default_image

एसोसिएसन

April 7, 2024

प्रधानमन्त्री दाहालद्वारा अन्तर प्रदेश राष्ट्रिय खेलकुदको‌ उद्घाटन

भरतपुर (हाम्रो खेलकुद)- प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार उद्घाटन भएको छ । चितवनको भरतपुरस्थित प्रस्तावित गौतमबुद्ध क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको‌ उद्घाटन गरेका छन् । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा सुरु हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा ७ प्रदेशका टोलीको सहभागिता रहेको‌ छ । […]

April 5, 2024

राखेपलाई एन्फाको जवाफ – ‘मित्रराष्ट्रको खर्चमा अफिसियल पठायौं’

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटको खेल र त्यसअघि भएको मलेसिया भ्रमणमा अतिरिक्त पदाधिकारी विना स्वीकृति पठाएको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई लिखित जवाफ फर्काएको छ । राखेपले स्वीकृति नलिई एन्फाले यसै महिना मलेसियामा १० अतिरिक्त पदाधिकारी तथा बहराइनमा भएको विश्वकप छनोटको खेलका लागि थप ८ पदाधिकारीलाई पठाएको […]

April 5, 2024

विश्व मुवाँथाइका पदक विजेता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जितेका खेलाडी मंगलबार नगदसहित सम्मानित भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघले आफ्ना खेलाडीलाई सम्मान गरेको हो । नेपाली खेलाडीले मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा १ एतिहासिकसहित २ स्वर्ण, २ रजत र १ कांस्य पदक जितेका थिए । गुणराज रुचालले […]

April 4, 2024

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार सुरु हुने भएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा सुरु हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा ७ प्रदेशका टोलीको सहभागिता रहनेछ । प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी […]

April 3, 2024

सुष्मा र दीपक सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- बक्सिङकी‌ सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन्। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा बुधबार सुष्मा र दीपकसहित १८ जना बुधबार सम्मानित भएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी […]

April 1, 2024

राखेपले यसै साता ६० औं वार्षिकोत्सव मनाउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यहि साता आफ्नो ६० औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्ने भएको छ । राखेपका संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा कार्यक्रम बुधबार हुने राखेपले जनाएको छ । राखेपले विविध कार्यक्रमसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा वार्षिकोत्सव मनाउने तयारी भइरहेको जनाएको छ । कार्यक्रममा विभिन्न ६ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

March 22, 2024

युवा तथा खेलकुद मन्त्री श्रेष्ठलाई एनओसीको स्वागत

काठमाडौं ( हाम्रो खेलकुद) – युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि सबै क्षेत्र मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी ) ले आफ्नो स्वागतमा शुक्रबार राखेको कार्यक्रममा नवनियुक्त मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मञ्चमा कुटनीतिक सम्बन्ध बढाउन र त्यसलाई मजबुत बनाउन खेलकुद सबैभन्दा उपयुक्त माध्यम भएको बताए । एनओसीका […]

March 21, 2024

राइट टु प्रोटिन रनमा ७ हजार बढी दौडने

काठमाडौं (हाम्रो खेलकुद)– राइट टु प्रोटिन रनको हाफ म्याराथनको तेस्रो संस्करण सबै तयारी पूरा भएको आयोजक नेपाल भेटेरिनरी एसोसिएसनले जानकारी दिएको छ । हाफ म्याराथन शनिबार दशरथ रंगशालामा आयोजना हुँदैछ । प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले म्याराथन आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सितलकाजी श्रेष्ठले […]

Success

Thank you for your time.