December 6, 2015
खेल मिलेमतोको अभियोगमा राष्ट्यि टोलीका कप्तान सागर थापासहित ५ खेलाडीमाथि एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन समितिले आजिविन प्रतिबन्ध लगाएको थियो , त्यस निर्णय बिरुद्ध खेलाडीहरूले अपिल गर्ने बताएका छन् , कान्तिपुर अनलाईन ले जनाएको छ । ‘एएफसीले १० दिनभित्र अपिल गर्ने समय दिएको छ । हामी त्यस निर्णयविरुद्ध पक्कै पनि अपिल गर्नेछौं, फुटबल टोलीका पूर्व कप्तान सागर थापाले […]
December 5, 2015
जावलाखेल व्हीलचेयर खेलकुद क्लबले मैत्रीपूर्ण व्हीलचेयर बास्केटबल प्रतियोगतामा शनिबार जित हात पारेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी नेपालद्वारा आयोजित प्रतियोगितामा जावलाखेलले व्हीलचेयर खेलकुद संघलाई १८–१० ले पराजित गर्यो । विजयी टिमका लागि दानबहादुर थिङले ८ अंक जोडे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले पुरस्कृत गरे । सो अवसरमा कमिटीले सदस्य–सचिव विष्टलाई सम्मान गरेको […]
December 5, 2015
भारतमा माघ–फागुनमा हुने आसन्न १२ दक्षिण एसियाली खेलकुद (साग) का लागि शनिबार छ जुडो खेलाडी छनोट भएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट आ–आफ्नो तौलसमूहमा पहिलो भएका समान ३–३ पुरुष/महिला गरी छ खेलाडी छनोट भएका हुन् । सागमा जुडोबाट समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन् । […]
December 5, 2015
एपीएफ क्लबका यामसाजन सुनारले भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्न आयोजित एथलेटिक्स खेलाडी छनोट प्रतियोगिताको पुरुष २ सय मिटर दौडमा तिलकराम थारुको कीर्तिमान शनिबार बराबर गरेका छन् । निर्धारित दूरी २१.५ सेकेन्डमा पूरा गर्दै यामसाजनले २०१३ को फब्रुअरीमा काठमाडौंमा भएको गोल्डेन स्प्रिन्ट मिटमा तिलकरामले बनाएको सोही समयको […]
December 4, 2015
खेल मिलेमतोको अभियोगमा राष्ट्यि टोलीका कप्तान सागर थापासहित ५ खेलाडीमाथि एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन समितिले आजिविन प्रतिबन्ध लगाएको छ । अब उनीहरु फुटबलको कुनै गतिविधिमा संलग्न हुन पाउने छैनन् । एएफसीको अनुसासनसमितको शुक्रबार बसकेको बैठकले उनीहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाली खेलाडीहरुको साथै एक ताजिकिस्तानी रेफ्री पनि आजीवन प्रतिबन्धमा परेका छन । म्याच फिक्सिङको आरोपमा असोज […]
December 4, 2015
कान्जिरोवाले जीसीआई अन्तरकलेज फुटसल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । कान्जिरोवाले ह्वाइटहाउस इन्टरनेसनल कलेज ‘ए’ लाई ६–४ गोल अन्तरले पराजित गर्यो । ग्लोबल कलेज इन्टरनेसनल (जीसीआई) द्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा नेसनल कलेजले लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टलाई ११–३ तथा सिल्भर माउन्टेन इन्टरनेसनल कलेजले किङ्स कलेजलाई ८–५ ले हराए । प्रतियोगिताको फुटबलर नवीन न्यौपानेले […]
December 4, 2015
काठमाडौं धनुषाका पुष्पेन्द्रकुमार गोईत र नेपाल प्रहरीकी चन्द्रकला लामगादेले भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्न आयोजित एथलेटिक्स खेलाडी छनोट प्रतियोगितामा शुक्रबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुषको लङजम्पमा पुष्पेन्द्रले ७.०९ मिटर छलाङ लगाउदै कृष्णबहादुर गिरीले बनाएको ७ मिटरको कीर्तिमान भंग गरे । कृष्णले सन् १९९९ […]
December 3, 2015
न्युडायमण्ड एकेडेमी र एपीएफ क्लब प्रथम राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिपमा उपाधि नजिक पुगेका छन् । जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिवार भएको पहिलो सेमिफाईनल खेलमा न्युडायमण्डले पुलिसलाई २५–१८,२५–१६ र २५–१४ को सोझो सेटमा हरायो । उत्कृष्ट खेल प्रर्दशन गरेकी न्युडायमण्डकी प्रतिभा माली वमन अफ दी म्याच भईन् । नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङले प्रतिभालाई […]
December 3, 2015
सातौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनमा ऐतिहासिक सफलता प्राप्त गरेका रुजेश शाहीलाई बिहीबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरियो । मंसिर ८ देखि १४ गतेसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमा रुजेशले रजत जित्दै नेपाली शारीरिक सुगठनको इतिहासमा अहिलेसम्मकै ठूलो उपलब्धि हात पारेका थिए । उनले प्रतिस्पर्धा गरेको तौलसमूहमा ९ […]
December 3, 2015
नेपाल प्रहरीकी चन्द्रकला लामगादेले महिलाको ज्याभ्लिन थ्रोमा बिहीबार नयाा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि एथलेटिक्स खेलाडी छनोट गर्न आयोजित प्रतियोगितामा चन्द्रकलाले ४३.९० मिटर टाढा फाल्दै नयाा कीर्तिमान रचेकी हुन् । यसअघि सीमाकुमारी थारुको नाममा ४३.७० को कीर्तिमान थियो । एपीएफ क्लबकी सीमाले गत भदौमा […]