default_image

2 years ago

February 17, 2022

नेपाललाई टि२० विश्वकप खेल्ने स्वर्णिम अवसर

198 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए शुक्रबार देखि ओमानमा सुरु हुँदैछ । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् ।

नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी र टेस्ट टोली आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् । हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले शुक्रबार ओमानसँग खेल्दै सुरुवात गर्नेछ । युवा जोश, जागँर र प्रतिभाले भोरिएको नेपाल फाइनलको दाबेदार हो ।

नेपालले सन् २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो । युवा खेलाडीको बाहुल्यता रहेको टोली दोस्रो पटक विश्वकपमा नेपालको झण्डा फरफराउन चाहन्छन् । चार देश सम्मिलित टि२० आई सिरिजमा नेपालले प्रतिस्पर्धात्मक क्रिकेट खेलेको थियो । पहिलो खेलमा घरेलु टोली ओमानलाई नेपालले ६ विकेटले हराउँदा यूएई २५ रन र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो ।

विश्वकपमा पुग्न नेपालले यीनै टोलीलाई हराउनु पर्ने हुन्छ । विपक्षी, मैदान र कन्डिसनबारे राम्रो जानकारी छ । अब मैदानमा आफ्नो असली प्रदर्शन देखाउनुपर्छ । नेपाललाई पहिलो पटक टि२० विश्वकप खेलाउने प्रशिक्षक पुबुदु दासानायके पुन: टोलीमा फर्किएका छन् । त्यस समय विश्वकप खेलेका जितेन्द्र मुखिया, ज्ञानेन्द्र मल्ल र शरद भेषावकर यस पटक पनि टोलीमा छन् । युवा खेलाडीको प्रदर्शन र प्रतिभा नै नेपालको विश्वकपको आशाको प्रमुख आधार हो । पछिल्लो समय युवा खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् ।

युवा खेलाडी विश्वकप खेल्न उत्साहित पनि देखिन्छन् । तर उनीहरुकै प्रदर्शनमा निर्भर रहनेछ । युवा ओपनर आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, आरिफ शेख र विवेक यादव जस्ता ब्याटरले विष्फोटक ब्याटिङका साथ ठूलो सम्भावना देखाएका छन् । तीव्र गतिका बलर अभिनाश बोहरा, कमलसिंह ऐरी र विश्वकप २०१४ को हिरो जितेन्द्र तीव्र गतिको बलिङका आशा हुन् ।

सन्दीप टोलीका प्रमुख खेलाडीमात्र होईन विश्व स्टार हुन् । उनले आइपिएल देखि बिग ब्यास लिग सम्म खेलेका छन् । तर विश्वकप खेलेका छैनन्। सन्दीप आफैंलाई खिन्न महसुस हुनसक्छ । सन्दीप सामू पहिलो कप्तानीमै विश्वकपमा पुर्याउने अवसर पनि छ । त्यसका लागि घरेलु टोली ओमान, क्यानडा, युएई र आयरल्यान्ड मध्य तीन टोलीलाई पछि पार्न सक्नुपर्छ । सहज हुँदैन । कठिन पनि छैन । सेमिफाइनलमा पुग्न समूहमा ओमान वा क्यानडा मध्य एकलाई पछि पार्नुपर्छ । विदेशी मुलका खेलाडीको बाहुल्यता हुने यी दुबै देशको भर हुँदैन ।

नेपाली क्रिकेट नयाँ उचाईमा पुग्न एउटा ठूलो सफलता पर्खाइमा छ । सन् २०१० को डिभिजन पाँचको उपाधि, २०१४ को टि२० विश्वकप र २०१८ को ओडिआई मान्यता नेपाली क्रिकेट विकासका टनिङ प्वाइन्ट हुन् । कुशल, आसिफ, अभिनाश, लोकेश, विवेक लगायत सबै युवा खेलाडी नेपालमात्र नभएर विदेशी फ्रेन्चाइज लिग खेल्न सक्ने सम्भावना बोकेका खेलाडी हुन् । त्यसको लागि टि२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वलाई प्रदर्शन देखाउनुपर्छ । नाम र दाम दुबै पाउन पनि विश्वकप खेल्नुपर्छ ।

नेपाललाई विश्वकपमा पुग्न धेरै सहज छ । यति सहज शैलीमा आइसिसीले यसभन्दा पहिला विश्वकप छनोट कहिल्लै गराएको थिएन । छनोटमा चार खेल जितेको खण्डमा नेपालले अष्ट्रेलिया टिकट पक्का गर्नेछ । समूह चरणका तीन र सेमिफाइनल गरि चार खेल जितेमा नेपाल विश्वकपमा पुग्नसक्छ ।

सन् २०१५ को टि२० विश्वकप ग्लोबल छनोटमा नेपालले खराब प्रदर्शन गर्दै बाहिरिएको थियो । २०१९ मा भने नेपाल ग्लोबल छनोटमा पुग्न सकेन । जुलाईमा भएको एसिया क्षेत्र छनोटमा नेपाल कतार र सिंगापुरसँग पराजित हुँदै बाहिरिएको थियो । २०१४ मा विश्वकप खेलेपछि नेपालले दुई अवसर गुमाएको छ । कमजोर टोलीले विश्वकप खेल्दा उनीहरुको आफूले उनीहरुको खेल टेलिभिजनमा हेर्दाको पिडा दुई पटक अनुभव गरि सकेका छन् । अब आफू खेलेर नेपाली समर्थक, सुभचिन्तक र विश्वलाई देखाउनुपर्छ ।

नेपाल वरियताको आधारमा सिधै ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपाल टि२० आई वरियतामा १३ औं स्थानमा छ । युएई १२ औं स्थानमा छ । आयरल्यान्ड १५ औं, ओमान १८ औं, क्यानडा २२ औं, जमर्नी ३३ औं, बहराइन ३४ औं र फिलिपिन्स ४६ औं स्थानमा छन् । क्रिकेटमा वरियताले भने फरक पार्दैन । मैदानमा उत्कृष्ट प्रदर्शन विना जस्तो सुकै बलियो टोलीलाई पनि जिन निकाल्न कठिन पर्छ ।

टि२० विश्वकप नेपालको लागि सपना होईन आवश्यकता पनि हो । नेपाल सिरिजमा अल्मलिएको धेरै भएको छ । अब सिरिज र सानो प्रतियोगिताबाट माथि उठ्नुपर्ने अवस्था आएको छ । युएई र ओमान नेपालका स्तरका टोली हुन् । आयरल्यान्ड टेस्ट टोली भएपनि नेपाल सरहकै मानिन्छ । नेपालले उत्कृष्ट बलिङ गरेपनि ब्याटिङ नचल्दा आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो ।

युवा खेलाडीको क्षमता र लय हेर्दा विश्वकप कुनै कठिन देखिदैन । तर जितको लागि मैदानमा उत्कृष्ट क्रिकेट खेल्नुपर्छ । सबै खेलाडीले जिम्मेवारीकासाथ प्रदर्शन गर्न सके कुनै कठिन पनि देखिदैन । क्षमता देखाउने र सफलता पाउने सहि समय यहि हो । अन्यथा सिरिजमा जति राम्रो प्रदर्शन गरे पनि स्वदेश भन्दा बाहिर त्यसको खासै अर्थ रहँदैन । नेपाल जस्ता एसोसिएट देशले विश्वमा धेरै कम अवसर पाउँछन् । त्यसैले पाएका साना साना अवसरलाई भरपूर्ण सदुपयोग गर्न सक्नुपर्छ ।

सन् २०२४ देखि आइसिसीले टि२० विश्वकपमा टोली संख्या २० पुर्याउने छ । त्यसपछि नेपाललाई झन सहज हुनसक्छ । तर सहज भन्दा कठिन अवस्थामा पाएको सफलताको स्वाद धेरै भिन्न हुन्छ । युवा खेलाडीले आफ्नो क्षमता अनुसार खेल्ने हो भने नेपाललाई टि२० विश्वकप कुनै कठिन देखिदैन । विश्वप छनोट शैली सहज हुँदा नेपाली क्रिकेटलाई टि२० विश्वकप खेल्ने यो स्वर्णिम अवसर हो । आफ्नो र नेपाली क्रिकेटको भविष्य कस्तो बनाउने युवा खेलाडीको प्रदर्शनले निर्धारण गर्नेछ ।

यो पनि :

विश्वकप छनोटअघि नेपाली टोलीमा देखिएका पाँच समस्या

नेपाललाई निराश बनाउन सक्ने ओमानका ५ हतियार

विश्वकप छनोटअघि नेपाली टोलीका पाँच सकरात्मक पक्ष

अनुभवी ज्ञानेन्द्र र शरदमाथि प्रशिक्षक पुबुदुको विश्वास

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.