default_image

ताजा समाचारहरु

December 29, 2016

बक्सिङमा नेपाली सेनाको टिम च्याम्पियन

सातौं राष्ट्रिय खेलकुद चन्द्रगढी (हाम्रो खेलकुद)– बक्सिङमा नेपाल आर्मी महिला तथा पुरुष दुवैमा च्याम्पियन बनेको छ । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भएको प्रतियोगितामा आर्मी पुरुषमा ६ स्वर्ण,३ रजत र एक कास्य तथा महिलामा ५ स्वर्ण,२ रजत र एक कास्य जित्दै टिम च्याम्पियन बन्न सफल भयो । बिहीबार आर्मीका विष्णुप्रसाद घले, पुनम […]

December 29, 2016

घरेलु टोली विजय युथको विजयी सुरुआत

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानद्वारा आयोजित टुबोर्ग हेटौडा गोल्ड कप हेटौंडा (हाम्रो खेलकुद) – घरेलु टोली प्राइम पोलिक्लिनिक विजय युथले टुबोर्ग दोस्रो अन्तर्राष्ट्रिय फुटबल गोल्डकप प्रतियोगिता–२०७३ मा विजयी सुरुआत गरेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडामा सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणमा सरस्वती युथ क्बल काठमाडौंको चुनौती ट्राइब्रेकरमा पन्छाउँदै घरेलु टोलीले अघिल्लो […]

December 29, 2016

साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका भोली भिड्दै

दिपेश तिमल्सिना सिलगुढी (भारत)-  चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नेपालले भोली श्रीलंकाबिरुद्ध खेल्दैछ । समूह चरणको दुई खेल जितेको नेपालको सेमिफाइनलको यात्रा लगभग पक्का भएको छ । खेल भोली दिउसो २:३० बजे नेपाली समयमा सुरु हुनेछ। यस भन्दा अगाडि सन २०१४को वुमेन्स साफमा नेपालले श्रीलंकालाई ३-०ले पराजित गरेको थियो, […]

December 29, 2016

फुटबलमा मध्यमाञ्चलले एकै दिन दुई खेल हार्यो – पुलिसलाइ कास्य

धरान (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले मध्यमाञ्चललाई हराउदै सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष फुटबलमा कास्य जितेको छ । मध्यमाञ्चलले भने एकै दिनमा दुई खेल हारेको हो । बुधबार आर्मिसङको खेल निर्धारित समयमा र अतिरिक्त समयमा गोल रहित बराबर खेलेपछी साझ पर्दा मध्यमाञ्चलले त्यस खेलको निर्णय निकाल्न टाइब्रेकर भने आज खेलेको थियो । टाइ ब्रेकरमा […]

Football

December 29, 2016

फुटबल – स्वर्णकोलागि आर्मी र एपिएफ भिड्ने

दिपेन्द्र पोखरेल (धरान) – सातौ राष्ट्रिय खेलकुदमा फुटबल फाइनल खेलमा एपिएफ र आर्मी भिड्ने भएका छन । धरानको एन्फा टेक्निकल सेन्टरमा भएको टाइ ब्रेकरमा आर्मिले मध्यमाञ्चललाइ हराउदै एपिएफसङ फाइनलमा स्थान पक्का गरेको हो । बुधबार भएको खेलमा निर्धारित समय र अतिरिक्त समय गोल रहित बराबरिमा सकिएपछी खेलको निर्णय टाइब्रेकरले लगाएको हो । अतिरिक्त समय सकिदा […]

parash-khadka-biratnagar

December 28, 2016

विराटनगरमा पारसको क्रेज

दिपेन्द्र पोखरेल (बिराटनगर) – विश्वमै सबैभन्दा बढी फ्यान फलोइङ खेलाडीकै छन् । नेपाल पनि त्यसबाट अछुतो छैन । त्यसको एउटा उदाहरण पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको क्रिकेटलाई पछ्याउँदा थाहा हुन्छ । नेपाली क्रिकेटलाई पछ्याउने र नेपाली खेलाडीका पूर्वेली फ्यान यतिखेर दंग छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा समेत उच्च प्रदर्शनका साथ चर्चा कमाइरहेको नेपाली स्टार खेलाडी आफ्नै […]

शिरिष

December 28, 2016

खाली खुट्टा दौडिनेलाई शिरिषको उपहार

इटहरी (हाम्रो खेलकुद) –  पौडी खेलाडी शिरिष गुरुङ्गले एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सका खेलाडीहरु आर्थिक अभावका कारण दौडमा लगाउने स्पाईक नलगाई खेलेको भनि विभिन्न संचार माध्ययमबाट समाचार सम्प्रेषण भए पछि गुरुङ्गले शिरिष फाउन्डेशन मार्फत सहयोग गरेका हुन् । उनले करिब ४५ हजार बराबरको स्पाईक, झोला, टिसर्ट […]

December 28, 2016

ओलम्पियनलाई हराउदै सुटिङमा आर्मिका सुसे चौधरीलाई स्वर्ण

बिराटनगर (हाम्रो खेलकुद) – वैजनाथपुर भएको सुटिङको अन्तिम दिन पुरुष १० मिटर एयर राइफलमा आर्मीका सुसे चौधरीले स्वर्ण जिते । २ सय पूर्णाङकको फाइनलमा चरणमा सुसेले १८६ अंक जोडे । ओलम्पियन टीकाराम श्रेष्ठ दोश्रो भए । पूर्वाञ्चलका उनले १८३ अंक बटुले । तेश्रो स्थानमा चित्त बुझाएका मध्यपश्चिमाञ्चलका पवन घिमिरेले १६४ अंक ल्याए । सोही स्पर्धाको महिलामा […]

December 28, 2016

हक्कीमा पुरुषतर्फ आर्मी र महिलातर्फ सुदुरपश्चिमलाई उपाधि

बिराटनगर (हाम्रो खेलकुद) – पुरुष हक्कीमा आर्मीले स्वर्ण हात पारेको छ । विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई २–० गोलअन्तरले पराजित गर्‍यो । निर्धारित ७० मिनेटको १९ औं मिनेटमा सत्यनारायण चौधरीले आर्मीलाई १–० को अग्रता दिलाए । ६८ औं मिनेटमा अमित श्रीवास्तवले आर्मीका लागि दोश्रो गोल थपे । मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ८–० गोलले हरायो । […]

army-kabaddi

December 28, 2016

आर्मीलाई कबड्डीमा दुई स्वर्ण

बिराटनगर – ( हाम्रो खेलकुद ) – कबड्डीको पुरुष र महिला दुवैमा आर्मीले बुधबार स्वर्ण जितेको छ । मोरङको टंकीसुनवारी भएको पुरुष फाइनलमा आर्मीले मध्यमाञ्चललाई ४७–३० ले पराजित गर्‍यो । पश्चिमाञ्चल र एपीएफ क्लब संयुक्त रुपमा तेश्रो भए । महिलाको उपाधि भिडन्तमा आर्मीले प्रहरीलाई २४–२२ को झीनो अन्तरले हरायो । सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले कांस्य जिते । […]

Success

Thank you for your time.