default_image

ताजा समाचारहरु

November 15, 2025

कर्णाली यशविस लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली यशविस लगातार दोस्रो पटक एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) च्याम्पियन बन्न सफल भएको छ।‌ प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई ३-२ ले हराउँदै कर्णाली उपाधि रक्षा गर्न सफल भएको हो। ललितपुर भने लगातार दोस्रो पटक फाइनलमा पराजित भयो। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलमा पहिलो सेट निकै रोमाञ्चक बन्यो। सुरुवात […]

November 15, 2025

एनपिएलबाट ४२ करोड भन्दा बढी आम्दानी हुने अनुमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) ले ४२ करोड रुपैयाँ भन्दा बढी रकम आम्दानी गर्ने अनुमान गरेको छ। एनपिएल सुरु हुन २ दिन बाकी रहँदा आज क्यानले पत्रकार सम्मेलन आयोजना गरेर प्रायोजक बाट १५ करोड भन्दा बढी रकम प्राप्त हुने जानकारी दिएको छ। ८ फ्रेन्चाइज टोलीबाट ९ […]

November 15, 2025

पोखराको टाइगर कप भलिबल माघमा

काठमाडौं (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा छैंटौं टाइगर कप भलिबल प्रतियोगिता माघमा हुनेछ। पोखरा रंगशाला भित्रको भलिबल कोर्टमा माघ ९ देखि १९ गते (२०२६ जनवरी २३ देखि ३१ ) अन्तर्राष्ट्रिय क्लब–स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता हुने शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। टाइगर समूहले प्रतियोगिताको लागि कान्तिपुर मिडिया ग्रुप […]

November 15, 2025

कर्णाली र ललितपुर दोस्रो पटक फाइनल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल (इडब्लुभी) लिगको दोस्रो संस्करण आज सकिँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा साँझ ५ बजे सुरु हुने फाइनलमा अघिल्लो सिजनमा जस्तै कर्णाली यशविस र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुनेछ। अघिल्लो सिजनको फाइनलमा ललितपुरलाई हराउँदै कर्णाली च्याम्पियन बनेको थियो। यसपटक पनि कर्णाली नै मुख्य दाबेदार देखिएको छ। दुई चरणमा गरेर सम्पन्न […]

November 15, 2025

नामिबियाका स्मिथ लुम्बिनी लायन्समा

काठमाडौ (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको लागि नामिबियाका अलराउन्डर जेजे (जोहानेस जोनाधान) स्मिथलाई अनुबन्ध गरेको छ । लुम्बिनीले यो सिजनका लागि अनुबन्ध गरेको स्मिथ पाँचौ विदेशी खेलाडी हुन्। लुम्बिनीले यसअघि अष्ट्रेलियाका ब्याटर डार्शी सर्द, इटलीका पेस बलर थोमस ड्राका, अफगानिस्तानका अलराउण्डर गुल्बादिन नहब र नामिवियाके बलर रुबेन ट्रम्पलम्यानलाई अनुबन्ध गरेको‌ […]

November 15, 2025

क्रोएसियाको विश्वकपमा छनोट

एजेन्सी – क्रोएसियाले शुक्रवार फारो आइसल्यान्ड्सलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ का लागि स्थान पक्का गरेको छ। खेलमा पछि परेको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो। रियेकामा भएको खेलको १६ औं मिनेटमा गेझा डेविड टुरीको गोलमा फारोले अग्रता लियो। तर २३ औं मिनेटमा जोस्को ग्भार्डिओलले गोल गर्दै खेल बराबरीमा ल्याए। ५७ औं […]

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

सानदार पुनरागमनमा काठमाडौं विजयी

काठमाडौं (हाम्रो खेलकुद)- सानदार पुनरागमन गर्दै काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजलाई ३-२ ले हराएको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको अर्थहिन खेलमा दुवै टोली जितका साथ यो सिजनको लिग अन्त्य गर्ने दाउमा रहेको थियो। जहाँ लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। जहाँ २५-२३ र २६-२४ ले लगातार दुई सेट जितेर […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

नेपालले महिला कबड्डी विश्व कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप २०२५ भाग लिन जाने नेपाली महिला कबड्डी टोलीलाई बिदाइ गरिएको‌ छ। शनिवार सुरु भएर मंसिर ९ गते (नोभेम्बर १५ देखि २५ ) सम्म चल्ने विश्व कपमा यस वर्षको विश्वकपमा नेपालसहित  बंगलादेश, भारत, जापान, जर्मनी, केन्या, चिनियाँ ताइपे, थाइल्यान्ड, इरान, युगान्डा, अर्जेन्टिना र इन्डोनेसिया गरी १२ राष्ट्र […]

Success

Thank you for your time.