default_image

भलिबल

volleyball-male

July 12, 2017

बंगलादेशको फुटबलपछि भलिबल टोली नेपाल आउँदै

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल पछि अब मैत्रीपूर्ण भलिबलका लागि बंगलादेशको पुरुष टोली नेपाल आउने भएको छ । मंगलबारमात्र नेपाल र बंगलादेशको यू २३ टोलीबीच मैत्रीपूर्ण फुटबल भएको थियो । नेपालसँगै भदौंको पहिलो साता मैत्रीपूर्ण भलिबल खेल्न बंगलादेशको राष्ट्रिय भलिबल टोली नेपाल आउन लागेको हो । नेपाल भलिबल संघको मैत्रीपूर्ण खेलको प्रस्तावलाई बंगलादेशको भलिबल संघले स्वीकार […]

July 8, 2017

कमजोर व्यवस्थापनबीच राष्ट्रपति रनिङ सिल्ड सम्पन्न, मध्यमाञ्चल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– कमजोर व्यवस्थापनबीच शनिबार सम्पन्न नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदमा मध्यमाञ्चल लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । ८ खेल समावेश खेलकुदमा एथलेटिक्समा १ सय ६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २ सय ९३ अंक जोड्दै मध्यमाञ्चलले उपाधि रक्षा गरेको हो । पाँच खेल कराते, उसु, तेक्वान्दो, क्रिकेट र […]

July 6, 2017

पोखरा स्पोटर्स अवार्ड एक साता अघि नै

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च, कास्की समन्वय शाखाले दोस्रो पोखरा स्पोर्टस् पूर्व निर्धारित मिति भन्दा झन्डै एक साताअघि नै आयोजना गर्ने भएको छ । यसअघि साउन २७ मा गर्ने भनिएको अवार्ड अब साउन २१ गते शनिबार हुने कास्की मञ्चले जनाएको छ । अवार्ड आयोजनाका लागि मञ्च, कास्की अध्यक्ष केशव पाठक संयोजक र उपाध्यक्ष […]

July 3, 2017

नेपाल अमेरिका कन्भेन्सन भलिबलमा कैलाशको टोली विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा एनएसी (नेपाल अमेरिका कन्भेन्सन) ले नेपाली समुदायका लागि आयोजना गरेको भलिबल प्रतियोगितामा सान फ्रान्सिस्को टिम विजयी भएको छ । आइतबार भएको फाइनलमा सान फ्रान्सिकोले डालास युनाइटेडलाई ३–० ले हराएको थियो । एक पक्षिय फाइनलमा सान फ्रान्सिको २५–१८,२५–२१ र २५–१९ ले जितेको थियो । विजयी टोलीमा पूर्व नेपाली राष्ट्रिय भलिबल […]

June 26, 2017

अस्ट्रेलियामा ढोरपाटनका पुर्जा उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा रहेका नेपाली समुदायका उत्कृष्ट भलिबल खेलाडीलाई सम्मानमा सिड्नीमा पोखरा भलिबल अवार्ड सम्पन्न भएको छ । भलिबल विकासमा योगदान पुर्याउनेलाई पनि सोही अवसरमा सम्पन्न गरिएको थियो । पोखरा भलिबल क्लबको संयोजनमा रक्डेल स्थित रेड क्याप्सिकम फंक्सन सेन्टरमा आयोजित अवार्डमा आठ खेलाडीलाई सम्मानित गरिएको थियो । ढोरपाटनका खेम पुर्जा उत्कृष्ट खेलाडीको अवार्ड […]

June 21, 2017

प्रतिभालाई शेरबहादुर स्मृति खेलुकद अवार्ड

 प्रशिक्षक राई पनि सम्मानित काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली शेरबहादुर खड्का स्मृति खेलकुद अवार्डबाट सम्मानित भएकी छिन् । शेरबहादुर स्मृति प्रतिष्ठानले सोही अवसरमा भलिबल प्रशिक्षक कुमार राईलाई पनि सम्मान गरेको छ । घरेलु भलिबल प्रतियोगिताहरुमा उच्च प्रदर्शन गर्दै आइकी प्रतिभाले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ३.५ ग्रेड ‘ए’ मा उत्तीर्ण गरेकी […]

June 14, 2017

पोखरा स्पोर्टस अवार्ड साउन अन्त्यमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले साउन अन्त्यतिर दोस्रो पोखरा स्पोर्टस अवार्ड गर्ने भएको छ । यस क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने उद्धेश्यले गत वर्षदेखि नै मञ्चले अवार्ड आयोजना गर्दै आएको छ । मञ्चको मंगलबार बसेको बैठकले आगामी साउन २७ गते अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका […]

June 13, 2017

भलिबल संघका अध्यक्ष शर्मा र महासचिव चन्द नेदरल्यान्ड्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्द आज नेदरल्यान्ड्स भ्रमणमा जाने भएका छन् । नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा अध्यक्ष शर्मा र महासचिव चन्द त्यसतर्फ जान लागेका हुन् । बुधबारदेखि नेदरल्यान्ड्समा सरु हुने विश्व लिग भलिबल र विश्व बीच भलिबल टुरको अवलोकनका लागि अध्यक्ष र आफुलाई निमन्त्रणा प्राप्त […]

June 10, 2017

नेदरल्यान्ड्सका भलिबल प्रशिक्षक नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) का प्रशिक्षक मिट भान विजेल साउन दोस्रो साता नेपाल आउने भएका छन् । नेदरल्यान्ड्सका विजेल साउन १० गते नेपाल आइपुग्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले शनिबार संघको बार्षिक कार्यक्रम सार्वजनिकका दौरान जानकारी दिएका हुन् । एफआइभिबीले नेपाली भलिबल टोलीको स्तर […]

June 10, 2017

नयाँ प्रतियोगितासहित भलिबल संघको बार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– अघिल्ला बर्षका तुलानामा केही नयाँ कार्यक्रम थप्दै नेपाल भलिबल संघले शनिबार बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । गत बर्ष घोषणा गरेका अधिकांश कार्यक्रम पुरा गरेको दाबी गर्दै संघले यसपटक विभिन्न प्रतियोगिता, रेफ्री सेमिनार, महोत्सव, अन्तर्राष्ट्रिय सहभागितासहित २७ वटा कार्यक्रम गर्ने घोषणा गरेको छ । नक्सालस्थित होटल क्राउन प्लाजामा पत्रकार सम्मेलनमार्फत महत्वकांक्षी कार्यक्रम सार्वजनिक […]

Success

Thank you for your time.