September 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) लाई वात्सल्य नेपाल मुख्य प्रायोजन गरेको छ । इडब्लुभिएलको आयोजक इन्फिनिटी ड्रिम्स र वात्सल्य नेपालबीच आइतवार प्रायोजन सम्झौता भएको हो । वात्सल्यका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चौलागाईबीच सम्झौतामा हस्ताक्षर गरे । वात्सल्यका प्रबन्ध निर्देशक सुवेदीले लिगसॅंग आबद्ध हुन पाउँदा […]
September 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली ललितपुर क्विन्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । टिम रुप्से स्पोर्ट्सको स्वामित्वमा रहेको ललितपुर क्विन्सले आइतवार लोगो सार्वजनिक गरेको हो। नेपालमा पहिलो पल्ट आयोजना हुन गइरहेको फ्रेन्चाइज लिग इडब्लुभिएलमा उच्च प्रदर्शन गर्ने तयारी सुरु गरेको ललितपुर क्विन्सले जनाएको छ । ललितपुर नेपाली […]
September 1, 2024
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकसम्मिलित प्रो भलिबल एकेडेमीले अष्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) मा दोस्रो स्थान हासिल गरेको छ । सिड्नीस्थित ओलम्पिक पार्कमा आइतवार भएको फाइनलमा एसर्स भलिबलसँग ३–२ को सेटमा पराजित भएसँगै विशालको टोली प्रो भलिबल एकेडेमीले दोस्रो स्थानमा चित्त बुझाएको हो । पहिलो सेट २५–२३ […]
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द एसियाली भलिबल कन्फेडेरेसन (एभिसी) को बोर्ड अफ एडमिनिस्ट्रेसनमा निर्वाचत भएका छन्। थाइल्याण्डमा शुक्रवार भएको एभिसीको २५ औं साधारणसभामा भएको निर्वाचनबाट चन्द निर्वाचत भएको उनीसँगै रहेका संघका उपाध्यक्ष हरकसिंह धामिले जानकारी दिए। सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) उपाध्यक्ष समेत रहेका चन्दले १४ सदस्य राष्ट्रका प्रतिनिधिले भाग लिएको […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई नगद पुरस्कार सहित सम्मान गरेका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय टोलीका १४ खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेका हुन्। राष्ट्रिय टोलीमा कप्तान अरूणा शाही, प्रगति नाथ, सरस्वती […]
August 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ठकुरी समाज भलिबल समूहको आयोजनामा असोज पहिलो साता साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । ठकुरी समाजले प्रेस वक्तव्य जारी गर्दै प्रतियोगिता असोज २ देखि ५ गतेसम्म शुक्लागण्डकी १२ बावियाँडाडाँ, तनहुँमा आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि ४ हजार शुल्क तोकिएको छ । विजेताले […]
August 27, 2024
पोखरा (हाम्रो खेलकुद) – कास्कीको लामाचौरमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नव आदर्श सामूदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा तीज महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको मंगलवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। लामाचौर कपमा महिला तथा पुरुषको अलग प्रतियोगिता हुनेछ। ११औं संस्करणको महिला भलिबल प्रतियोगितामा ३ विभागीय सहित […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा भलिबल कभर्ड हल निर्माणका लागि ३ सदस्यीय उप समिति गठन गरेको छ। सदस्य सचिव स्तरीय निर्णयले समिति गठन गरेको राखेपले जनाएको छ। उपसमितिको सदस्यहरूमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव रहेका छन्। उप समितिले […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) अर्को महिना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने आइतवार जानकारी दिएको छ। घरेलु र अन्तर्राष्ट्रिय खेलाडीको उपलब्धता र भलिबल क्यालेन्डरलाई ध्यानमा राखेर मिति तय गरिएको बताइएको छ। इडब्लुभिएल ६ टोलीले मार्की खेलाडी, प्रशिक्षकसहित […]
August 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभाका विभिन्न प्रतियोगितामा पदक जितेका टोलीलाई शनिवार नगदसहित पुरस्कृत गरेको छ। गत महिना नेपालले भुटानमा काभा बीच भलिबल च्याम्पियनसिपमा स्वर्ण, रजत, काठमाडौंमा भएको महिला भलिबल नेसन्स लिगमा रजत र माल्दिभ्समा भएको यु २० महिला भलिबल च्याम्पियनसिपमा कास्य पदक जितेको थियो। काठमाडौंमा काभा महिला भलिबल नेसन्स लिगको उप विजेता नेपाली […]