June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता च्याम्पियन बनेको छ । शुक्रवार सम्पन्न प्रतियोगितामा बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकका साथ ७ प्रदेश सहभागी प्रतियोगितामा टिम च्याम्पियन बन्यो । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम […]
June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशकी अनिशा थारुले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदमा एथलेटिक्सको छात्रा ट्रिपल जम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण पदक जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरीले रजत […]
June 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विभिन्न कार्यक्रमसहित एक भव्य समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पियन जुडोकी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।त्यसपछि ओलम्पियन देवु, भारोत्तोलनका ओलम्पियन कमलबहादुर […]
June 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्समा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् । प्रवीणले छात्र १ सय मिटर दौड तथा संगीताले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका हुन् । कीर्तिमान वापत दुवैले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । […]
June 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत टेबलटेनिसमा बागमती प्रदेशले स्वर्ण पदकमा क्लिन स्विप गरेको छ। ४ स्वर्णको लागि भएको प्रतियोगितामा ४ स्वर्ण नै बागमतीले जित्यो। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सिंगल्सको छात्रमा आर्यन शाही र छात्रामा अर्सना महर्जनले स्वर्ण पदक जिते। फाइनलमा आर्यनले बागमतीकै अर्नव श्रेष्ठलाई ११–६, ११–७, ७–११ र १४–१२ को सोझो […]
June 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौड स्वर्ण जितेका छन् । आइतवार सुरु भएको प्रतियोगितामा आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा […]
June 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा अर्को साता यु १४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ विद्यालय खेलकुद आयोजना गरिएको हो । प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव टंकलाल […]
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिप भाग लिने नेपाली कराते टोली मंगलवार त्यसतर्फ जाने भएको टोली छ। ११ खेलाडीसहितको टोलीलाई सोमवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाइ गरे। महिला (कुमुते): प्रशिक्षक व्यवस्थापक
May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- चर्चित राष्ट्रिय कराते खेलाडी धादिङकी एरिका गुरुङ बागमती स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्राप्त गरेकी छिन्। बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजना भएको स्पोर्टस अवार्ड बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा भएको थियो । कार्यक्रममा एरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै उनलाई १ लाख रुपैयाँ पनि […]
May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा राष्ट्रिय खोखो खेलाडी मकवानपुरका राजन बलले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्राप्त गरेका छन्। बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा राजनलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको छ। अवार्डसँगै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो। राजन बल नेपालको राष्ट्रिय खोखो […]