4 years ago
August 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दुई बायाँ हाते तीव्र गतिका युवा बलर कमल खत्री र रिजन ढकालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) साविक विजेता ललितपुर प्याट्रियटर्सबाट खेल्ने भएका छन् ।

ललितपुरले दुई बायाँ हाते तीव्र गतिका बलर कमल र रिजनलाई टोलीमा अनुबन्ध गरेको हो । यी दुबै खेलाडीलाई ललितपुरले न्यूनतम मूल्य ५० हजारमा टोलीमा अनुबन्ध गरेको हो । इपिएलले कोरोना कारण हरेक टोलीमा एक एक खेलाडी संख्या बढाएको छ । फ्रेन्चाइज टोलीले चोट, सन्न्यास, विदेशमा भएको वा कुनै कारण टोलीमा स्थान खाली भएमा शुक्रबार युवा खेलाडी पूरा गर्न मिनि अक्सन भएको थियो ।
कमल यसअघिको सिजनमा ललितपुरमा ट्यालेन्ट हन्टको रुपमा टोलीमा थिए । प्रधानमन्त्री कपमा प्रदेश १ ले कमल खत्रीलाई टोलीमा नराखेपछि आलोचना समेत भएको थियो । कमलले २०१९ मा पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा बुटवल ब्लास्टरबाट विराटनगर टाइटन्सविरुद्ध खेल्दै एक विकेट लिएका थिए ।

कमल नेपाल टोली ओमान भ्रमणको लागि तयारी गर्दा टियुमा नेट बलरको रुपमा रहेका थिए । नेट बलरको रुपमा राम्रो छाप छाडेपछि ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले टोलीमा लिने निर्णय लिएको हो । ‘इपिएल खेल्छु भन्ने खासै आशा थिएन । ललितपुरले रिलिज गरेपछि सम्भावना कम थियो । नेट बलरको रुपमा खेल्ने अवसर पाउँदा त्यसले इपिएल खेल्न सहयोग गर्यो’, कमलले भने ।
रिजन नेपालका लागि यू१६ र यू१९ प्रतिनिधित्व गरि सकेका छन् । बागमती प्रदेशका रिजन ढकाल प्रधानमन्त्री कप प्रतियोगितामा रहेपनि सकै खेलमा बेन्चमा बसेका थिए । २०१७ मा नेपालका लागि यू१९ खेलेका उनी चोटका कारण केहि समय मैदान बाहिर रहनु पर्यो ।
‘पहिलो पटक फ्रेन्चाइज लिग खेल्न लागेको हुँ । पहिला कुनैपनि फ्रेन्चाइज लिगमा थिएन । यसपटक ललितपुरले लिएपछि खेल्न उत्साहित र खुसी छु’, रिजनले भने । ‘नेपालको ठूलो प्रतियोगिता हो । विदेशी खेलाडीहरुबाट धेरै कुरा सिक्न पाइन्छ । प्लेइङ ११ मा परेभने आफ्नो क्षमता देखाउने अवसर रहने छ’, उनले भने ।

रिजन ब्याक (पछाडि) चोटका कारण सुधार हुन समय लागेको थियो । नशा च्यापिएको कारण उनलाई ठिक हुन समय लागेको थियो ।ललितपुरले विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका एलेक्स ब्लेकको नाम सार्वजनिक गरेको छ ।
ललितपुर गतवर्ष विदेशी खेलाडीको रुपमा पाकिस्तानका हमाद हसन, हसन खान, मिर हाम्जा र श्रीलंका बायाँ हाते ओपनर उपुल थरंगालाई अनुबन्ध गरेको थियो । तर कोरोना कारण समयमै इपिएल हुन सकेन । साविक विजेता ललितपुरमा ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ र योगेन्द्रसिंह कार्की लगायतका खेलाडी छन् । ट्यालेन्ट हन्टबाट बिभत्सु थापा र अरियो पौडेल छानिएका थिए । इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ ।
यो पनि पढ्नुहोस् :हसिम र गौतमले इपिएल खेल्ने
सन्दीप र प्रतिशले विराटनगरबाट इपिएल खेल्ने
गुलशन महँगो मूल्यमा काठमाडौंमा अनुबन्ध
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]