April 14, 2024
हेटौंडा (हाम्रो खेलकुद) – बागमती प्रदेश प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको अन्तरप्रदेश खेलकुदमा ६१ स्वर्ण पदक जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ४३ रजत र ३६ कांस्य पदकका साथ कुल १ सय ४० पदक जितेको छ । त्यस्तै २१ स्वर्ण, २१ रजत र […]
April 12, 2024
भरतपुर (हाम्रो खेलकुद) – प्रथम अन्तर प्रदेश राष्ट्रिय प्रतियोगिताको भलिबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा बागमती प्रदेशले उपाधि जितेको छ । पुरुषको फाइनलमा गण्डकीले कोशी प्रदेशलाई २५–१८, २५–२२ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । सुदूरपश्चिम तेश्रो भयो । महिलाको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई सीधा सेटमा २५–२१, २५–१२, र २५–८ ले हरायो । लुम्बिनी […]
April 11, 2024
भरतपुर (हाम्रो खेलकुद) – आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदमा बिहीबारको खेल समाप्तिसम्म सर्वाधिक ६० स्वर्णसाथ शीर्ष स्थानमा छ । विभिन्न ९ खेलमा १ सय ३४ स्पर्धा समावेश प्रतियोगितामा बिहीबारसम्म १ सय २९ स्वर्णको छिनोफानो भइसकेको छ । यो नतिजासंगै बागमती समग्रमा टिम च्याम्पियन बन्ने पनि निश्चित भएको छ । पुरुष […]
April 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा अर्को साता हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सात प्रदेशका ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे भएका छन् । वैशाखको ४ गते देखि ६ गते सम्म हुने प्रतियोगितामा ६ खेलमा ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने त्रिपुरेश्वरस्थित राखेपमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा […]
April 10, 2024
चितवन (हाम्रो खेलकुद) – लुम्बिनी र कर्णाली प्रदेश प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको महिला तर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनी सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले सुदूरपश्चिमलाई २५–११, २५–१६ र २५–९ ले हराएको थियो । अर्को खेलमा मधेस प्रदेशलाई हराउँदै कर्णाली अन्तिम चारमा पुगेको छ […]
April 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)– पेरिस पारालिम्पिक गेम्सको तयारीका लागि पलेशा गोबद्र्धन अर्को साता स्वदेश फर्कने भएकी छिन् । अध्ययनको सिलसिलामा चीनमा रहेकी पलेशा आइतबार स्वदेश आइपुग्ने उनका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए । सन् २०२४ अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुने पारालिम्पिकका लागि पलेशाले छनोट चरण पार गरिसकेकी छिन् । पलेशाको तयारीका लागि नेसनल […]
April 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन बुधबार सदभाव आचार्य, ईदान्त सिंह साउद र अवानी राई आ-आफ्नो उमेर समूहको शीर्षस्थानमा रहेन सफल भएका छन्। नेपाल गल्फ संघको आयोजनामा रोयल नेपाल गल्फ क्लबमा सुरु भएको च्याम्पियनसिप अन्तर्गत पुरूष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टिमका सदस्य सदभाव ५-अन्डर ६३ को उत्कृष्ट स्कोर […]
April 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अर्को महिना हाफ म्याराथन आयोजना हुने भएको छ । रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा कर्णाली हाफ म्याराथन वैशाख २९ गते हुने बताइएको छ। कर्णालीमा प्रदेशमा २०८१ मंसिर पहिलो साता हुने दशौं बृहत राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हाफ म्याराथन […]
April 8, 2024
भरतपुर (हाम्रो खेलकुद))– प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत करातेको पहिलो दिन महिला एकल कातामा सुदूरपश्चिमकी वर्षा साउद र पुरुष एकल कातामा बागमतीका अमृत थोकरले स्वर्ण पदक जितेका छन् । भरतपुरस्थित उद्योग वाणिज्य संघको हलमा सोमबार सुरु भएको करातेको महिला एकल कातामा बागमतीकी एलिना थिङले रजत तथा मधेश प्रदेशकी सुजाता परियार र कोशीकी रोस्मा राई कास्य […]
April 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख रुपैयाँ भन्दा बढि रकमसहित सम्मानित भएकी छिन्। ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा एरिकालाई ७ हजार ११ अमेरिकी डलर (९ लाख ३२ हजार ४ […]