default_image

4 years ago

November 14, 2021

बाबर विश्वकपमा सर्वोत्कृष्ट खेलाडीको प्रमुख दाबेदार

194 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम आइसिसी टि२० विश्वकप २०२१ का प्रमुख दाबेदारको रुपमा छन् । पाकिस्तानलाई अपराजित रहँदै सेमिफाइनल सम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका बाबर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाउने उच्च सम्भावना छ ।

टि२० विश्वकपको फाइनलमा आज साँझ अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त फाइनलपछि आइसिसीले टि२० विश्वकप २०२१ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी घोषणा गर्नेछ । बाबर प्रमुख दाबेदारको रुपमा देखिन्छन् । बाबरले ६ खेलमा ४ मा अर्धशतक सहित कुल ३ सय ३ रन बनाएका छन् । औसत ६० को रहँदा स्ट्राइकरेट १२६.२५ को छ । प्रतियोगिताभर कुल २ सय ४० बल खेलेका बाबरले २८ चौका र ५ छक्का प्रहार गरेका थिए ।

सुपर १२ को समूह २ मा पहिलो खेलमा भारतलाई १० विकेटले हराउन बाबरले ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनको अविजित इनिङ खेलेका थिए । अर्का ओपनर मोहम्मद रिजवान ५५ खेलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहेका थिए । १ सय ५२ रनको ओपनिङ साझेदारी गरेका थिए । विश्वकप इतिहासमा पाकिस्तानले भारतलाई पहिलो पटक हराएको थियो । बाबर दोस्रो खेलमा न्युजिल्यान्डसँग ९ रनमा आउट भएका थिए ।

तेस्रो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराउन बाबरले ४७ बलमा ५ चौका सहित ५१ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । तेस्रो खेलमा नामिबियाविरुद्ध बाबरले ४९ बलमा ७ चौका सहित ७० रनको इनिङ खेलेका थिए । स्कटल्यान्डविरुद्ध बाबरले ४७ बलमा ५ चौका र ३ छक्का सहित ६६ रनको इनिङ खेलेका थिए । सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध बाबरले ३४ बलमा ५ चौका सहित ३९ रन बनाउँदै आउट भएका थिए ।
टोली फाइनलमा पुग्न नसकेपनि उनको प्रदर्शन उत्कृष्ट छ । जसको कारण उनी खेलको सर्वोत्कृष्ट खेलाडीको दाबेदार देखिन्छन् ।

समूह चरणमा पाकिस्तान ५ खेलमा ५ मानै जितका साथ सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो । बाबरले कप्तानी दबाबका बाबजुद पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । जसको कारण प्रमुख दाबेदारको रुपमा देखिन्छन् । न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै पहिलो पटक टि२० विश्वकप फाइनलमा स्थान बनाएको थियो ।

बाबरपछि को को छन् दोबदार ?

बाबरपछि पाकिस्तानका मोहम्मद रिजवान पनि उक्त अवार्डको लागि दाबेदारमा छन् । रिजवानले ६ खेलमा ३ अर्धशतक सहित २ सय २ सय ८१ रन बनाएका थिए । फाइनलमा उत्कृष्ट प्रदर्शन गरेको खण्डमा डेविड वार्नरको पनि सम्भावना देखिन्छ । वार्नरले ६ खेलमा २ अर्धशतक सहित २ सय ३६ रन बनाई सकेका छन् । बलिङतर्फ अष्ट्रेलिया एडम जाम्पा १२ विकेटका साथ दोस्रो स्थानमा छन् । ट्रेन्ट बोल्ट ६ खेलमा ११ विकेटका साथ तेस्रो स्थानमा छन् । सम्रगमा सबै खेलाडीको प्रदर्शन हेर्दा बाबर धेरै अघि देखिन्छन् ।

यो पनि पढ्नुहोस् : ‘खेलाडीको गल्तीमाथि कसैले प्रश्न नउठाउनु’– बाबर

रिजवान : आइसियुबाट उठेर मैदानमा प्रदर्शन

टि२० विश्वकप फाइनल : उपाधिको लागि अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

टि२० विश्वकप फाइनल : प्लेयर्स टु वाच

न्युजिल्यान्डलाई पहिलो पटक विश्वकप च्याम्पियन बन्ने अवसर

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.