default_image

गल्फ

June 8, 2023

सदभावलाई दुई स्ट्रोकको स्पष्ट अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर सदभाव आचार्य दुई स्ट्रोकको अग्रता लिदै शीर्षस्थानमा रहन सफल भएका छन् । अन्तिम १८ होलको खेल बाकी छँदा सदभावले एकल अग्रता बनाएका हुन् । सदभावले तेस्रो दिन पनि ७–अन्डर ६५ को उत्कृष्ट स्कोर निकाले। समग्रमा […]

June 7, 2023

सदभाव र सुबासलाई तीन स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सदभाव आचार्य र सुबास तामाङ संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार सदभाव र सुबासले ३६ होलको समाप्तीमा समग्रमा ९–अन्डर १ सय ३५ को स्कोरमा नीरज तामाङ र शुक्र बहादुर […]

June 6, 2023

सुबासलाई ५ स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुबास तामाङले सानदार सुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन् । उनले पहिलो दिन ९–अन्डर ६३ को उत्कृष्ट स्कोर दर्ज गरे । यो स्कोरमा सुबाशले प्रोफेसनल गल्फर तोरण विक्रम शाहीलाई ५ स्ट्रोकले पछि […]

June 5, 2023

प्रिमियर गल्फ च्याम्पियनसिपमा शीर्ष वरीयताको प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– सूर्य नेपाल टुर २०२२-२३ अन्तर्गतको अन्तिम प्रतियोगिताको रुपमा रहेको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारबाट सुरु हुँदा शीर्ष वरीयताका लागि प्रतिस्पर्धा हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने प्रिमियर गल्फ च्याम्पियनसिप चार दिन सम्म चल्ने छ । ७२ होलमा हुने च्याम्पियनसिपको सुरुवाती दुई दिनपछि शीर्ष २१ व्यावसायिक खेलाडीले मात्र अन्तिम ३६ […]

June 1, 2023

हिमालयन बैंक गल्फ शुक्रबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन बैंक गल्फ प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा दुई दिन सम्म चल्ने प्रतियोगितामा बढीमा १ सय २५ खेलाडीको सहभागिता रहने हिमाल बैंकका चिफ मेनेजर समिर आचार्यले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा महिला, पुरुष, ग्रस, सिनियर, सुपर सिजिन, गेस्ट, हिमालयन बैंक ग्राहक, जुनियर […]

May 31, 2023

भारतका सुमितलाई एमेच्योर गल्फ उपाधि, सुवास एक स्ट्रोकले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक एमेच्योर गल्फर सुबास तामाङलाई एक स्ट्रोकले हराउँदै भारतका सुमित कोटवालले नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बुधबमर भएको प्रतियोगिताको अन्तिम दिन १–अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३–अन्डर २ सय ३ को नतिजामा उपाधि जितेका हुन् । पहिलो दिनका लिडर […]

May 30, 2023

भारतलाई पछि पार्दै टिम इभेन्ट्समा नेपाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गतको टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबास तामाङ र सद्भाव आचार्यको जोडीले दोस्रो दिन मंगलबार ७–अन्डर १ सय ३७ स्कोर जोडे । समग्रमा १७–अन्डर २ सय ७१ सहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उनीहरुले नेपाललाई […]

May 27, 2023

सुबाश र सद्भावलाई गल्फ संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले बंगलादेश एमेच्योर ओपन गल्फमा नेपाललाई टिम स्पर्धामा स्वर्ण पदक दिलाएका सुबाश तामाङ र सद्भाव आचार्य सम्मान गरेको छ । नेपाल गल्फ संघको साधारण सभामा आइतबार नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश र राष्ट्रिय टिमका सदस्य सद्भावलाई समान २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनीहरूले गत मार्चमा बंगलादेशको […]

May 27, 2023

गल्फ संघको अध्यक्षमा घलेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल गल्फ संघको छैटौं साधारण सभाले अध्यक्ष टासी घलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ । आइतबार भएको चुनावी साधारण सभाले अध्यक्षमा घलेलाई निरन्तरता दिएको छ । त्यस्तै उपाध्यक्षमा पवित्र कुमार कार्की, तिलक राई र फुर्साङ लामा निर्वाचित भएका छन् । महासचिवमा चुडा बहादुर भण्डारी, कोषाध्यक्षमा किशन कुमार अग्रवाल निर्विरोध […]

May 13, 2023

विशेष प्रशिक्षण लिन सुवास अष्ट्रेलिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर खेलाडी सुबास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी) ले सन्चालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा सहभागी हुन अष्ट्रेलिया प्रस्थान गरेका छन् । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुबासलाई शुभकामनासहित बिदाई गरे । सुबासले जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने बिशेष प्रशिक्षणमा सहभागिता जनाउने छन् । […]

Success

Thank you for your time.