May 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– शिवम् सिमेन्ट प्रायोजकका रुपमा खेलकुदसँग जोडिएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा अर्को साता सुरु हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सहप्रायोजकका रुपमा शिवम सिमेन्ट खेलकुदमा प्रवेश गरेको हो । राजधानीमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का र शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोयलले सह प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर […]
May 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताले बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिको साथ पाएको छ । मुख्य प्रायोजकको लागि प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिका कन्ट्री डाइरेक्टर मनोज मिश्रले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार प्रतियोगिताको नाम ‘केएनपी राष्ट्रिय महिला भलिबल […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा पुरानो नैकापस्थित न्यु डायमन्ड एकेडेमीले दीपावली गरेको छ । विद्यालय प्रांगणमा गरिएको दीपावली कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, कोषाध्यक्ष सुनकेशरी माली, भलिबल प्रशिक्षक कुमार राई र न्यु डायमन्ड एकेडेमीका खेलाडीको उपस्थिति रहेको थियो । न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल तथा […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – कुन खेललाई नेपालको राष्ट्रिय खेल बनाउने भन्ने बहस टुंगिएको छ । नेपालका लागि माटो सुहाउँदो खेल भनेर चिनिने भलिबलले राष्ट्रिय खेलका रुपमा मान्यता पाएको छ । मन्त्री परिषद्को सोमबार बसेको बैठकले भलिबललाई नेपालको राष्ट्रिय खेल मान्ने निर्णय गरेको छ । नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र यसको व्यापक […]
May 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा केएनपी जापान राष्ट्रिय महिला भलिबल जेठको तेस्रो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बिशेष सहयोग तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा जेठ २३ देखि २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । […]
May 6, 2017
काठमाण्डौ (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राईलाई सामाखुसी बोडिङ स्कुल (सेब)ले शनिवार सम्मान गरेको छ । सेब स्कुलले आफ्नो १९ औं अभिभावक दिवस तथा पुुरस्कार बितरण कार्यक्रम न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपल समेत रहेका राईलाई खेलकुद बिकास र अनुशासनका पर्याय एवम् महिला भलिबल खेल जगतका उत्प्रेरक प्रशिक्षकको संज्ञा दिदै “खेलकुद बिकास सेवा […]
May 2, 2017
काठमाडौं, वैशाख १८ गते– राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप कप्तान ममता थापा विवाह बन्धनमा बाधिएकी छिन् । बाँकेकी ममताले आफ्नै जिल्लाका सूर्य खड्कासँग आइतबार विवाह गरेकी हुन् । त्यस्तै भलिबल खेलाडी प्रज्वल मल्लले बाँके कोहलपुरकी कविता शाहीसँग विवाह गरेका छन् । प्रज्वल पुलिसमा आवद्ध छन् । पछिल्लो समय सञ्चारकर्मीका रुपमा क्रियासिल ममता नेपाली महिला […]
April 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)- पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल एपिएफ क्लब तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा सोमबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले लिगमा अपराजित रहेको एकमात्र टोली विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । […]
April 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विवादित खेलमा हेल्प नेपाललाई हराउँदै त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो आरबिबी–एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आइतबार भएको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–२ ले हराएको थियो । आर्मी २५–२३, १९–२५, २५–२१, […]
April 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमीमा हालै कक्षा ७ मा प्रवेश गरेकी ११ बर्षीय खेलाडी प्रेक्षा राईले आरबीबी–एनभीए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगितामा ‘डेब्यू’ गरेकी छन् । शनिबार महिलातर्फ भएको लिग खेलमा न्यु डायमण्ड स्पोर्टस् क्लबबाट ओपन स्पाइकर पनमिका राईको स्थानमा टिमकी सदस्य भएकी थिइन् । उनी शनिबार जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रबिरुद्धको […]