December 26, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज सातौं स्थानमा रहेको बर्नलीको सामना गर्दै छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ८.४५ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि डिफेन्डर क्रिस स्मलिङ घाइते भएका छन् । युनाइटेडका लागि एन्टोनियो भ्यालेन्सिया र एरिक बाई पनि घाइते […]
December 26, 2017
बार्सिलोना (एजेन्सी) – रियल म्याड्रिडविरुद्ध शनिबारको एल क्लासिकोमा बार्सिलोनाको प्रभावशाली जितमा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीको भूमिका महत्वपूर्ण रह्यो । पेनाल्टी मार्फत गोल गरेका मेस्सीको अर्को गोलमा भूमिका रह्यो । स्पेनिस संचार माध्यम एल परियोडिकोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लियोनल मेस्सीले खेलको ८३.१ प्रतिशत समय हिडेर बिताए । त्यस्तै अन्य १० प्रतिशत समय उनी हल्का रुपमा कुदे । ४.९५ […]
December 26, 2017
नेपालगन्ज (हाम्रो खेलकुद)– भोजराज शाहीको अध्यक्षतामा १३ सदस्यीय बाँके जिल्ला फुटबल संघको कार्यसमिति निर्विरोध चयन भएको छ । शाही यसअघि पनि अध्यक्ष थिए । हिजो सम्पन्न साधारण सभाले तीन उपाध्यक्षमा निजामुद्दित सिद्दिकी, नागिन देवी श्रेष्ठ, मोहनसिंह थापा मगरलाई चयन गरेको छ । जिल्ला संघको सदस्यमा गोबर्धन सिंह सम्झना, प्रदेश सिंह राठौर,सानु तामाङ, चिम बहादुर घर्ति, […]
December 25, 2017
धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु भएको छ । आयोजक सु्दुरपश्चिम ११ स्पोर्टस क्लबले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई सातापछि सुरु हुने प्रतियोगिताको लागि तयारीमा जुटेको जानकारी गराए । प्रतियोगिता पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढीमा हुँदैछ । प्रतियोगितालाई चौधरी गुप्रको नेपाल […]
December 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ह्वाइट हाउस कलेजले शुभारम्भ स्पोर्टस टुर्सको आयोजनामा भएको अन्तर कलेज खेलकुद प्रतियोगितामा दोहोरो उपाधि रक्षा गरेको छ । सोमबार सकिएको खेलमा ह्वाइट हाउसले फुटबल र क्रिकेटतर्फको उपाधि जितेको हो । फुटबलतर्फ फाइनलमा ह्वाइट हाउसले मोडर्न इण्डियन स्कुलाई १–० ले पराजित गर्यो । क्रिकेटमा ह्वाइट हाउसले दिल्ली पब्लिक स्कुल अफ बंगलालदेशलाई ५० […]
December 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मार्सल सेल्फ डिफेन्स बुदो राष्ट्रिय संघ नेपालले मोरोक्कोमा भएको अन्तर्राष्ट्रिय पिस कप च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ । डिसेम्बर १५ देखि १७ तारिखसम्म भएको प्रतियोगितामा नेपालका ३ खेलाडीले २ स्वर्ण र ३ रजत जितेका थिए । अर्जुनबहादुर रोक्का (सार्की) ले दोहोरो स्वर्ण जितेका थिए । उनले पुरुष […]
December 25, 2017
दिपक बोहोरा पाँचथर– विर्ता युनाइटेड नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबलाई आज ७–१ को फराकिलो अन्तरले हराउँदै विर्ता उपाधि जोगाउने क्रममा अझै एक कदम अघि बढेको छ । विर्ताको जितमा विशाल राईले ह्याट्रिक गरे भने, कर्ण लिम्बुले २ तथा हिसुब थपलिया र नरेन लिम्बुले समान १ […]
December 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्लाडियटर्स राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै भैराहवाले प्ले अफमा स्थान सुरक्षित गरेको हो । यसअघि विराटनगर वारियर्सले प्ले अफमा पुगिसकेको छ । अब प्ले अफमा दुई टोलीको टुङ्गो लाग्न बांकी […]
December 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले भैरहवा ग्ल्याडीयटर्सलाई जितको लागि १ सय ९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङको गर्ने निर्णय लिएको पोखरा राइनोजले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रनको योगफल तयार गर्यो । तीन खेलाडीले मात्र […]
December 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले लिग चरणमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सोमबार भएको खेलमा विराटनगरले काठमाडौं किङ्स इलेभेनलाई ८ रनले पराजित गर्दै लिग चरणमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । विराटनगरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा […]