January 6, 2017
एजेन्सी – युरोपियन फुटबल महासंघ (युइएफा)ले घोषणा गरेको साल २०१६को सर्वोत्कृष्ट टोलीमा मेस्सी. रोनाल्डो र ग्रिज्मन सहित स्पेनी लिगमा खेल्ने खेलाडीको बाहुल्य रह्यो। युइएफाले घोषणा गरेको टोलीमा इङ्गलिश प्रिमिएर लिगका कुनै पनि खेलाडी परेनन्। टोलीमा स्पेनिश ला लिगाको आठ खेलाडी सामेल छन् भने इटालियन दुइ र जर्मन लिगका एक खेलाडीको नाम रहेको छ। गोलकिपरमा युभेन्टसका जियानलुइजी […]
January 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दश टोलिको सहभागिता सहित पुष २३ बाट सुरु हुने ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । बिहिबार पत्रकार सम्मेलनमा १२ औं संस्करणको तयारी पुरा भएको जानकारी आयोजक ढोरपाटन क्लबले दिएको हो । सर्वाधिक पुरस्कार रासीको प्रतियोगितामा विजेताले ३ लाख २० हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले १ लाख ६० […]
January 5, 2017
धनगढी (हाम्रो खेलकुद) – प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकपको बिहीबारको उद्घाटन खेलमा भारतको पञ्जाब फुटवल क्लब विजयी भएको छ । धनगढी रंगशालामा नेपालगज ११ लाई ३–२ ले हराउँदै पञ्जाव दोस्रो चरणमा पुगेको छ । पञ्जाबका लक्कीले २ र रिमीले १ गोल गरे । नेपागंजका लागि विक्रम सिंह ठकुरीले एक गोल गरे भने एक गोल […]
January 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले सातौं राष्ट्रिय खेलकुदको दौरान मृत्यु भएका फुटबल प्रशिक्षक बासुदेव भट्टराई र कालिकोट जिल्ला खेलकुद कार्यालयका प्रमुख कर्ण खड्काको परिवारलाई आर्थिक सहयोग गर्ने बिहीबार निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको सिफारिसमा सरकारले भट्टराई र खड्काको परिवारलाई १०/१० दिने निर्णय गरेको छ । मध्यपश्चिम क्षेत्रबाट खेलकुदको विकासमा […]
January 5, 2017
राकेश तिमल्सिना चितवन – चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगितामा बिहीबार बुटवलको वेस्टर्न क्रिकेट एकेडेमी र काठमाडौँको क्यापिटल कलेज विजयी भएका छन् । विशाल चोकको नौ बिगाहा मैदानमा भएको पहिलो खेलको छिनोफानो सुपर ओभरबाट भएको थियो । ९१ रनको विजय लक्ष्य पछ्याएको बुटवलले निर्धारित ओभरमा ९० रन मात्र बनाउन सक्यो । बुटवलका लागि बिक्रम भुषालले […]
January 5, 2017
काँकरभिट्टा,२१ ( हाम्रो खेलकुद)– एपिएफ र झापा ११ बीच मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको उपाधिको लागि प्रतिस्पर्धा हुने भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई बिहीबार टाइब्रेकरमा ५—४ गोल अन्तरले हराउँदै एपिएफले स्थानिय झापा ११ सँगको फाइनल भेट पक्का गरेको हो । यी दुई टोलीबीचको खेलको निर्धारित समय १–१ को बराबरी टुंगिएको […]
January 5, 2017
दिपक बोहोरा पाँचथर– आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ६–० ले हराउँदै बिर्ता युनाइटेड क्लब झापा आठौं फाल्गुनन्द गोल्डकपको फाइनलमा पुगेको छ । फिदिम उच्च माबिको खेल मैदान बिहीबारको सेमिफाइनलमा अनुभवी खेलाडी सम्मिलित झापाले आयोजक फिदिमलाई पराजित गरेर अन्तिम दुईको यात्रा तय गरेको हो । मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको फाइनलमा पुगको झापा ११ कै अधिकांश टोली विर्ता […]
January 5, 2017
झापा (हाम्रो खेलकुद) – अल्ट्रा म्याराथनकी अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापाको दमकमा एक कार्यक्रम बीच सम्मान गरिएको छ। नेपाललाई अन्तराष्ट्रियस्तरमा नै चिनाउन सफल भएको भन्दै बेलायतमा रहेका संघसंस्थाहरुले उनलाई सम्मान गरेका हुन्। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले दमक रेडक्रसको भवनमा एक कार्यक्रम गरी मिरालाई सम्मानसहित चेक हस्तान्तरण गरेका हुन्। बेलायतमा रहेका आधा दर्जन […]
January 5, 2017
हेटौडा (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब पोखराको साहारा क्लबलाई १-०ले पराजित गर्दै हेटौडा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा विदेशी खेलाडी आफ़िज ओलावालेको एकमात्र गोलको मद्दतले मनाङले फाइनलको यात्रा तय गरेको हो। डिफेन्डीङ च्याम्पियन मनाङको जितमा खेलको आठौ मिनेटमा विदेशी खेलाडी ओलावालेले गरेको गोल निणर्यक बन्यो । मनाङका सुजल श्रेष्ठ दोहोरो पहेंलो […]
January 5, 2017
पोखरा (हाम्रो खेलकुद)– नेपाल भूतपुर्व खेलाडी मंचले फागुन ७ गते ११ औं अन्तराष्ट्रिय सफल पोखरा म्याराथन आयोजना गर्ने भएको छ । मंचको बुधवार बसेको बैठकले पोखरा म्याराथन आयोजना गर्ने निर्णय गरेको मंचका अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए । ‘पोखरा म्याराथन पोखरेलीहरुको पनि सम्पत्ती हो यसको भव्यता संगै पोखरेलीहरुले देखाउने सदभाव र शुभेच्छा प्रशंसनिय छ’ अध्यक्ष […]