default_image

नेपाल ओलम्पिक कमिटि

October 11, 2022

बोगटीले नवौं राष्ट्रिय खेलकुदको ओलम्पिक फ्लेम प्रज्वलन गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उदघाटनका अवसरमा ओलम्पिक फ्लेम प्रज्वलन गण्डकी प्रदेशका जेष्ठ ओलम्पियन टिकाबहादुर बोगटीले गर्ने भएका छन् । त्यसअघि ओलम्पिक टर्च पाँच सदस्यीय टोलीलगायतले उद्घाटनका अवसरमा पोखरा रंगशालामा परिक्रमा गराउनेछन् । उक्त टोलीमा ओलम्पिक बोगटीसहित गण्डकी प्रदेशका ज्ञानबहादुर बोहोरा, भगवती केसी, सिताराम शाही र राजेन्द्र भण्डारी रहनेछन् । […]

October 11, 2022

प्रदेश १ को हक्की टोलीमा एउटै वडाका १४ खेलाडी

हिमाल खरेल, बिर्तामोड नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ को हक्की खेलको प्रतिनिधित्व गर्ने सिंगो टोलीका अघिकांश खेलाडी एउटै वडाका रहेका छन् ।संयोग कस्तो भने हक्की टोलीका ४ जनाबाहेक सबै खेलाडी झापाको भद्रपुर नगरपालिकाको एउटै वडाका मात्र छन् । पुरुष टोलीका १४ खेलाडी भद्रपुर वडा नम्बर ९ का हुन् । एकजना खेलाडी मेचीनगर १४ र तीनजना […]

October 10, 2022

एथलेटिक्स संघका अध्यक्ष शाह प्रदेश सभामा उम्मेदवार

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले प्रदेश सभा सदस्यको उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका शाहले आइतबार जाजरकोट प्रदेश ‘ख’ बाट उम्मेदवारी दिएका हुन् । यसअघि उनी जाजरकोटबाट संघिय सदस्यका प्रत्यासी थिए । संविधान सभा सदस्य रहेका शाह यसपटक गठबन्धनबाट उम्मेदवार बनेका हुन् । युवा तथा खेलकुद […]

October 10, 2022

राष्ट्रिय खेलकुदको ट्रफी गण्डकी प्रदेशमा सार्वजनिक

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर आयोनास्थल गण्डकी प्रदेश आइपुगेको छ । सहभागी ६ प्रदेशको राजधानी र ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) को मुख्यालय पुर्याएर ट्रफी अर्को साता उद्घाटन हुने नवौं राष्ट्रिय खेलकुदको आयोजक प्रदेशको राजधानी पोखरा ल्याइएको हो । पोखरामा सोमबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले ट्रफी सार्वजनिक गरेका छन् । […]

October 9, 2022

पूर्व खेलाडीदेखि खेल पदाधिकारी चुनावी मैदानमा

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व खेलाडी र खेल पदाधिकारी गरि एक दर्जन मंसिर ४ गते हुने संघिय र प्रदेश सभा सदस्य निर्वाचनमा मैदानमा उत्रेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठदेखि पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी रमेश खरेल संघिय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । […]

September 29, 2022

अन्जनसहित राष्ट्रिय खेलाडीले बागमतीबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– उपाधि जित्ने लक्ष्यसहित बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि बलियो टोली तयार पारिरहेको छ । आफ्ना प्रदेशमा रहेका नेपाली राष्ट्रिय तथा उमेर समूहबाट खेलिसकेका खेलाडी समेट्दै बागमतीले प्रशिक्षण गरिरहेको छ । अन्जन विष्टसहित राष्ट्रिय फुटबल टोली विशाल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सुरजज्यू ठकुरीलगायत सिनियर र जुनियर खेलाडी समेटेर बागमतीले टोली तयार […]

September 29, 2022

जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

जनकपुर (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शनी गरिएको छ । जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शनी गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले ट्रफी सार्वजनिक गरे । ट्रफी सार्वजनिक गरेपछि बोल्दै मुख्यमन्त्री राउतले जानकीको पवित्र भूमिमा […]

September 29, 2022

मेयर बालेनको उपस्थितिमा ट्रफी प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत बिहीबार काठमाडौंको बसन्तपुरमा प्रदर्शनी गरिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत बसन्तपुरमा बिहीबार बिहान च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको उपस्थितिमा बसन्तपुरमा ट्रफी प्रदर्शनी गरिएको हो । ट्रफी अवलोकन गर्दै मेयर बालेनले राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताको […]

September 25, 2022

सशस्त्र प्रहरी बलसँगै ३ ठाँउमा ट्रफी प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरअन्तर्गत आइतबार काठमाडौंको तीन स्थानमा च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा सशस्त्रका महानिरीक्षक राजु आर्यललगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । आइतबार नै स्वयम्भु र बौद्ध स्तुपामा पनि च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको थियो । ओलम्पियन दीपक विष्टको संयोजकत्वमा रहेको […]

September 25, 2022

राई र शेर्पा काँग्रेसको समानुपातिक बन्द सूचीमा

काठमाडौं (हाम्रो खेलकुद)– खेल पदाधिकारी रहि सकेका मोहन राई र कर्मा छिरिङ शेर्पा नेपाल काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकको बन्दसूचीमा परेका छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले निर्वाचनमा आयोजनमा बुझाएको १ सय १० बन्द सूचीमा राई र शेर्पा समेटिएका हुन् । काग्रेसको बन्द सूचीमा राईको नाम ३४ औं र शेर्पाको […]

Success

Thank you for your time.