default_image

भलिबल

March 20, 2018

बिच भलिबल टोली बुधबार थाइल्याण्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डमा हुने यू–१९ पुरुष बिच भलिबल च्याम्पियनसिपका लागि नेपाली यू–१९ टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाल विद्यालय भलिबल कमिसनले मंगलबार एक कार्यक्रम गर्दै थाइल्याण्ड जाने दुई खेलाडी अशोक सुनार र प्रकास केसी तथा प्रशिक्षक जगदिश भट्टलाई बिदाई गरेको हो । खेलाडी र प्रशिक्षकलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन […]

APF

March 16, 2018

एपिएफलाई सिजनको नवौं उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबको महिला भलिबल टिमले सिजनको नवौं उपाधि जित्न सफल भएको छ । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद सिजनको नवौं उपाधि जित्ने क्रममा एपीएफले शुक्रबार पाँचौं आइजिपी कपको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी शिवम् न्यु डायमण्ड एकेडेमीमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । एक पक्षीय बनेको खेलमा एपिएफले डायमण्डमाथि […]

APF Volleyball

March 15, 2018

न्यु डायमण्ड र एपीएफ उपाधि नजिक

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता शिवम् न्यु डायमण्ड एकेडेमी र उपविजेता नेपाल एपीएफ क्लब पाँचौ सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । यससँगै यि दुई टोलीले यो सिजन लगातार आठपटक उपाधिका लागि खेल्न लागेका हुन् । यि दुई टोलीले पोखरामा तीज भलिबल, ढोरपाटन लिग, न्यु डायमण्ड कप, मेयर […]

March 14, 2018

न्यु डायमण्ड र पुलिस सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब पाँचौं सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमण्ड एकेडेमीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१, २५–३ र २५–१० को […]

March 14, 2018

जनप्रेमी र ग्यासियरलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– कौशलटारको जनप्रेमी माविले चौथो उपत्यकाव्यापी छात्र तथा छात्रा एजे कप भलिबल प्रतियोगिताअन्तर्गत छात्रातर्फको उपाधि जितेको छ । छात्रतर्फको उपाधि ग्यासियर स्कुल काठमाडौंले जितेको छ । छात्रातर्फको फाइनलमा जनप्रेमीले आदर्श ज्योति स्कुललाई ३–० ले हराएको थियो । बुधबार नै भएको छात्रतर्फको फाइनलमा ग्यासियरले आदर्श ज्योति माविलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जित्यो […]

March 13, 2018

एपिएफ र आर्मी विजयी

काठमाडौं (हाम्रो खेलकुद) –दुई विभागिय टोली नेपाल एपिफ क्लब र त्रिभुवन आर्मी क्लब पाँचौ सशस्त्र प्रहरी महानिरीक्षक खुुल्ला महिला भलिबल प्रतियोगितामा मंगलबार विजयी भएका छन् । एपिएफको मुख्यालय हल्चोकमा भएको खेलमा आर्मीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१०, २५–१८ र २५–१५ को सोझो सेटमा पराजित गरेको हो । यसैगरी एपिएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लव काठमाडौंलाई […]

March 12, 2018

न्यु डायमण्ड र एपीएफ विजयी

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ सशस्त्र प्रहरी महानिरीक्षक (एआइजी) खुल्ला महिला भलिबल प्रतियोगितामा साविकको विजेता शिवम् न्यु डायमण्ड एकेडेमी र उपविजेता नेपाल एपीएफ क्लबले विजयी शुरुवात गरेका छन् । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा सोमबार भएको खेलमा शिवम् न्यु डाइमण्ड एकेडेमीले विभागी त्रिभुवन आर्मी क्लवलाई २५–१७, २५–१२ र २५–१५ को सोझो सेटमा पराजित गर्दै विजयी […]

March 8, 2018

भलिबलमा एपिएफलाई सिजनको सातौं उपाधि

पर्वत (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले दोस्रो संस्करणको दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा बिहिबार शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–१ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । भलिबलमा एपिएफको महिला टोलीको यो सातौं उपाधि हो ।   एपिएफको महिला टोलीले राखेप च्याम्पियनसिपसहित पोखरामा तीज भलिबल, ढोरपाटन लिग, […]

March 7, 2018

न्यु डायमण्ड र एपीएफबीच सातौं पटक उपाधि भिडन्त

 पर्वत (हाम्रो खेलकुद) – महिला भलिबलका दुई चिरपरिचित प्रतिदद्वन्दी शिवम न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लबले दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पनि उपाधि भिडन्त पक्का गरेका छन् । बुधवार बडगाउँस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा शिवम् न्यु डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गर्दा एपीएफले […]

March 6, 2018

न्यु डायमण्ड र एपीएफ अन्तिम चारमा

कुश्मा (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लब दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनमा प्रवेश गरेका छन् । मंगलवार पर्वतको कुस्मामा भएको लिग खेलमा दुवै टिमले दोहोरो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएका हुन् । बडगाउँस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको उद्घाटन खेलमा शिवम् न्यु […]

Success

Thank you for your time.