July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल जिम्न्याष्टिक संघको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । संघीय सांसद समेत रहेका प्रधान नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष हुन् । जिम्न्याष्टिक संघको ६ उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशिलप्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार […]
July 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले आज राष्ट्रिय खेल संघ र महासंघका पदाधिकारीसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा खेलकुद मन्त्रालयका सह–सचिव सुवासचन्द्र सिवाकोटीले कानूनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय […]
July 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप मंगलवार हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । करिब ८५ लाख रुपैयाँ बराबरको विभिन्न […]
July 10, 2025
ललितपुर (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै संरचना नेपाली खेलकुदमा पहिलो पटक निर्माण गरिएको हो। प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै दुबै संरचना अवलोकन गर्दै उपकरणबारे जानकारी लिए। साथै उनले आउटडोर स्विमिङ पुल र हिटिङ स्विमिङ पूलको पनि […]
July 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले २० औं एशियाली खेलकुदको लागि पठाएको ३१ वटा खेल आयोजक कमिटीले दर्ता नगरेको बुझिएको छ। हिजो युवा तथा खेलकुद मन्त्रालयले ३१ खेल दर्ताको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो। तर मन्त्रालयलाई हिजो मात्र इमेल-मार्फत ३१ खेलको सुची इमेल मार्फत पठाएको बताइएको छ । तर आयोजक कमिटीले नेपाल […]
July 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले अर्को वर्ष जापानमा आयोजना हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३१ खेल दर्ता गराएको दाबी गरेको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आज पत्रकार सम्मेलन गरेर ३० खेल दर्ता गरेको जानकारी दिए केहि घन्टा नबित्दै ३१ खेल मन्त्रालयमार्फत दर्ता भएको दाबीसहित प्रेस विज्ञप्ति जारी गरेको हो। […]
July 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले यसै वर्ष सेनेगलमा हुने युथ ओलम्पिक र अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुदमा नेपाली खेलाडी सहभागी हुन नपाउने खतरा बढेको प्रति गम्भीर चासो व्यक्त गरेको छ। एनएनआइपिएले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी […]
June 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सकलाई राष्ट्रिय खेलकुद सम्मान प्रदान गरेको छ। खेलाडी तर्फ दार्चुलाका पारा तेक्वान्दो खेलाडी भरत सिंह महता, संखुवासभाका तेक्वान्दो खेलाडी श्री प्रेम बहादुर लिम्बु, कन्चनपुरका तेक्वान्दो खेलाडी विर बहादुर महरा, झापाका कबड्डी खेलाडी अनुजा कुलुङ राई, कन्चनपुरकी कबड्डीकी मानमती विष्ट, हुम्लाकी फुटबल खेलाडी दिपा शाही […]
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स एसोसिएसनको चौथो साधारण सभा ले नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा आज भएको साधारण सभाबाट अध्यक्ष दीपक विष्टसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्। विष्ट यसअघि पनि अध्यक्ष थिए। एसोसिएसनको दुई उपाध्यक्षमा प्रविण तुलाधर, देबु थापा महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा मनिता श्रेष्ठ प्रधान र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन […]
June 29, 2025
सुशील पन्त क्षेत्री,चितवन बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ। बागमतीका मुख्य मन्त्री बहादुर सिंह लामाले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन्। प्रदेश खेलकुद परिषद् बागमतीको आयोजना र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिकको समापनको अवसरमा शनिवार भएको चौथो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम मुख्य […]