default_image

भलिबल

July 17, 2024

सुमित्रा र आरती पहिलो पटक राष्ट्रिय टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलो पटक नेपाली महिला राष्ट्रिय भलिबल टोलीमा स्थान बनाउन सफल भएका छन् । नेपालमा यसै महिना आयोजना हुने काभा महिला नेसन्स लिगको लागि छनोट भएको टोलीमा सुमित्रा र आरतीले पहिलो पटक स्थान बनाउन सफल भएका हुन् । सुमित्राले दुई वर्षअघि मात्र न्यु डायमन्डबाट […]

July 16, 2024

महिला युवा भलिबल टोलीका खेलाडीले मासिक भत्ता पाउने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले महिला यु २० राष्ट्रिय टोलीका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । काभा यु २० महिला च्याम्पियनसिपमा भाग लिन जाने टोलीको विदाईका क्रममा संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले युवा टोलीका खेलाडीलाई एक वर्षका लागि जनही मासिक १ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । अमेरिकामा बस्न […]

July 15, 2024

काभा नेसनल भलिबल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिने काभा महिला भलिबल नेसनल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। साउन १७ देखि २३ गतेसम्म नेपालमा हुने नेसनल लिगको प्रत्यक्ष प्रसारणका लागि सोमबार नेपाल भलिबल संघ र हाम्रो खेलकुदबीच सम्झौता भएको छ। संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक‌ प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा […]

July 15, 2024

काभा यु २० महिला भलिबल – नेपाली टोली भोलि माल्दिभ्स जाने

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा‌ यसै साता सुरु हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने युवा टोलीलाई नेपाल भलिबल संघले सोमबार बिदाइ गरेको छ। च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा नेपाल, आयोजक माल्दिभ्स,किर्गिस्तान र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ३ गते श्रीलंकासँग खेल्दै काभा यु-२० […]

July 11, 2024

मानबहादुर फेवा एजुकेशन एण्ड माइग्रेसनको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा रहेको फेवा एजुकेशन एण्ड माइग्रेसनको ब्रान्ड एम्वासडरमा नियुक्त भएको छ । फेवा एजुकेशन एण्ड माइग्रेसनले कप्तान तथा स्पाइकर मानबहादुर श्रेष्ठलाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । फेवा एजुकेशन एण्ड माइग्रेसनका निर्देशक योगेश श्रेष्ठ र मान बहादुरले सम्झौता पत्रमा […]

July 9, 2024

जेनिशाले यु-२० टोलीको कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – उदियमान स्पाइकर जेनिशा विश्वकर्माले माल्दिभ्समा आयोजना हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली युवा टोलीको कप्तानी सम्हाल्ने भएकी छिन् । पछिल्लो ९ दिनको बन्द प्रशिक्षण दौरान उनमा नेतृत्व गर्न सक्ने क्षमता देखिएका कारण उनलाई कप्तानीको जिम्मेवारी प्रदान गरिएको प्रशिक्षण टोलीले जनाएको छ । नैकापमा रहेको न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबबाट घरेलु […]

July 5, 2024

महिला फ्रेन्चाइज भलिबल लिगका लागि ७ वर्षीय सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा महिला भलिबल फ्रेन्चाइज लिग आयोजना गर्नका लागि नेपाल भलिबल संघ (एनभिए) ले ७ वर्षका लागि सम्झौता गरेको छ । एनभिएले आधिकारिक रुपमा इन्फिनिटी ड्रिम्स प्रा. लि.लाई ‘एभरेस्ट महिला भलिबल लिग’ सञ्चालन गर्ने स्वीकृतिमा शुक्रबार सम्झौता गरेको हो । एनभिएका अध्यक्ष जितेन्द्र बहादुर चन्दले इनफिनिटी ड्रिम्स प्रा. लि. लाई नेपाल भित्र […]

July 4, 2024

नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले रसियन खेलाडी सम्मिलित टोलीसँग घरेलु भुमिमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाल र रसियन टोलीबीचको दुई मैत्रीपूर्ण खेल आगामी साउन ६ र ७ गते (जुलाई २१ र २२) त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल भलिबल संघले जनाएको छ । नेपालस्थित रसियन […]

July 3, 2024

राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) ले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । संघले साउन पहिलो सातादेखि माल्दिभ्समा आयोजना हुन लागेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो । यस्तै संघले एभरेस्ट भलिबल […]

July 1, 2024

अस्ट्रेलियामा मानबहादुर सर्वाेत्कृष्ट, टेकलाई दुई अवार्ड

मेलबर्न – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको ग्लोबल मिट कप २०२४’ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नीलाई ग्लोबल मिट कप २०२४’ मा मानबहादुरकै अलराउन्ड प्रदर्शनमा म्याग्दी काली अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो । सर्वाेत्कृष्ट बनेसँगै मान बहादुरले १ सय […]

Success

Thank you for your time.