default_image

भलिबल

January 31, 2017

आयोजक एपिएफ र पुलिस महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस र आयोजक एपिएफ सशस्त्र प्रहरी महानिरिक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । हलचोक स्थित एपिएफको भलिबल कोर्टमा मंगलबार पुलिस दोहोरो सफलता हासिल गर्दै अन्तिम चारणमा पुगेको हो । पहिलो खेलमा आर्मीलाई २५–२०,२५–१४ र २५–१४ ले हराएको पुलिसले अर्को खेलमा पश्चिमाञ्चललाई २५–१२,२५–१९ र […]

January 30, 2017

रियल म्याड्रिडको सहज जित

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई ३-०ले पराजित गरेको छ। पहिलो हाफको ३८औं मिनेटमा रोनाल्डोको पासलाई सदुपयोग गर्दै माटियो कोभाचिचले म्याड्रिडलाई सुरुवाति अग्रता दिलाएका थिए। क्रिस्टियानो रोनाल्डोले ५१औं मिनेटमा गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए। अल्भारो मोराटाले ८२औं मिनेटमा गोल गरेपछि म्याड्रिडको ३-०को जित सुनिश्चित भएको थियो। […]

January 29, 2017

आयोजक एपीएफको विजयी शुरुवात

काठमाडौँ (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा साबिक बिजेता एपीएफले बिजयी शुरुवात गरेको छ । एपीएफको हलचोक स्थित भलिबल कोर्टमा भएको उद्घाटन खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हरायो । ज्योती चौधरीको कप्तानीमा कोर्टमा उत्रिएको एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथी २५–२०,२५–९ र २५–१२ को सहज […]

January 29, 2017

एसियाली सेन्ट्रल जोन छनोट भलिबलमा नेपाल इरानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)– महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटमा विजयी सुरुआत गरेको नेपाल दोस्रो खेलमा भने इरानसँग पराजित भएको छ । शनिबार नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले २५–१२,२५–१२ र २५–१२ ले खेल गुमाए थियो । नेपालले पहिलो खेलमा शुक्रबार आयोजक माल्दिभ्सलाई २५–१७,२५–१७ र २५–१३ ले हराएको थियो […]

January 27, 2017

एसियाली सेन्ट्रल जोन छनोट महिला भलिबलमा नेपालको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटमा विजयी सुरुआत गरेको छ । नेपालले पहिलो खेलमा शुक्रबार आयोजक माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ । नेपालले एकपक्षिय खेलमा २५–१७,२५–१७ र २५–१३ ले विजयी भएको नेपाल भलिबलकी कोषाध्यक्ष सुनकेशरी मालीले जानकारी दिइन् । तीन राष्ट्रको सहभागिता रहेको छनोटमा शनिबार नेपालले इरानको […]

January 27, 2017

आयोजक आर्मीलाई प्रधानसेनापति भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल आर्मीले प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा शुक्रबार सञ्चालन भएको फाइनलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २५–२३ र २५–२३, २५–१७ ले हराउँदै उपाधि जितेको हो ।  गत बर्ष पहिलो पटक आयोजित प्रतियोगिता पनि आमीले नै […]

January 27, 2017

एसियाली सेन्ट्रल जोन छनोटको महिला भलिबलमा नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक माल्दिभ्स र नेपालबीच अहिले महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोट खेल हुँदैछ । बिहीबार माल्दिभ्स पुगेर त्यहि दिन नेपाली टोलीले अभ्यास गरेको थियो । तीन राष्ट्रको सहभागिता रहेको छनोटमा शनिबार नेपालले इरानको सामना गर्नेछ । माल्दिभ्स र इरानबीच आइतबार खेल हुनेछ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को आयोजनामा हुने […]

January 27, 2017

नेपालले सेन्ट्रल जोन भलिबलमा माल्दिभ्सको सामना गर्दै [प्रशिक्षणको फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक माल्दिभ्ससँग खेल्दै शुक्रबार नेपाली टोलीले महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटको यात्रा प्रारम्भ गर्नेछ । बिहीबार माल्दिभ्स पुगेकै दिन नेपाली टोलीले अभ्यास गरेको थियो । लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी,प्रतिभा माली, नेविका चौधरी र उप कप्तान मञ्जु गुरुङले ओपन स्पाइकरको तथा रेश्मा भण्डारी र अरुणा […]

January 26, 2017

दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनामा सर्बाधिक पुरस्कार राशीको दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले आगामी फागुन ३ देखि ७ सम्म ताप्लेजुङमा प्रतियोगिता हुने जानकारी गराएको छ । ताप्लेजुङ जिल्लाको पर्यटकिय नगरी धार्मीक स्थल पाथीभर माताको सरोफेरोमा हुने प्रतियोगिता लिग कम नकआउटको […]

January 26, 2017

नेपाली महिला भलिबल टोली माल्दिभ्स पुग्यो [फोटो फिचरसहित]

काठमाडौं (हाम्रो खेलकुद) –महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटमा भाग लिन नेपाली टोली माल्दिभ्स पुगेको छ । शुक्रबारबाट सुरु हुने छनोटमा नेपाल, आयोजक माल्दिभ्स र इरानको सहभागिता रहेको छ । नेपालले पहिलो खेल शुक्रबार माल्दिभ्ससँग र शनिबार इरानसँग खेल्नेछ । माल्दिभ्स र इरानबीच आइतबार प्रतिस्पर्धा हुनेछ । लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली […]

Success

Thank you for your time.