August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले अर्को साता ताजिकिस्तानको सामना गर्दैछ । हल चोकस्थित एपिएफको मैदानमा ताजकिस्तानका लागि प्रतिस्पर्धा हुन अब मात्र ५ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० गते प्रतिस्पर्धा हुनेछ । ताजकिस्तानसँग भदौ २० मा […]
August 31, 2017
लस एन्जलस (एजेन्सी) – फर्ब्सले सार्वजनिक गर्ने विश्वको सबै भन्दा धेरै कमाउने खेलाडीको सूचीमा युएफसी च्याम्पियन कोनोर मेग्रेररले रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पछि पार्ने अनुमान लगाइएको छ । ‘द मनी फाइट’ कहलिएको बक्सिङ खेलमा अमेरिकाका फ्लोइड मेवेदरसँग लडेपछि उनले ७७ मिलियन पाउण्डको हाराहारीमा कमाएको अनुमान लगाइएको छ । उक्त फाइट बाहेक आयरिस खेलाडीले प्रायोजन स्वरुप थप कमाई गर्नेछन । सूचीमा […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले तराईमा बाढी पीडितका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई १ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । अनिलले फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसलाई रकम हस्तान्तरण गरेका थिए । अस्ट्रेलियामा नेपालीहरुको सक्रियतामा स्थापित माछापुच्छ्रे एफसीले संकलन गरेको रकम अनिलमार्फत फाउन्डेसनलाई पठाएको थियो । फाउन्डेसनले माछापुच्छ«े एफसी र अनिललाई […]
August 30, 2017
कराँची (एजेन्सी)– पाकिस्तानका ब्याट्सम्यान शर्जील खानलाई स्पट फिक्सिङको आरोपमा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले ५ वर्ष प्रतिबन्ध लगाएको छ । पाकिस्तान सुपर लिगमा लामो समयदेखि अनुसन्धान गर्दै गरेको बोर्डले सर्जीललाई २ वर्ष ६ महिना कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने निर्देशन दिएको छ । त्यस्तै बाँकीको समय पिसीबिले उनीमाथि नजिकबाट निगरानी गर्नेछ । […]
August 30, 2017
बार्सिलोना (एजेन्सी) –बार्सिलोनाका नयाँ खेलाडी ओसुमाने डेम्बेलेको आगमनले नेयमारको ठाँउ पुरा गर्ने क्लबका रक्षक स्यामुएल उम्तिती विश्वास व्यक्त गरेका छन् । बार्सिलोना छाडेर केही साताअघि नेयमार पेरिस सेन्ट जर्मेन पुगेका थिए । फ्रान्स राष्ट्रिय फुटबल टोलीमा सहकर्मी उम्तिती डेम्बेलेको आगमन पछि उत्साहित देखिन्छन् । २० वर्षे डेम्बेले बोरुसिया डर्टमाउण्डबाट १ सय ५ मिलियन युरोमा अनुबन्धित […]
August 30, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका कोरियन फरवार्ड सियंग-वू ली स्पेनिस क्लब छाड्दै इटालियन सिरिया ए को क्लब हेलोस भेरोना पुगेका छन् । १९ वर्षे लीले बार्सिलोनाको पहिलो टोलीमा स्थान पाउने सम्भावना न्यून भएपछि उनले क्लब छाडेका हुन् । सन् २०११ देखि युवाअवस्थामा बार्सिलोनासँग आबद्ध कोरियन खेलाडी लिले कोरियाको यू १७ र यू २० टोलीबाट खेलेका छन् । […]
August 30, 2017
काठमाडौं(हाम्रो खेलकुद) -माल्दिभ्सको मालेमा चैत्र ९ देखि १७ सम्म संचालन भएको एभिसी एशियन सेन्टर जोन तेश्रो सिनियर भलिबल प्रतियोगितामा तेश्रो स्थान हासिल गर्ने नेपाली पुरुष भलिबल खेलाडी बुधवार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, सचिव महेश दाहाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालगायतले खेलाडीलाई पुरस्कृत गरे । खेलाडी, प्रशिक्षक र ब्यावस्थापक […]
August 30, 2017
कोलम्बो (एजेन्सी)– भारतसँगको पाँच एक दिवसिय श्रृखंला नसकिदै श्रीलंकाको खेलाडी छनोट समितिले राजीनामा दिएको छ । टेस्ट क्रिकेटमा ३–० ले ह्वाइटवास भएपछि श्रीलंका जारी एक दिवसयि श्रृखंलामा ३–० ले पछि परिसकेको छ । आइतबारको हारपछि आक्रोषित दर्शकले मैदानमा बोटल समेत फालेका थिए । ‘हामीले राजीनामा दिने निर्णय गरेका छौं,’ छनोट समितिका प्रमुख एवंम् श्रीलंकाका पूर्व […]
August 30, 2017
काठमाडौं(हाम्रो खेलकुद)- सेल्टर आश्रय नेपालको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा भदौं २१ देखि २३ गतेसम्म सडक बालबालिकाको लिग फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितमा सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेका १५ वटा संस्थाका १४ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले जानकारी दिईन् । लिगकम […]
August 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हङकङको स्पोर्ट्स वेर कम्पनी एक्सटेपले किक अफ फुटसललाई प्रायोजन गरेको छ । बिहीबारबाट सुरु हुने राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागि किक अफलाई एक्सटेपले प्रतियोगितामा आवश्यक सामग्री प्रदान गर्नेछ । यसअघि एक्सटेपले नेपाल राष्ट्रिय फुटबल टोलीका स्टार विमल घर्ती मगरलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो । एक्टेप ब्रान्ड स्पेनिस चर्चित क्लब भिल्लारियलले पनि […]