September 15, 2017
स्कटल्याण्ड (एजेन्सी) –विश्व कीर्तिमानी रकममा यसै सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्रजिली खेलाडी नेयमारलाई मेस्सी जस्तै बन्न आफ्नो बानी सुधार्नुपर्ने स्कटिस क्लब सेल्टिकका डिफेन्डर मिकेइल लष्टिगले सुझाव दिएका छन् । च्याम्पियन्स लिग अन्र्तगतको समूह चरणको खेलमा सेल्टिकलाई ५–० ले पराजित गरेको खेलमा नेयमारलाई रेफ्रीले डाइभिङ गरेको भन्दै पहेंलो कार्ड र खेल सकिएपछि सेल्टिकका राइट […]
September 15, 2017
फ्लोरिडा (एजेन्सी)- विश्वप्रसिद्ध गेमिंग कम्पनी इलेक्ट्रोनिक आर्टस (इए) स्पोट्र्सले यस बर्षको फिफा २०१८ भिडियो गेम यहि सेप्टेम्बर २९ मा रिलिज गर्दैछ । हरेक वर्ष इएले यस गेमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ । वास्तविक खेल जस्तै भिडियो गेममा पनि फुटबल त्यतिनै लोकप्रिय रहेको छ । अघिल्लो वर्ष सर्वाधिक बिक्रि हुने इलेक्ट्रोनिक्स गेमको सूचीमा फिफा १७, […]
September 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आयोजक टोलीको सामना गर्ने भएको छ । सेमिफाइनल शनिबार हुनेछ । समूह‘ए’ को सबै खेल जितेको नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको थियो । मलेसिया अर्को समूहको उपविजेताका रुपमा अघि बढेको थियो । अर्को सेमिफाइनलमा नेपालको समूहमा रहेको […]
September 15, 2017
लण्डन (एजेन्सी) – युरोपा लिगमा ‘डेब्यु’ गरिरहेको इङ्ग्लिस टोली आर्सनलले पहिलो खेलमा जर्मनीको एफसी कोलोनलाई ३-१ ले हराएको छ । आर्सनलको जितमा सिड कोलासिनाच, एलेक्सिस सान्चेज र हेक्टर बेलेरिनले गोल गरेका थिए । २५ वर्ष पछि कुनै युरोपेली प्रतियोगिता खेलिरहेको कोलोनलाई आर्सनलले २९ सयका लागि ठाँउ सुरक्षित राखेपनि लगभग २० हजार कोलोनका समर्थक खेल हेर्न […]
September 15, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार लियोनल मेस्सीले नेयमारले पनि क्लबमा सुस्त सुरुआत गरेको स्मरण गरेका छन् । क्लबमा भर्खरै भित्रिएका ओसमाने डेम्बेलेका विषयमा बोल्दै मेस्सीले नेयमारले पनि विस्तारै क्लबमा लय लिएको उल्लेख गरेका हुन् । कीर्तिमानी रकममा नेयमार यो सिजन पेरिस सेन्ट जर्मेन गएपछि बार्सिलोनाले डेम्बेले लिएको थियो । ला लिगामा ‘डेब्यू’ मा प्रभावशाली प्रदर्शन गरेका […]
September 15, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका रक्षक मार्सेलोको प्रतिबन्धित खेल संख्या घटेको छ । लेभान्टेसँगको खेलमा जेर्फर्सन लेर्मालाई प्रहार गरेपछि रातो कार्डको सामना गरेका मार्सेलोमाथि दुई खेलको प्रतिबन्ध लगाइएको थियो । रियलले प्रतिबन्धविरुद्ध गरेको अपिलमा सुनवाई गर्दै उनको प्रतिबन्ध १ खेलमा घटाइएको छ । मार्सेलोले अब आइतबार ला लिगमा रियल सोसिडाडसँगको खेल मात्र गुमाउने भएका छन् । […]
September 14, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर इस्को र क्लबबीच नयाँ सम्झौता हुने भएको छ । यो सिजनको अन्त्यसँगै पुरानो सम्झौता सकिने भएकाले दुई पक्षपछि थप ५ बर्षे नयाँ सम्झौता हुन लागेको बताइएको छ । रियलका अनुसार क्लब र इस्कोबीच सम्झौताको सहमति बनेको र शुक्रबार त्यसको आधिकारिक घोषणा हुनेछ । नँया सम्झौता अनुसार इस्को २०२२ को जुन […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगद पुरस्कार दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको केन्द्रिय समिति बैठकले युवा टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, फिजियोलाई जनही २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । एन्फा कम्प्लेक्सको […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका दिनेश श्रेष्ठ र कमला श्रेष्ठ प्रथम स्ट्रोङ्गेष्ट सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिताको स्ट्रोङ्गेष्ट खेलाडी घोषित भएका छन् । स्ट्रोङ्गेष्ट खेलाडी घोषित भएका सेनाका खेलाडीले पदकसहित समान ११ हजार रुपैयाँ प्राप्त गरे । काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगितामा महिला जुनियरतर्फ सेनाकी कमला श्रेष्ठ र सिनियरतर्फ सञ्जु श्रेष्ठ उत्कृष्ट खेलाडी […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तुर्केमिनिस्तानमा अर्को साता सुरु हुने पाँचौं एसियन इन्डोर तथा मार्सल आट्र्स गेम्समा नेपालले ८ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । तुर्केमिनिस्तानको आस्गावादमा सेप्टेम्बर १७ देखि २७ सम्म आयोजना पाँचौं संस्करणको प्रतियोगितामा नेपालका ८ खेलका १८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालले तेक्वान्दो, चेस, पौडी, भारोत्तोलन, पुरुष बास्केटबल, मुवाथाई, किक बक्सिङ र […]