default_image

भलिबल

April 27, 2018

नेपाल सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पदक विहिन

दकाठमाडौं (हाम्रो खेलकुद)– नेपालको राष्ट्रिय भलिबल टोलीले एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा यसअघिको सफलतालाई पनि जोगाउन सकेन । तेस्रो स्थानका लागि कीर्गिस्तानसँग शुक्रबार भएको खेल ३–० को सेटमा गुमाएपछि नेपाल पदकबाट विमुख भएको हो । गत वर्ष नेपालले सोहि च्याम्पियनसिपमा कास्य पदक जितेको थियो । त्यो नेपाली पुरुष टोलीले प्राप्त गरेको अहिले सम्मकै ठूलो र […]

April 26, 2018

विदाईमा नथामिएको कृपाको आँसु

काठमाडौं (हाम्रो खेलकुद)– न्यु डायमण्ड एकेडेमीले नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदमा उर्तिण भएकी आफ्ना मुख्य खेलाडी तथा सेटर कृपा अधिकारीलाई बिहिबार बधाई दिन र विदाई गर्न कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रम सुरु हुनुअघि देखि नै आगन्तुकले कृपालाई बधाई दिइरहेका थिए । सबै हसिला देखिन्थे । कार्यक्रम सुरु भएको केहि समयमा कृपाको बोल्ने पालो […]

April 25, 2018

सेन्ट्रल जोन भलिबल – नेपाल सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोली बंगलादेशमा जारी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा बलियो तुर्केमिनिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ।  समूह ‘ए’को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको नेपालले समूह ‘बी’ मा अपराजित तुर्केमिनिस्तानसँग २५-१४, २५-१८, २५-१९ ले पराजित भएको हो। नेपालले दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग तेस्रो स्थानको लागि भिड्नेछ।  दोस्रो सेमिफाइनलमा […]

volleyball nepal

April 25, 2018

नेपाली भलिबल टोलीले ३२ वर्षपछि एसियाड खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको राष्ट्रिय भलिबल टोलीले तीन दशक भन्दा लामो समयपछि एसियाली खेलकुद (एसियाड) मा भाग लिने पक्का भएको छ । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ सिओल एसियाडमा भाग लिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को पत्र मंगलबार प्राप्त भएसँगै इन्डोनेसियाको जाकार्तामा भदौमा हुने १८ औं […]

volleyball Nepal

April 25, 2018

सेन्ट्रल जोन भलिबलः ठूलो सफलताका लागि तुर्केमिनिस्तानलाई हराउनै पर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले अहिले सम्मकै ठूलो सफलता प्राप्त गर्ने हो भने बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको आजको खेल जित्नु पर्ने हुन्छ ।   नेपालले तुर्केमिनिस्तानसँग आज हुने सेमिफाइनल जितेमा कम्तीमा रजत पदक पक्का गर्नेछ । यसअघि सोही प्रतियोगितामा नेपालले कास्य पदक जितेको […]

volleyball

April 24, 2018

केएनपी महिला भलिबललाई ग्लोबल आइएमईको साथ

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आइएमई बैंकले सह–प्रायोजन सहयोग गरेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी बैशाख तेस्रो साताबाट सुरु हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई बैंकले प्रतियागिताको लागि २ लाखको प्रायोजन गरेको हो । सम्झौतापत्रमा प्रतिष्ठानकी संरक्षक गमली खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक […]

nepal-volleyball-second

April 23, 2018

सेन्ट्रल जोन भलिबल : नेपाललाई सेमिफाइनलमा स्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालको सेमिफाइनलमा स्थान पक्का भएको छ। सोमबार भएको खेलमा आयोजक बंगलादेशले माल्दिभ्सलाई २५-१५, २५-१५, २५-२२ को  सोझो सेटमा पराजित गरेपछि नेपालले समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान पाएको हो। नेपालले सेमिफाइनलमा समूह ‘बी’को विजेता तुर्कमेनिस्तानको सामना गर्नेछ। […]

April 22, 2018

न्यु डायमण्डकी कृपा बनिन् सेकेण्ड लेफ्टिनेन्ट

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पृष्ठभूमिबाट सेना वा प्रहरीमा प्रवेश गर्नेको सुचि नेपालमा लामो भइसकेको छ । त्यसमा अर्की एक महिला भलिबल खेलाडीको नाम थपिएको छ । न्यु डायमण्ड एकेडेमीकी कृपा अधिकारी नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदमा उर्तिण भएकी छिन् ।   घरेलु भलिबलमा विभागीय टिमलाई चुनौती दिन सक्ने टोलीको रुपमा रहेको न्यु […]

volleyball

April 22, 2018

सेन्ट्रल जोन भलिबल : माल्दिभ्समाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको राष्ट्रिय भलिबल टोलीले बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा हराउदै पहिलो जित दर्ता गरेको हो । नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ को सेटमा पराजित भएको थियो । […]

volleyball

April 21, 2018

सेन्ट्रल जोन भलिबलः नेपाल घरेलु टोली बंगलादेशसँग पराजित

काठमाडौं- चौथो संस्करणको एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ । बंगबन्धुस्थित कवर्डहलमा शनिबार भएको उद्घाटन खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ को सेटमा पराजित भएको हो । पहिलो सेटमा २६–२४ को कठिन जित निकालेको नेपालले त्यसपछिको तीनै सेट सहजै गुमायो । दोस्रो सेट १८–२५, तेस्रो […]

Success

Thank you for your time.