November 27, 2025
एजेन्सी – आर्सनलले यो सिजन सबै प्रतियोगितामा अपराजित रहेको बायर्न म्युनिखलाई हराउँदै आफ्नो लिग चरणको सफल यात्रा जारी राखेको छ। आर्सनल ३-१ ले विजयी भएको थियो। खेलको २२औँ मिनेटमा आर्सनलले अग्रता लियो। बुकायो साकाको कर्नरमा जुरिएन टिम्बरले हेड गर्दै गोल गरे। तर १० मिनेटपछि बायर्नले बराबरी गर्यो। जोसुआ किमिखको लामो पासबाट सर्ज ग्नाब्रीले बल नियन्त्रणमा […]
November 27, 2025
एजेन्सी – किलियन एमबाप्पेले ४ गोल गरेपछि रियल मड्रिडले च्याम्पियन्स लिगमा बुधवार ओलिम्पियाकोसलाई ४–३ ले हराएको छ। ग्रीसमा भएको खेलमा घरेलु टोली ओलिम्पियाकोसले चिकीन्होको टाढाबाट प्रहार गरेको गोलले आठौं मिनेटमा अग्रता लियो। तर त्यसपछि एमबाप्पे रोकिएनन्। उनले ७ मिनेटभित्रै ह्याट्रिक पूरा गरे । एमबाप्पेले २२ औं मिनेटमा पहिलो गोल भिनिसियसको पासमा, २४ औं मिनेटमा दोस्रो अर्दा […]
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा बिहीवार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स एकअर्काको सामना गर्दा त्यो केवल प्रतिस्पर्धा मात्र हुने छैन। दुई टोली क्रिकेट मैदानमार्फत समाजमा सन्देश फैलाउने अभियानसहित उत्रने भएका छन्। जनकपुर बोल्ट्स ‘आमाको सम्मान’ सन्देशसहित पिंक जर्सीमा मैदान उत्रनेछ । जनकपुरका प्रत्येक खेलाडीले जर्सीको पछाडि आ आफ्नो आमाको नाम अंकित […]
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले विराटनगर किङ्सको अपराजित यात्रा रोकेको छ । लगातार ३ खेल जितेको विराटनगरलाई चितवनले ४८ रनले हरायो। चितवनको यो लगातार दोस्रो जित हो। चितवन ४ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। चौथो खेलमा विराटनगरको यो पहिलो हार हो। जितको लागि १ सय ७५ रनको चुनौती […]
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले विराटनगर किंग्सलाई जितको लागि १ सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। स्लो स्टार्ट गरेपनि चितवनको लागि रवि बोपराले उत्कृष्ट ब्याटिङ गरे। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजे। चितवनले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको […]
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज चितवन राइनोजले विराटनगर किंग्सको सामना गर्दैछ। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजे। चितवनले पहिले ब्याटिङ गर्नेछ।आजको खेलमा विराटनगरले प्लेइङ ११ एक परिवर्तन गरेको छ। मार्टिन गप्टिलको स्थानमा साम हिजलेटलाई अवसर दिइएको छ। चितवनले पनि एक परिवर्तन गरिएको छ। रिजन ढकाललाई ड्रफ गर्दै रञ्जित […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]
November 26, 2025
एजेन्सी – चेल्सीले च्याम्पियन्स लिगमा बार्सिलोनालाई स्तब्ध पारेको छ । घरेलु मैदानमा चेल्सीले बार्सिलोनालाई ३-० ले हराउँदै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। चेल्सीका एस्टेभाओले लगातार तेस्रो खेलमा गोल गरे।खेलको सुरुवातमै बार्सिलोनाका फेरान टोरेसले गोलको राम्रो मौका गुमाएका थिए। त्यसपछि २७औँ मिनेटमा चेल्सीका पेद्रो नेटोको शटमा बार्सिलोनाका जुल्स कुन्डेलाई लागेर आत्मघाती गोल भयो। बार्सिलोनाका रोनाल्ड […]
November 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले दोस्रो जित हात पारेको छ।काठमाडौंले आज लुम्बिनी लायन्सलाई २२ रनले हरायो। काठमाडौंको जितमा कप्तान करण केसीको बिष्फोटक ब्याटिङ प्रमुख बन्यो। लुम्बिनीको यो लगातार दोस्रो हार हो। १ सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा आल आउट हुँदै १ सय ३५ रनमा रोकियो। लुम्बिनीले […]
November 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- निरज कुमार यादवको शतकमा एसिसी पुरुष यु–१९ प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को अजमानस्थित करवान ग्रुप मैदानमा आज भएको उद्घाटन खेलमा साउदी अरबियालाई ८ विकेटले हराएको छ। जितको लागि २ सय १९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर निरज र वंश […]