default_image

राष्ट्रिय खेलकुद परिषद्

December 14, 2020

खेलकुदमा समानता : एन्फाले राखेको मानक

सरिता श्रेष्ठ, काठमाडौं ‘१८ हजार रुपैयाँ अहिलेको समयमा ठूलो रकम होइन । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष र महिला खेलाडीलाई समान व्यवहार गर्नुपर्छ भन्ने सोच राख्यो । यो सोचाई हाम्रो लागि ठूलो उपलब्धी हो,’ महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले एन्फाको निर्णय आएपछि यसरी खुसी साटिन् । नेपाली खेलकुदमा नै तरगं […]

December 10, 2020

ब्याडमिन्टन सामान खरिदमा अनियमितता गर्नेलाई कारवाही हुने!

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली ब्याडमिन्टन टोलीका लागि सामान खरिद गर्दा भएको अनियमिततामा दोषी उपर कारवाही हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । दोषीमाथि कारवही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग को निर्देशन कुरिरहेको उल्लेख गर्दै सिलवालले १३ औं सागको हिसाब […]

December 9, 2020

नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नहुने !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको कुम्भमेला मानिने राष्ट्रिय खेलकुदको नवौं सस्करण निर्धारित मितिमा नहुने लगभग पक्का भएको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले फागुनमा गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकमा तय गरिने बताएपछि नवौ निर्धारित मितिमा नहुने लगभग […]

December 8, 2020

पदक विजेता र ओलम्पियन भन्छन् – ‘प्रोत्साहन भत्ता किन रोकियो थाहा छैन’

काठमाडौं (हाम्रो खेलकुद) – धावक वैकुण्ठ मानन्धरले दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनमा तीन दशक भन्दा अघि बनाएको कीर्तिमान अहिले सम्म तोडिएको छैन । साग तत्कालिन साफको तेस्रो संस्करण (सन् १९८७) मा मानन्धरले २ घन्टा १५ मिनेट ०३ सेकेन्डमा दौड पुरा गर्दै कीर्तिमान रचेका थिए । ३३ वर्षे अघि बनेको त्यो कीर्तिमान तोड्न अहिलेका खेलाडीलाई […]

December 7, 2020

पौडी प्रशिक्षक कार्कीलाई बिदाई तथा सम्मान

हाम्रो खेलकुद) – पौडीका बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा लामो समयसम्म कार्यरत रही उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो । कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिक, पौडीपोखरीका प्रमुख टार्जन सुब्बा, राष्ट्रिय टिम तयारीका प्रमुख […]

December 5, 2020

नवौं राष्ट्रिय खेलकुद आयोजना – राखेप ‘पर्ख र हेर’को अवस्थामा

काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) पर्ख र हेरको नीतिमा रहेको सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । हरेक २ वर्षमा आयोजना हुने लक्ष्य राखिएको राष्ट्रिय खेलकुदको नवौं संस्करण यहि वर्षको फागुन २१ देखि २८ गते सम्म गण्डकी प्रदेशमा तय भएको थियो । तर, झन्डै ९ महिनादेखि कोभिड कोभिड […]

December 4, 2020

अख्तियार बारे प्रश्नमा सदस्य सचिव सिलवालको झुट

प्रकाश तिमल्सिना, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विषयमा ब्याडमिन्टनको बाहेक अन्य कुनै पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले ढाँटेका छन् । जबकी अख्तियारले शुटिङ, आर्चरी, तेक्वान्दो, कराते, ब्याडमिन्टनको खेल सामाग्री खरिदमा अनियमित भएको भन्दै ११ जनाविरुद्ध परेको उजुुरीका आधारमा रायसहितको प्रतिवेदन […]

December 2, 2020

बडीबिल्डिङ टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – भारतको बेंग्लोरमा डिसेम्बर ५ मा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली फिटनेसन टिमका सदस्य रोजिनलाई तारकेश्वर युवा क्लबले एक कार्यक्रमको आयोजना गरी नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ […]

November 28, 2020

राखेप १३ औं सागको खर्च विवरण सार्वजनिक गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको एक वर्ष पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्यसको खर्च विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले वाचा गरे भन्दा ९ महिना पछि सागको खर्च विवरण सार्वजनिक गर्न लागेका हुन् । साग मंसिर १५ देखि २४ गते सम्म […]

November 24, 2020

ओलम्पिक छनोट खेल्ने कराते टोलीलाई खेल सामग्री हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)– पहिलो पटक ओलम्पिकमा समावेश गरिएको करातेको छनोटको तयारीमा रहेको नेपाली कराते टोलीलाई मंगलबार दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतासहित खेलकर्मीले संयुक्त रुपमा खेल सामाग्री हस्तान्तरण गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन, ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जन र आठौं सागका करातेका स्वर्ण पदक विजेता रवि […]

Success

Thank you for your time.