default_image

ताजा समाचारहरु

May 11, 2018

हैदराबाद आइपिएल प्ले अफ पुग्ने पहिलो टोली, दिल्लीको अर्को हार

दिल्ली (एजेन्सी)– सनराइजर्स हैदराबाट इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । शिखर धवन र कप्तान काने विलियम्सनले दोस्रो विकेटका लागि अविजित १ सय ७६ रनको साझेदारी गरेपनि हैदराबादले आइपिएलमा बिहिबार दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ । यो जितसँगै हैदराबाद कम्तीमा चौथो स्थानमा रहने पक्का भएको छ । ११ […]

May 10, 2018

‘नेयमार फ्रान्स फर्कन अनिच्छुक’

पेरिस (एजेन्सी)– विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका नेयमार पुनः फ्रान्स फर्कन इच्छुक नरहेको बताइएको छ । उनका बाबुले पनि छोरालाई स्पेनिस जाइन्ट रियल म्याड्रिडमा आबद्ध गराउने प्रयास थालिसकेका छन् । नेयमारका बाबुले एजेन्ट पिनी जाहाभीलाई केहि साताअघि पेरिसमा भेट्ने योजना बनाएका थिए । मार्काका अनुसार ब्राजिलियन सुपर स्टार नेयमार रियलनै जान चाहिरहेका […]

May 10, 2018

रोल्पामा सर्वाधिक पुरस्कार राशिको सभामुख कप भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा रोल्पामा सर्वाधिक पुरस्कार राशीको सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक राखेपले बिहिबार पत्रकार सम्मलेनको आयोजना गर्दै सर्वाधिक पुरस्कार राशिको सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता रोल्पाको सदरमुकाम लिवाङमा बैशाख २९ गतेबाट जेठ २ गतेसम्म हुने जानकारी गराएको हो । […]

May 10, 2018

प्रधानमन्त्री कप क्रिकेट जेठ तेस्रो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा दोस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ तेस्रो सातादेखि शुरु हुने भएको छ । राखेपले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १३ गतेबाट २९ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोली गरी १० […]

May 10, 2018

माजिकले च्याम्पियन्स लिगको फाइनल खेलाउने

किभ (एजेन्सी)– युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको फाइनल सर्बियन रेफ्री मिलोरड माजिकले खेलाउने पक्का भएको छ । यो सिजनको फाइनल खेल युक्रेनको किभमा २६ मे मा हुँदैछ। युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको रेफ्री कमिटिले सोमबार च्याम्पियन्स लिगको फाइनलका लागि ४५ वर्षीय माजिकलाई म्याच रेफ्रीको रुपमा घोषणा गरेको हो । यसपटक च्याम्पियन्स […]

May 10, 2018

पल्सर स्पोर्टस् अवार्डको लागि डिस होमसँग सम्झौता नवीकरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्डका लागि डिस होम मिडिया नेटवर्क लिमिटेडसँग सम्झौता नवीकरण गरेको छ । मञ्चले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिस होमसँग ७ लाखमा सम्झौता नवीकरण गरेको हो । सम्झौतासँगै डिस होमले अवार्डको लागि ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको डिस […]

kiran chemjong

May 10, 2018

गोलकिपर किरणले राखे ‘बर्डीगार्ड’

काठमाडौं (हाम्रो खेलकुद)– सामान्यता नेपाली खेलाडीले सुरक्षाका लागि बर्र्डीगार्ड राख्ने चलन छैन । तर, राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले भने आफ्नो सुरक्षाका लागि बर्डीगार्ड राखेका छन् । यद्दपी उनले सुरक्षा चुनौतीका कारण भन्दा पनि समर्थकहरु लाग्ने भिडलाई व्यवस्थापन गर्न सहयोगी राखेको बताएका छन् । अहिले उनी नेपाल पुलिस क्लबका लागि दमक गोल्डकप फुटबल प्रतियोगितामा […]

May 10, 2018

सेभियासँग रियल म्याड्रिडको हार

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा रहेको रियल म्याड्रिड स्पेनिस लिगमा सेभियासँग ३-२ ले पराजित भएको छ । बुधबार सेभियाको घरेलु मैदानमा ३-० ले पछि परेको रियलले पुनरागमन गरेपनि अंक जोड्न सकेन ‌। सेभियाले विराम बेन येड्डरको २६ अौं मिनेटको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा स्टिभन एन्जोन्जीको पासमा मिगुएल […]

May 10, 2018

बार्सिलोनाको फराकिलो जित

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बार्सिलोनाले भिल्लारियललाई ५-१ ले पराजित गरेको छ । अपराजित रहँदै लिग जित्ने सुरमा रहेको बार्सिलोनाले खेलको सुरुवात देखिनै पकड जमाएको थियो । खेलको ११ अौं मिनेटमा फिलिप कोउटिन्होको गोलमा अग्रता लिएको बार्सिलोनाले ५ मिनेटपछि पाउलिन्होको गोलमा अग्रता दोब्बर पार्यो । पहिलो हाफको अन्तिममा अान्द्रेश इनिएस्टाको पासमा लियोनल […]

May 10, 2018

मुम्बई चौथो स्थानमा उक्लियो, कोलकाताको हार

कोलकाता (एजेन्सी)– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियिर लिग (आइपिएल) अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । कोलकाता नाइट राइडजर्सलाई १ सय २ रनले हराउँदै मुम्बई एक स्थानमा माथि उक्लेको हो । समान १० अंकको मुम्बई चौथो स्थानमा उक्लदा कोलकाता चौथोबाट पाँचौं स्थानमा झरेको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको कोलकाता १८.१ ओभरमा […]

Success

Thank you for your time.