December 11, 2015
नेपाल डनबस्को स्कुल लुभुले २० औ फादर मोरान स्मृती विद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक सेन्ट जेभियर्स स्कुल गा्दावरीको मैदानमा भएको खेलको फाइनलमा डनबस्कोले सेन्ट जेभियर्स स्कुल जाउलाखेललाइ २–० ले पराजित गर्यो । विजयी टोलीका लागि दिल राज तामाङ्गले दुवै गोल गरे । यसैगरी, क्रेसेन्ट स्कुललाई ३–१ ले हराउदै सेन्ट जेभियर्स स्कुल गोदावरीले […]
December 11, 2015
१२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिताको तेश्रो दिन शुक्रबारको खेल समाप्तिसम्म नेपाल प्रहरीका दीप सावन, एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य र एपीएफकै शिवसुन्दर गोथेले समान ७ खेलमा जित र १ मा हारको सामना गरेका छन् । त्यस्तै एपीएफका अमरलाल मल्लले ६ मा जित र ३ मा हार, नेपाल आर्मीका कृष्ण […]
December 11, 2015
आगामी डिसेम्बर २३ देखी भारतमा हुने साफ कपको पूर्वतयारीको लागि नेपाल ले ३ दिन बाङ्लादेशमा बन्द शिविरमा अभ्यास गर्नेछ। येसै क्रममा डिसेम्बर १७मा नेपालले बाङ्लादेश बिरुद्ध मैत्रीपुर्ण खेल पनि खेल्ने छ । ३ दिनको बन्द शिभिरलाई नेपालले डिसेम्बर १५ मा बङ्लदेश प्रस्थन गर्ने र डिसेम्बर २१मा बङ्लदेशबाट केरेला जाने अखिल नेपाल फुटबल संघले आफ्नो आधिकारिक वेबसाईटमा […]
December 10, 2015
आयोजक प्राईम कलेज र जेभिएर कलेज तेह्रौ प्राइमकप बास्केटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार आयोजक कलेजको कोर्टमा भएको सेमिफाइनल खेलमा प्राईमले लिभरपुललाई ५९–५० तथा जेभिएरले सिसीआरसीलाई ४८–३३ को स्कोरमा पराजित गर्दै उपाधि भिड्न्त पक्का बनाएको हो । प्रार्ईमले लिभरपुल बिरुद्ध पहिलो क्वाटरमा १५–१०, दोस्रो क्वाटरमा ९–६ तेस्रो क्वाटरमा १७–२० तथा चौथो क्वाटरमा […]
December 10, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट बिहीबार पूरा भएको छ । विभिन्न चार स्पर्धामा समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडीको अन्तिम छनोट सम्पन्न भएको आयोजक नेपाल सुटिङ संघका सचिव प्रदीप खातीले जनाएका छन् । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् । […]
December 10, 2015
नेपाली राष्ट्रिय फुटबल टोलीको साफ च्याम्पियनशिपको तयारीको व्यवस्थापनप्रति मुख्य प्रशिक्षक प्याट्रिक ओजेम्स निराश देखिएका छन्| आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत अभिव्यक्ति व्यक्त गर्दै ओजेम्सले प्रशिक्षणको व्यवस्थापन एकदमै कम्जोर भएको जनाएका छन्| उनले हाल भइरहेको तयारीलाई राष्ट्रिय टोलीको लागि अयोग्य भएको बताएका छन्| प्रतियोगिता आउन तेह्र दिनमात्र बाँकी हुँदापनि हालसम्म राष्ट्रिय टोलीलाई बन्द प्रशिक्षणमा राखिएको छैन| […]
December 9, 2015
१३ औ प्राईम कप उच्चमाबि बास्केटबल प्रतियोगितामा आयोजक प्राईम र जेभियर इन्टरनेश्नल कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधवार पुरुषतर्फ भएको क्वाटरफाईनल खेलमा प्राईमले एन्जलहर्टलाई ५९–२७ को स्कोरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्राईमलाइ बिजयी गराउन सुरज खड्गीले सर्वाधिक १८ स्कोर गरेका थिए । त्यस्तै जेभियर कलेजको दुवै टिमले सेमिफाईनलमा स्थान शुरक्षित गरेका […]
December 9, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट प्रतियोगिताको दोश्रो दिन बुधबार रुपन्देहीकी स्नेहराज्यलक्ष्मी राणाले महिला १० मिटर एयर राइफलमा ३ सय ८९ अंक जोडेकी छन् । ३ सय ८९ अंक स्नेहको आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानको बराबरी प्रदर्शन हो । नेपाल प्रहरीका फूलमाया क्याप्छाकी र अस्मिता राईले समान ३ […]
December 9, 2015
काठमाडौं, मंसिर २३ गते । नेपाल तेक्वान्दो संघले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बुधबार सम्मान गरेको छ । ताइवानमा अप्रिलमा भएको प्रथम एसियाली पारा तेक्वान्दोका कांस्य विजेता अरुण शाक्य तथा रुसमा सेप्टेम्बरमा भएको अन्तर्राष्ट्रिय व्हीलचेयर एन्ड एम्पुटिज गेम्स (आईवास) का कांस्य विजेता सीता भण्डारी र रञ्जना धामीलाई नगदसहित सम्मान गरियो । […]
December 9, 2015
दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई नेपाल तेक्वान्दो संघले बुधबार छैटौं डान प्रदान गरेको छ । पारा तेक्वान्दो खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले छैटौं डानको प्रमाण पत्र प्रदान गरे । विष्ट दक्षिण एसियाली खेलकुदका ४ स्वर्ण विजेता तथा एसियाली खेलकुदका २ कांस्य विजेता हुन् । छनोट चरण […]