default_image

2 years ago

February 18, 2022

नेपाललाई पहिलो ओभरमै झड्का

75 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध पहिलो ओभरमै विकेट गुमाएको छ ।


अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर ब्याटिङ थालेको नेपालले २ ओभरमा १ विकेट गुमाउँदै ७ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ५ बलमा १ रनमा अविजित छन् । तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्ल २ बलमा १ रनमा क्रिजमा छन् ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो ओभरमा ६ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर बिलाल खानको पहिलो ओभरको अन्तिम बलमा आसिफ मिडअनमा खवर अलीबाट क्याच आउट हुन पुगे । आसिफले ५ बलमा १ चौका सहित ४ रन जोडे ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव, लोकेश बम, आरिफ शेख, कमलसिंह ऐरी, सन्दीप लामिछाने (कप्तान), जितेन्द्र मुखिया र अभिनाश बोहरा ।

ओमानको प्लेइङ ११ :

जिशान मकसुद (कप्तान), शैद आमिर कलिम, मोहम्मद नसिम (विकेटकिपर), जतिन्दर सिंह, खवर अली, फैज बट, अयान खान, कश्याप प्रजापति, कलिमुल्लाह, बिलाल खान र शोएब खान ।

टि२० विश्वकप छनोट : नेपालले टस हार्यो

ओमानविरुद्ध नेपालको टोलीमा शरद र गुलशन अन्तिम १४ बाहिर

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.