default_image

ताजा समाचारहरु

October 25, 2017

माछापुच्छ्रे क्रिकेट क्लब दुबई भ्रमणमा जाने

काठमाडौं (हाम्रो खेलकुद)– पोखराको माछापुच्छ्रे क्रिकेट क्लब (एमसिसी) अभ्यास खेलका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाने भएको छ । दुई वटा अभ्यास खेलका लागि एमसीसी दुबई भ्रमणमा निस्कन लागेका हो । भ्रमण आगामी नोभेम्बर १७ देखि २२ तारिखसम्म हुनेछ । एमसिसीले दुवईको दुई फरक क्रिकेट स्टेडियम (आइसीसी एकेडेमीको मैदान र एमसीसी अजमन) को […]

New zealand India

October 25, 2017

दोस्रो खेलमा न्युजिल्यान्ड र भारत भिड्दै

पुने (एजेन्सी) – भारत भ्रमणमा रहेको न्युजिल्यान्ड र घरेलु टोलीबीच आज दोस्रो एक दिवसिय क्रिकेट हुँदैछ । टोम लाथम र रोस टेलरले चौथो विकेटका लागि कीर्तिमान २ सय रनको साझेदारी गरेपछि न्युजिल्यान्डले पहिलो एक दिवसिय क्रिकेटमा भारतलाई ६ विकेटले हराउँदै शृंखलामा महत्वपूर्ण अग्रता लिएको छ । तीन खेलको सिरिजमा न्युजिल्यान्ड दोस्रो जितको खोजिमा रहनेछ । […]

Barcelona

October 25, 2017

मेस्सी बिना कोपा डेल रेमा बार्सिलोनाको जित

मर्सिया (एजेन्सी) – साविक विजेता बार्सिलोनाले कोपा डेल रे को अन्तिम ३२ को पहिलो लेगको खेलमा रियल मर्सियालाई ३-० ले हराएको छ । गए राती स्टार स्ट्राइकरद्वय लियोनल मेस्सी र लुइस स्वारेजलाई विश्राम दिएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको क्लबमाथि सहज जित हात पारेको हो । बार्सिलोनाको जितमा पाको एल्कासर, जेरार्ड डेउलोफेउ र जोसे अर्नाइज दियाजले गोल गरे । पहिलो हाफमा […]

United

October 25, 2017

इएफएल कपमा युनाइटेड, सिटी र आर्सनल विजयी

एजेन्सी – इङ्ग्लिस फुटबल लिग (इएफएल) कप अन्तर्गत प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र आर्सनलले आ–आफ्नो खेलमा जित दर्ता गरेका छन् । क्रिस्टल प्यालेस भने हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । गए राति खेलिएको खेलमा म्यानचेस्टर युनाइटेडले अर्को प्रिमियर लिग टोली स्वान्सि सिटीलाई २–० ले हराउन सफल रह्यो । युनाइटेडको यस जितमा फरवार्ड […]

October 25, 2017

‘मेस्सीलाई अवार्ड दिन नपाउँदा दुःख लागेको छ’- म्यारोडोना

लन्डन (एजेन्सी)– अर्जेन्टिनका महान खेलाडी डिएगो म्यारोडोनाले सोमबार राती लन्डनमा रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई फिफा उत्कृष्ट खेलाडी २०१७ को अवार्ड प्रदान गरेका थिए । तर, अवार्ड वितरण समारोहपछि लियोन मेस्सीलाई नभइ रोनाल्डोलाई अवार्ड दिनु परेकोमा म्यारोडोनाले दुःख मनाउ गरेका छन् । रोनाल्डोले लगातार दोस्रो दोस्रो वर्ष फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । उनले […]

October 24, 2017

लक्ष्मी बैंक गल्फ शनिबार

काठमाडौं (हाम्रो खेलकुद)– लक्ष्मी बैंकले शनिबार गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिताबारे आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । लक्ष्मी बैंकको प्रायोजनमा चौथो पटक प्रतियोगिता ग्लेनइगल्सद्वारा डिजाइन गोकर्ण गल्फ क्लबमा ३ / ४ हेन्डीक्याप स्टेबलफोर्ड फम्र्याटमा १८ होलमा खेलाइनेछ । प्रतियोगिताको पुरुष, महिला, सिनियर, जुनियरको विजेता […]

October 24, 2017

इएफएल कपमा युनाइटेडले स्वान्सिको सामना गर्दै

स्वान्सि (एजेन्सी) – इङ्ग्लिस फुटबल लिग (इएफएल) कप अन्तर्गत आज राति म्यानचेस्टर युनाइटेड स्वान्सि सिटीसँग भिड्दै छ । स्वान्सिको घरेलु मैदान लिबर्टी स्टेडियममा खेलिने यस खेल नेपाली समय अनुसार १२.३० बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका मुख्य दुई डिफेन्डर फिल जोन्स र एरिक बाई घाइते रहेका छन् भने रोमेलु लुकाकु, डेभिड डे गेया र […]

October 24, 2017

नेपाली खेलाडीले एसियन भारोत्तोलनमा चुनौति दिने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी दक्षिण कोरियामा आयोजना हुने एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा भाग लिन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार प्रस्थान गरेको छ । च्याम्पियनसिपमा दक्षिण कोरियाको योङगु अक्टोबर २८ देखि नोभेम्बर २ तारिखसम्म सञ्चालन हुनेछ । नेपाली २ पुरुष र २ महिला खेलाडी […]

October 24, 2017

टिभिएस इपिएल क्रिकेटको मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद) – झन्डै दुई महिना पछि राजधानीमा हुने भनिएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटलाई यसपटक टिभिएस मोटर कम्पनीले प्रायोजन गरेको छ । इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र टिभिएस मोटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक साहिल अग्रवालले आज सम्झौता पत्र एकअर्कासँग साटेका थिए । अब प्रतियोगिताको नाम टिभिएस इपिएल […]

October 24, 2017

बाप्पे वर्षको उत्कृष्ट युवा खेलाडी , जिते गोल्डेन बोय २०१७

लण्डन (एजेन्सी) – मोनाकोबाट लोनमा पेरिस सेन्ट जर्मन (पिएसजी)मा रहेका किलियन बाप्पेले गए राति गोल्डेन बोय २०१७ को उपाधि हात पारेका थिए । वर्षको उत्कृष्ट युवा खेलाडिलाई दिइने यस अवार्डमा बाप्पेले बार्सिलोनाका उस्माने डेम्बेले र म्यानचेस्टर युनाइटेडका मार्कोस रासफोर्डलाई उछिनेका थिए । गत सिजन उनले मोनाकोका लागि ४४ खेलमा २६ गोल गरेका थिए । उनको […]

Success

Thank you for your time.