September 24, 2025
एजेन्सी ( पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै फाइनलको सम्भावना कायमै राखेको छ । जित्नलाई १ सय ३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका मोहम्मद नवाज २४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३८ तथा हुसन तालत ३० बलमा ४ […]
September 23, 2025
हिमाल खरेल, बिर्तामोड झापा महिला गोल्डकपको विजेता टोलीले १० लाख रुपैयाँ पाउने भएको छ । आज एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो । नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता कात्तिक १५ गतेदेखि २२ गतेसम्म हुँदैछ । प्रतियोगिताको दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछ […]
September 23, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी)का फ्रान्सेली स्टार खेलाडी उस्मान डेम्बेलेले प्रतिष्ठित ब्यालोन डि’ओर अवार्ड जितेका छन्। उनले यो अवार्ड पहिलो पटक जितेका हुन्। २८ वर्षीय डेम्बेलेले गत सिजन पिएसजीलाई च्याम्पियन्स लिग, लिग वान र फ्रेन्च कप जिताउन महत्वपूर्ण योगदान दिएका थिए। उनले ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए। लिग वानमा २१ […]
September 23, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानको नयाँ सिजनमा पहिलो हार बेहोरेको छ। मार्सेले पिएसजीलाई १-० ले हरायो । आइतवार दक्षिण फ्रान्समा आएको आँधीको चेतावनीका कारण खेल स्थगित गरिएको थियो । खेल सुरु भएको पाँच मिनेट मार्सेले अग्रता लियो र त्यसपछि त्यो जोगाउन सफल रह्यो। क्रसमा आएको बलमा नायेफ अगुएर्द हेड मार्फत गोल […]
September 22, 2025
एजेन्सी – बार्सिलोनाले आइतवार गेटाफेलाई ३-० ले हराउँदै ला लिगा सिजनमा अपराजित यात्रा कायम राखेको छ। बार्सिलोनाको जितमा फेरान टोरेसले २ र अर्को गोल दानी ओल्मोले गरे। टोरेसले १५औँ मिनेटमा ओल्मोको ब्याकहिल पासलाई नियन्त्रणमा लिँदै गोल गरे । टोरेसले ३४औँ मिनेटमा राफिन्हाको लामो पासबाट दोस्रो गोल थपे। पहिलो हाफमै ह्याट्रिक गर्ने मौका पाए पनि उनको […]
September 22, 2025
एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतकको सहयोगमा भारतले एसीसी टीट्वान्टी एसिया कपको सुपर फोरमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । जित्नलाई १ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले १८.४ ओेभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए । शुभमन गिलले २८ […]
September 22, 2025
एजेन्सी– गेब्रियल मार्टिनेलीले इन्ज्युरी समयको तेस्रो मिनेटमा बराबरी गोल गरेपछि आर्सनलले म्यानचेस्टर सिटीलाई १-१ को बराबरीमा रोकेको छ। इमिरेट्स स्टेडियममा भएको प्रिमियर लिग खेलमा सिटीले खेलको नवौं मिनेटमै अग्रता लिएको थियो। एर्लिङ हालान्ड सिटीका लागि गोल गरेका हुन्। तिज्जानी रेजेन्डर्सको सहकार्यमा काउन्टर अट्याकमा हालान्डले गोल गरे । त्यसपछि पेप गार्डियोलाको टोलीले अग्रता जोगाउन सुरक्षात्मक खेल्यो। […]
September 21, 2025
एजेन्सी – ओपनर शहिबजादा फरानको अर्धशतकको सहयोगमा पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपमा भारतलाई १ सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । पाकिस्तानका ओपनर शहिबजादा फरानले ४५ बलमा ५ चौका र ३ […]
September 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले आज श्रीलंकालाई ४-० ले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो। श्रीलंका पराजित भएसँगै दुई खेलबाट ३ अंक बनाएर नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा अन्तिम चारमा पुगेको हो। बंलादेशको जितमा मोहम्मद रिफत काजीले ह्याट्रिक पूरा गरे। अर्को गोल मोहम्मद आरिफले गरे। यो सँगै बंगलादेश […]
September 21, 2025
एजेन्सी – भारतले एसीसी टी ट्वान्टी एसिया कपमा पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ । दुबई क्रिकेट रंगशालामा भारतका कप्तान सूर्यकुमार यादवले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारत र पाकिस्तान दुबैले टोलीमा दुई परिवर्तन गरेका छन् । भारतले पछिल्लो खेलमा ओमानविरुद्ध खेलेका हर्षित राना र अर्शदीप सिंहलाई बेन्चमा राख्दै […]