default_image

ताजा समाचारहरु

December 27, 2016

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल फेरी पदक विहिन

प्रकाश तिमल्सिना काठमाडौं – नेपाल एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा फेरी पदक विहिन भएको छ । बंगलादेशको ढाकामा जारी च्याम्पियनसिपको मंगलबार भएको तेस्रो स्थानको खेलमा माल्दिभ्ससँग ३–१ ले पराजित भएपछि नेपाल लगातार दास्रो बर्ष पदक विहिन भएर फर्कने भएको छ । गत बर्ष पहिलो सहभागितामा पनि नेपाल यहि अवस्थामा अफगानिस्तानसँग पराजित भएर फर्केको थियो । […]

volleyball men

December 27, 2016

सातौं राष्ट्रिय खेलकुदमा भलिबलका रेफ्री कुटिए

दिपेन्द्र पोखरेल (इटहरी)– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा भलिबलका रेफ्री कुटिएका छन् । इटहरीमा पुरुष भलिबलको सेमिफाइनलमा नेपाली सेनाको टोलीसँग पराजित भएपछि पश्चिमाञ्चलका खेलाडी सञ्जुविक्रम शाहले त्यस खेलका रेफ्री विनय राईलाई हात पात गरेका हुन् । खेल सकिएपछि हात मिलाउने क्रममा सञ्जुविक्रमले रेफ्री राईलाई हात हालेका थिए । अहिले रेफ्री कमिटिको बैठक बसिरहेको छ ।

December 27, 2016

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पदक जित्ने नेपाललाई अर्को मौका

प्रकाश तिमल्सिना काठमाडौं – बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोनबाट भलिबल च्याम्पियनसिपबाट कम्तिमा रजत पदक जितेर फर्कने मौका नेपाली टोलीले गुमाइसकेको छ । चार दशक लामो अन्तर्राष्ट्रिय सहभागितामा नेपाललाई त्यस्तो अवसर विरलै मात्र पाइन्छ । लिगको अन्तिम खेलमा सोमबार किर्गिस्तानसँग ३–१ सेटमा पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भयो । फाइनल पुगेको भए कम्तीमा रजत पदकसहित […]

December 27, 2016

म्यानचेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि दौडलाई कायम राख्ने क्रममा सोमबार राती हल सिटीलाई ३–० ले हराएको छ । खेलेको अन्त्यतिर १८ मिनेटमा गोल गर्दै सिटीले जित हासिल गरेको थियो । याया टुरेले ७२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसको छ मिनेटपछि कोलिची इहिनाचोले गोल गर्दै अन्तरलाई दोब्बर पारे । रहिम स्टेर्लिङको […]

December 26, 2016

सेनाका कमला र कमलको राष्ट्रिय कीर्तिमान

राजविराज (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको चौथो दिन सोमबार भारोत्तोलनमा महिला ५८ केजीमा नेपाली सेनाकी कमला श्रेष्ठ र पुरुषको ८५ केजीमा सेनाकै कमलबहादुर अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । सप्तरीको राजविराजमा भइरहेको प्रतियोगितामा कमलाले स्न्याचमा ६६ केजी र क्लिन एन्ड जर्कमा ७९ केजी गरी जम्मा १ सय ४५ केजी भार वहन गर्दै […]

December 26, 2016

इब्राहिमोभिच चम्कदा प्रिमियर लिगमा युनाइटेडको जित

म्यानचेस्टर (एजेन्सी)– याल्टान इब्राहिमोभिचले गोल गर्ने क्रममा निरन्तरता दिदा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातार चौथो जित हासिल गरेको छ । इब्राहिमोभिचले १ गोल गर्दै अर्को दुई गोलका लागि पास मिलाएपछि युनाइटेडले बक्सिङ डेमा सोमबार सन्डरल्यान्डलाई ३–१ ले हराएको छ । डाले ब्लिन्डले ३९ औं मिनेटमा गोल गरेका थिए । यो सिजनमा ब्लिन्डको यो पहिलो गोल […]

December 26, 2016

प्रिमियर लिगमा चेल्सीको जित निरन्तर

लन्डन (एजेन्सी)– प्रिमियर लिगमा शीर्षस्थानको चेल्सीले विजयी यात्रालाई जारी राख्ने क्रममा बोर्नमाउथलाई ३–० ले हराएको छ । चेल्सीको जितमा पेद्रोले दुई गोल गरे । बक्सिङ डेको दिन भएको खेलमा पेद्रोको गोलबाट चेल्सीले २४ औैं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफमा इडेन हाजार्डले पेनाल्टीमा अर्को गोल थपेका थिए । पेद्रोले अर्को गोल अन्तिम मिनेटमा गरेका […]

December 26, 2016

मध्यमाञ्चललाई महिला बास्केटबलमा स्वर्ण

धरान (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा बास्केटबलको महिलातर्फ मध्यमाञ्चलले स्वर्ण पदक जितेको छ । धरानमा भएको फाइनलमा राष्ट्रिय टोलीकी कप्तान सदीना श्रेष्ठको नेतृत्वमा रहेको मध्यमाञ्चलले विभागीय टोली आर्मीलाई ४०–२७ ले पराजित ग¥यो । मध्यमाञ्चलको जितमा एलिना गुरुङले १३ स्कोर गरिन् । मध्यपिश्चमाञ्चलले पूर्वाञ्चललाई ३४–७ ले सहजै हराँउदै कास्य पदक जितेको छ । पुरुषतर्फ […]

December 26, 2016

अनिल र विमलको टोली बाहिरियो, पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा

धरान (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ र युवा स्ट्राइकर बिमल घर्तीमगर सम्मिलित पश्चिमाञ्चल सातौं राष्ट्रिय खेलकुदको फुटबलबाट बाहिरिउको छ । सोमबार पूर्वाञ्चलसँग ३–१ ले पराजित भएसँगै पश्चिमाञ्चल प्रतियोगितबाट बाहिरिएको हो । पश्चिमाञ्चलले तीन मध्ये १ खेलमात्र जित्न सक्यो । अर्को समूहबाट नेपाल पुलिस क्लब र मध्यमाञ्चलले सेमिफाइनल पुगेका छन् । धरानको एन्फा […]

December 26, 2016

सुदूरपश्चिमका पदक विजेतालाई राखेप सदस्य कुँवरले पुरस्कृत गर्ने

     विराटनगर (हाम्रो खेलकुद)–      पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक दिलाउने खेलाडीलाई व्यक्तिगत पुरस्कार घोषणा गरिएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का एकिन्द्र कुँवरले व्यक्तिगत रुपमा सुदूरपश्चिमाञ्चलका खेलाडीले स्वर्ण पदक जिते १० हजार, रजत पदक जित्नेलाई ५ हजार र कांस्य पदक जित्नेलाई ३ हजार पुरस्कार रुपैयाँ दिने बताएका छन् । […]

Success

Thank you for your time.