ मा आधारित खेलमा न्यु डायमण्डले घरेलु कोर्टमा पहिलो दुई सेटमा पराजय भोग्यो।  नेपाल सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषित गरेपछि संघले प्रत्येक वर्ष जेठ ८ गते भलिबल […]

May 22, 2018

जनप्रेमीमा भलिबल एकेडेमी स्थापना, खेलाडी र प्रशिक्षक सम्मानित

भक्तपुर (हाम्रो खेलकुद) – भक्तपुर कौशलटारको जनप्रेमी इङ्लिस सेकेन्डरी स्कुले राष्ट्रिय भलिबल दिवसको अवसरमा मंगलबार जनप्रेमी ग्रासरुट भलिबल एकेडेमीको सुरुवात गरेको छ । राष्ट्रिय खेल भलिबललाई विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको एकेडेमीका पूर्व मन्त्री एंवम् प्रतिनिधि सभा सदस्य महेश बस्नेतले उद्घाटन गरेका थिए । साथै स्कुलले एकेडेमी सञ्चालनसँगै खेलाडीका लागि छात्रवृत्ति समेत […]

Success

Thank you for your time.