default_image

नेपाल ओलम्पिक कमिटि

September 24, 2022

विराटनगरमा राष्ट्रिय खेलकुद ट्रफी टुर

विराटनगर (हाम्रो खेलकुद )– राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत शनिबार प्रदेश नं १ को राजधानी विराटनगरमा शनिबार गरिएको छ । विराटनगरस्थित शहिद रंगशालामा प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरेका थिए । राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशमा असोज २८ गते देखि कात्तिक ३ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुदको ट्रफी […]

September 23, 2022

सेना र पुलिसको मुख्यालयमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शनी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत शुक्रबार सहभागी दुई विभागिय टोली नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा शुक्रबार प्रदर्शनीमा राखिएको छ । भद्रकालीस्थित सेनाको मुख्यालयमा सेना प्रमुख प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतको उपस्थिति ट्रफी प्रदर्शन गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राष्ट्रिय खेलकुदको […]

September 22, 2022

नेपालगन्ज म्याराथनलाई एम्सको मान्यता

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो । आठौं संस्करणको केहि साता अघि एम्सको म्यान्यता नेपालगन्ज म्याराथनको रुटले पाएको छ । यसपटक मंसिर २४ गते नेपालगन्ज म्याराथन हुदैछ । ‘हिजो बुधबार राति मात्र […]

September 19, 2022

गौरिका राष्ट्रदीपबाट विभूषणित हुने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा सर्वाधिक पदक जित्ने नेपाली ओलम्पियन पौडीकी गौरिका सिंह राष्ट्रदीपबाट विभूषित हुने भएकी छन् । संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्ने घोषणा गर्दा गौरिका समेटिएकी छिन् । राष्ट्रदीप विभूषण पाउने दुई मध्ये गौरिका एक हुन् । अर्को प्रहरी […]

September 17, 2022

नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर सुदूरपश्चिममा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा यसै महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरको पहिलो दिन सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबार ट्रफी प्रदर्शन गरिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रफी सार्वजनिक गरेका थिए । सो अवसरमा प्रदेशका खेलकुद मन्त्री समेत रहेका गोविन्द बोहेरा, प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दिपक सिंह, प्रदेशका ९ […]

September 17, 2022

अर्थक्वेक मेमोरियल बहुउद्देश्यीय कभर्ड हलको शिलन्यास

काठमाडौं (हाम्रो खेलकुद) – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले अर्थक्वेक मेमोरियल बहुउद्देश्यीय कभर्ड हलको शनिबार शिलन्यास गरेका छन् । एनओसी अध्यक्ष श्रेष्ठले काठमाडौं महानगरपालिका १५ वडास्थित (आवास क्षेत्र) डल्लुको सामुदायिक मार्गमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हलको भूमि पूजा गर्दै शिलन्यास गरेका हुन् । अन्तर्राष्ट्रिय ओलम्पिक […]

September 16, 2022

नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा अर्को महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका छन् । ट्रफी टुर सुरु हुने अघिल्लो दिन प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रफी सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुदको ट्रफी टुर सुदूरपश्चिमाञ्चल प्रदेशबाट शनिबार सुरु हुँदैछ । सहभागी ११ मध्ये एनआएनएबाहेक सबै […]

September 13, 2022

ओलम्पियन विष्टको संयोजकमा ट्रफी टुर कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी टुर कार्यदल गठन गरेको छ । राखेपले दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी पदक विजेता ओलम्पियन दीपक विष्टको संयोजकत्वमा ४ अलग खेलका सफल खेलाडी रहेको कार्यदल गठन गरेको हो । राखेपले ट्रफी सातै प्रदेश र तीन […]

September 3, 2022

राखेप वार्षिकोत्सवमा ४ खेलाडीसहित १६ सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ५९ औं वार्षिकोत्सवका अवसरमा शनिबार ४ खेलाडीसहित १६ जनालाई सम्मान गरेको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा सम्मानित हुने खेलाडीमा सिनियरतर्फ महिलामा पारा तेक्वान्दोकी ओलम्पियन किरण पलेशा गोबद्र्धन र पुरुषमा फुटबलका किरण चेम्जोङ तथा जुनियरको महिलामा टेबल टेनिसकी इभाना थापा र पुरुषमा एथलेटिक्सका […]

September 3, 2022

पलेशा र किरण राखेप वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन र राष्ट्रिय फुटबल टोलीका कप्तान गोलकिपर किरण चेम्जोङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडी सिनियरतर्फ सम्मानित भएका छन् । टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारुले जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडी सम्मान प्राप्त गरेका छन् । गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा […]

Success

Thank you for your time.