default_image

भलिबल

volleyball nepal

July 13, 2018

एसियन गेम्स – भलिबलमा नेपाल कोरिया र ताइपेसँग भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा भदौमा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरुष भलिबलमा सार्वजनिक भएको ‘ड्र’ अनुसार नेपाली टोलीले समूह ‘डी’ मा दक्षिण कोरिया र  चाइनिज ताइपेसंग खेल्नेछ। पुरुष भलिबलमा २० राष्ट्रको सहभागिता रहेको छ । २० टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टिमले दोस्रो चरणको यात्रा तय गर्नेछ ।  नेपालको राष्ट्रिय […]

June 26, 2018

सगरमाथा भलिबलको उपाधि सुनसरीलाई

धनकुटा (हाम्रो खेलकुद) – धनकुटाको चौविसे गाउपालिकामा सञ्चालित प्रदेश स्तरीय प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीतामा सुनसरीले फाईनलमा ओखलढुंगालाई १६–२५,२०–२५,२५–२७,१९–२५ र ९–१५ हराएको छ । जीतसंगै सुनसरीले नगद ५० हजार सहित मेडल, प्रमाणपत्र र टफी हात पारेको छ भने दोश्रो भएको ओखलढुंगाले नगद रु ३० हजार सहित प्रमाण पत्र, मेडल र ट्रफि हात पारेको छ […]

June 23, 2018

होम र कुन्दनको जोडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– होम पुन र कुन्दन शाहीको जोडी चौथो सेब टु ‘ए’ साईड खुला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा शनिबार भएको फाइनल खेलमा होम र कुन्दनकोे जोडीले मनवीर छन्त्याल र सोवित रानाको जोडीलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । पहिलो सेटमा होम र कुन्दनको जोडीले […]

June 17, 2018

भलिबलमा एपिएफसँग शिवम् न्यु डायमण्ड पराजित

पोखरा (हाम्रो खेलकुद) – ओलम्पिक डे रनको अवसरमा पोखरामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा नेपाल एपिएफ क्लबले शिवम् न्यु डायमण्ड क्लबलाई ३–२ ले हराएको छ । केहि दिन अघि सम्पन्न राष्ट्रिय वाणिज्य बैंक महिला लिगमा न्यु डायमण्डलाई हराएर एपिएफले जितेको थियो । दुइ दिन देखि पोखरामा लगातार वर्षका कारण प्रतिकुल रहेको मौसममा खेल सुरु गरिएको थियो […]

June 9, 2018

सरस्वती उत्कृष्ट खेलाडी घोषित

काठमाडौ (हाम्रो खेलकुद) – महिला भलिबलको सशक्त टोली विभगीय नेपाल एपिएफ क्लब चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।  एपिएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट […]

June 9, 2018

एपीएफलाई महिला भलिबलको उपाधि

काठमाडौ (हाम्रो खेलकुद) – महिला भलिबलको सशक्त टोली विभगीय नेपाल एपिएफ क्लब चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । एपिएफको यो सिजनको तेस्रो […]

June 8, 2018

महिला क्लब लिग भलिबल – उपाधिका लागि फेरि पनि न्यु डायमण्ड र एपिएफ भिड्ने

काठमाडौ (हाम्रो खेलकुद)– महिला भलिबलका दुई चर्चित क्लब शिवम् न्यु डायमण्ड र नेपाल एपिएफ क्लबबीच चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको उपाधि भिडन्त पक्का भएको छ । लिगको अन्तिम चारमा तीन विभागिय टोली र न्यु डायमण्ड पुगेका थिए । शुक्रबार भएको सेमिफाइनलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै […]

June 7, 2018

एपिएफको अपराजित यात्रामा पूर्णविराम,पुलिस माथि आर्मीको महत्वपूर्ण जित

काठमाडौ (हाम्रो खेलकुद)– घरेलु महिला भलिबलमा अपराजित रहँदै आएको विभागीय नेपाल एपीएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहिबार भएको लिग चरणको अन्तिम खेलमा एपिएफको अपराजित यात्रामा शिवम् न्यु डायमण्डले पूर्णविराम लगाएको हो । डायमण्डले एपिएफमाथि ३–१ को जत निकाल्न सफल भयो । गत माघमा भएको प्रथम शिवम न्यु डायमण्ड […]

June 6, 2018

एपीएफ र पुलिस सेमिफाइनलमा

काठमाडौ (कास) – दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब राजधानीमा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहल बुधबार भएको खेलमा एपीएफले पद्मोदय युवा क्लब चितवनलाई ३–१ को सेटमा पराजित गर्दै दुई खेल अगावै अन्तिम चारमा स्थान […]

June 5, 2018

लिग भलिबलमा एपिएफको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– महिला भलिबलको सशक्त टोली विभागीय नेपाल एपिएफ क्लबले राजधानीमा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार भएको खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । […]

Success

Thank you for your time.