March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – तीव्रगतिका बलर कमलसिंह ऐरीले ४ विकेट लिए पछि प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । रुपेन्देहीको एस्ट्राटेक ओभलमा आइतवार एपिएफले बागमती प्रदेशलाई १ सय रनले पराजित गर्यो। १ सय ७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रनमा समेटियो । बागमतीका लागि शुभ कसांकार […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले वुमेन्स डे महिला टि ट्वान्टी आई सिरिजमा घरेलु टोली युगान्डामाथि कठिन जित हासिल गरेको छ । नेपालले आइतवार युगान्डामाथि १ विकेटको जित हासिल गरेको हो । ७६ रनको सामान्य लक्ष्य नेपालले एक बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन जोडिन् । पूजा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतले न्युजिल्याण्डविरुद्ध टस हारेको छ । युएईमा रहेको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्याण्डका कप्तान मिचेल सान्टेनरले टस जितेर ब्याटिङ रोजेका हुन् । भारत सन् २०१३ पछि च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । त्यतिबेला फाइनलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । भारत अघिल्लो संस्करणमा पनि फाइनल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – वुमेन्स डे महिला टि ट्वान्टी आई सिरिजमा घरेलु टोली युगान्डाले नेपाललाई सामान्य लक्ष्य दिएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा जारी खेलमा नेपालले युगान्डाबाट ७६ रनको सामान्य लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । युगान्डाका लागि इमाकुलेट […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – वुमेन्स डे महिला टि ट्वान्टी आई सिरिजमा घरेलु टोली युगान्डाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी छिन् । नेपाल र युगान्डाबीच यसअघि ५ खेल भएको छ। त्यसमा नेपालले २ र युगान्डाले ३ खेल जितेको छ । नेपाल र युगान्डाबीच सन् २०२२ […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 9, 2025
एजेन्सी – बुन्डेसलिगामा १० खेलाडीमा सीमित बायर्न म्युनिख शनिवार पराजित भएको छ। २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोखुमले ३-२ सनसनीपूर्ण जित निकाल्यो र बायर्नको १२५औं वार्षिकोत्सवको खुशीयाली खल्लो बनाइदियो। राफाएल गुएरेरोले सुरुआती २८ मिनेटमै बायर्नको लागि दुई गोल गरे । उनले १४ औं मिनेटमा नजिकैबाट प्रहार गरेर गोल गरे । दोस्रो थोमस म्युलरको असिस्टमा […]
March 9, 2025
सूर्य शुभचिन्तक, वीरगञ्ज विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक वीरगञ्ज गोल्डकपको उपाधि जितेको छ । आदर्शनगर रंगशालामा शनिवार मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो। निर्धारित समय १-१ को बराबरीमा टुङ्गिएको थियो। खेलमा अग्रता मछिन्द्रले लिएको थियो। १२औ समिरराज थोकरले गोल गरेका थिए। ५८औँ मिनेटमा विकास […]