July 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले यसै वर्ष सेनेगलमा हुने युथ ओलम्पिक र अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुदमा नेपाली खेलाडी सहभागी हुन नपाउने खतरा बढेको प्रति गम्भीर चासो व्यक्त गरेको छ। एनएनआइपिएले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी […]
June 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सकलाई राष्ट्रिय खेलकुद सम्मान प्रदान गरेको छ। खेलाडी तर्फ दार्चुलाका पारा तेक्वान्दो खेलाडी भरत सिंह महता, संखुवासभाका तेक्वान्दो खेलाडी श्री प्रेम बहादुर लिम्बु, कन्चनपुरका तेक्वान्दो खेलाडी विर बहादुर महरा, झापाका कबड्डी खेलाडी अनुजा कुलुङ राई, कन्चनपुरकी कबड्डीकी मानमती विष्ट, हुम्लाकी फुटबल खेलाडी दिपा शाही […]
June 29, 2025
सुशील पन्त क्षेत्री,चितवन बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ। बागमतीका मुख्य मन्त्री बहादुर सिंह लामाले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन्। प्रदेश खेलकुद परिषद् बागमतीको आयोजना र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिकको समापनको अवसरमा शनिवार भएको चौथो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम मुख्य […]
June 28, 2025
सुशील पन्त क्षेत्री, सौराहा स्कुल टु ओलम्पिक कार्यक्रमको समापनको अवसरमा आज बिहान चितवनमा वाकाथन भएको छ । वाकाथनमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, ओलम्पियन, खेलाडी, विभिन्न खेलकुद संघ संस्थाका प्रतिनिधि, खेलकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो । सौराहाको हात्तीचोकबाट रिभर साइडसम्म वाकाथन भएको […]
June 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विवादमा फेरि जुहारी सुरु भएको छ।आफूहरूमाथि भ्रामक, झुटा आरोप लगाएको भन्दै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ गम्भीर आपत्ति जनाएका छन् । एनओसी आबद्ध विभिन्न ३२ मध्ये २२ खेल संघका अध्यक्ष र पदाधिकारीहरूले एनओसीका अध्यक्ष श्रेष्ठको नेतृत्वमा गठित कार्यसमितिको अवैध गतिविधिविरुद्ध कारबाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई […]
June 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग आबद्ध विभिन्न खेल संघका अध्यक्ष र पदाधिकारीहरूले एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा गठित कार्यसमितिको अवैध गतिविधिविरुद्ध कारबाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ज्ञापनपत्र बुझाएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज ज्ञापनपत्र बुझाउनेमा नेपाल फेन्सिङ, ट्रायथलन, हक्की, फुटबल, भलिबल, तेक्वान्दो, बक्सिङ, एथ्लेटिक्स, जिम्नास्टिक, सुटिङ, रेसलिङ, कबड्डी, घोडचढी, […]
June 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको समापनका अवसरमा चौथो ओलम्पियन पुनर्मिलन एवं सम्मान कार्यक्रम यसै साता हुने भएको छ। चितवन सौराहाको पार्क सफारीमा कार्यक्रम हुने एसोसिएसनले जानकारी दिएको छ। सोही दिन बिहान ६ बजे हुने ओलम्पियनका साथमा खेलाडी,खेलकर्मी, नगरवासी र जनप्रतिनिधिको सहभागितामा वाकाथन […]
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रशासन तथा लेखा सम्बन्धी तालिम बुढानीलकण्ठमा शनिवार सुरु भएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यालयको दैनिक कामकाज सहज बनाउन ३ दिनमा फाइलको विषय टुंगो लगाउने, फाइल ट्रयाकिङ सिस्टम र पौडी पोखरीमा इ टिकटको सुरुआत गरेको बताउदै प्रशासनिक कामकाजमा सुधार […]
June 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- खेलकुद, शिक्षा र उद्यमशीलताको माध्यमबाट युवालाई सशक्त बनाउन सकिने विषयमा सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यक्रम बिहिवार काठमाडौंमा आयोजना गरिएको छ । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको बागमती प्रदेश खेलकुद तथा युवा सम्मेलन २०८२ नामक कार्यक्रममा विगतको तुलनामा खेलकुद, शिक्षा र उद्यमशीलताको माध्यमबाट युवालाई सशक्त बनाउने सकिने चर्चा गरिएको थियो । अन्तर्क्रियामा […]
June 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स एसोसिएसनले गोकर्णेश्वरको ड्याफोडिल पब्लिक स्कुलमा बुधवार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ । ड्याफोडिलका विधार्थीसँग भएको अन्तरक्रियात्मक स्कुल टु ओलम्पिक कार्यक्रममा एसोसिएसनका अध्यक्ष दीपक विष्ट, सचिव देवु थापा, सन्तोषी श्रेष्ठ र प्रिन्स दाहालले आफ्नो खेल जीवन सुरुवात, यात्रा , कठिनाई र सफलताको प्रसंग साटेका थिए। तेक्वान्दोका दीपक र जुडोकी देवुले […]