default_image

भलिबल

January 31, 2023

ठकुरी समाजलाई भलिबल उपाधि

तनहुँ (हाम्रो खेलकुद) – ठकुरी समाज बाबियाडाँडा तनहुँले साविक वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ घडेरीमा भएको भएको फाइनलमा आयोजक मिलेनियम युवा क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै ठकुरी समाजले ४० हजार रुपैयाँसँगै मेडल र ट्रफी प्राप्त गरेको छ । दोस्रो भएको आयोजक मिलेनियमले २५ […]

January 31, 2023

म्याग्दी भलिबल कपलाई गौमतीको २० लाख प्रायोजन

म्याग्दी (हाम्रो खेलकुद) – भलिबलको उर्वर भुमि म्याग्दी जिल्लामा उमेर समूहको छात्र र छात्रा अन्तर माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न जिल्ला भलिबल संघ म्याग्दी र गौमती विकास अक्षय कोषबीच १० वर्ष लामो सम्झौता भएको छ । म्याग्दी जिल्ला भलिबल संघको कार्यालयमा कोषका संस्थापक अध्यक्ष लालबहादुर केसी र भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले सम्झौता […]

January 28, 2023

रवि र सरस्वती सर्वाेत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका रवि केसी र नेपाल एपिएफ क्लबकी सरस्वती चौधरी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । रवि पुरुषतर्फ तथा सरस्वती महिलामा सर्वाेत्कृष्ट बनेका हुन् । रवि र सरस्वतीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए […]

January 28, 2023

गण्डकी टाइगर कप च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै घरेलु टोली गण्डकी प्रदेश तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । घरेलु टोली गण्डकीले एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । गण्डकी पहिलो संस्करणपछि उपाधि जित्न […]

January 28, 2023

एपिएफ अपराजित रहँदै टाइगर कप च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय नेपाल एपिएफ क्लब लगातार दोस्रोपटक टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ च्याम्पियन बनेको छ । लगातार दोस्रोपटक च्याम्पियन बन्ने क्रममा एपिएफले साविकको उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित पराजित गर्दै उपाधि जित्न सफल भएको हो । एपिएफ […]

January 28, 2023

साविक विजेता आर्मी टाइगर कपमा चौथो

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लब तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ चौथो भएको छ । यसअघिको दुई संस्करणमा फाइनल खेलेको आर्मी अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–१ को सोझो सेटमा पराजित हुँदै चौथो भएको हो । पोखरा रंगशालास्थित भलिबल […]

January 28, 2023

माल्दिभ्सको भलिबलमा प्रतिभा विदेशीतर्फ सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर प्रतिभा माली माल्दिभ्समा भएको राष्ट्रिय भलिबल प्रतियोगिताको विदेशी खेलाडीतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । माल्दिभ्सको राष्ट्रिय भलिबल प्रतियोगितामा क्लब वेम्कोलाई च्याम्पियन बनाउन उनले सानदार प्रदर्शन गरेकी थिइन् । उनी फाइनल खेलमा प्लेयर अफ दि म्याच समेत बनिन् । उनले ट्रफी हात पारिन् । प्रतिभा […]

January 27, 2023

प्रतिभा सम्मिलित क्लब वेम्को च्याम्पियन

माल्दिभ्स (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्टार स्पाइकर प्रतिभा मालीको उच्च प्रदर्शनसँगै क्लब वेम्को माल्दिभ्सको राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । प्रतिभा सम्मिलित क्लब वेम्कोले क्लब भलिबललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । माल्दिभ्सस्थित सोसल सेन्टर इन्डोर हलमा शुक्रबार राति भएको खेलको पहिलो सेट क्लब वेम्कोले […]

January 27, 2023

आर्मीलाई सोझो सेटमा पन्छाउँदै गण्डकी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पन्छाउँदै घरेलु टोली गण्डकी प्रदेश तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पहिलो संस्करणको च्याम्पियन गण्डकीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा गण्डकीको […]

January 27, 2023

एपिएफ अपराजित रहँदै फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ अपराजित रहँदै तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित रहँदै उपाधिनजिक पुगेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई २५–१०, २५–२१ र २५–१८ […]

Success

Thank you for your time.