default_image

नेपाल ओलम्पिक कमिटि

August 3, 2018

जापानले टोकियो ओलम्पिकसम्म नेपाली खेलाडीलाई सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) –  टोकियो ओलम्पिक (सन् २०२०) आयोजक राष्ट्र जापानले ओलम्पिक अघिसम्म नेपाली खेलाडीहरुलाई सहयोग गर्ने भएको छ । ओलम्पिक अघिसम्म नेपाली खेलाडीलाई सहयोग गर्ने सम्बन्धमा शुक्रबार नेपाल ओलम्पिक कमिटिले ओलम्पिक आयोजक राष्ट्र जापानको फुकुसीमामा अवस्थित तामुरा सिटी र एथलेट सोसाइटीसँग सम्झौता गरेको छ । सम्झौतामा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र एथलेट […]

July 29, 2018

अब ओलम्पियनले आजीवन मासिक भत्ता पाउने

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका खेलाडीले आजीवन भत्ता पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियनलाई आजीवन भत्ता उपलब्ध गराउने जनाउँदै साउनको भत्ता आइतबार वितरण गरेको छ । ८० ओलम्पियनलाई जनही मासिक ३ हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ को टोकियोमा भएको ओलम्पिकमा पहिलो पटक भाग लिएको […]

July 27, 2018

एजिलिटीद्धारा एनओसीलाई स्पोर्टस् किट हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – चिनिया कम्पनी एजिलिटी हेल्थ एन्ड वेलनेस ग्रुपले आसन्न एसियाडमा सहभागिता जनाउने नेपाली टिमलाई स्पोर्टस् किट प्रदान गरेको छ । शुक्रबार सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा आयोजित कार्यक्रममा चिनिया कम्पनी एजिलिटी हेल्थ एन्ड वेलनेस ग्रुपका सिइओ अलफोर्ड चाङले स्पोर्टस् किट नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरे । एजिलिटीले करिव ८० लाख बराबरको […]

July 27, 2018

एसियाडमा नेपालले स्वाक्समा पनि भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद (एसियाड) मा नेपालले स्क्वासमा पनि भाग लिने भएको छ । अब नेपालले एसियाडमा भाग लिने खेल संख्या २९ पुगेको छ । यसअघि नेपालले प्राविधिक कारण देखाउँदै एसियाड भाग नलिने बताएको थियो । तर, पुनः स्क्वासलाई समावेश गरिएको नेपाल ओलम्पिक कमिटि (एनओसी) ले […]

July 25, 2018

एसियाडका लागि फेन्सिङ टोलीले दक्षिण कोरियामा प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदशिक प्रशिक्षणका लागि बिहीबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ । समान ४ पुरुष/महिला खेलाडी र २ प्रशिक्षकसहित १० सदस्यीय टोली सिओल जान लागेको हो । पुरुष खेलाडीमा राजनराज खड्का, शेरसिंह ऐरी, सन्जिप लामा र महेशप्रसाद भट्ट रहेका छन् । महिलामा कमला […]

July 22, 2018

१३ औं सागका २७ खेलको सबै इभेन्ट्स सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– अर्को वर्ष नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसयाली खेलकुद (साग) मा समावेश २७ खेलमा समावेश सबै इभेन्ट्स सार्वजनिक भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै २७ खेलमा समावेश महिला पुरुषका इभेन्ट्को बारेमा जानकारी दिएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार बसेको बैठकले २ […]

July 21, 2018

काउन्सिल प्रतिनिधिबाट दशरथ रंगशालाको निरिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौं आएका विभिन्न राष्ट्रका प्रतिनिधिहरुले शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरिक्षणसमेत गरेका छन् । नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठसहितको प्रतिनिधि टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले स्वागत गरेका थिए । प्रतिनिधि टोलीले दशरथ रंगशालाको […]

July 21, 2018

१३ औं सागमा अब २७ खेल हुने, क्रिकेट र प्याराग्लाइडिङ थपिए

काठमाडौं (हाम्रो खेलकुद)– भौतिक पूर्वाधार निर्माण र पूर्न निर्माणको काम सन्तोषजनक रुपमा अघि बढ्न नसकेको पृष्ठभूमिमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई खेल थप्ने निर्णय भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार बनेसको बैठकले आसन्न सागमा क्रिकेट र प्याराग्लाइडिङ थप्ने निर्णय गरेको हो । अब सागमा खेल संख्या २७ पुगेको छ । […]

June 22, 2018

नेपालगन्जमा ओलम्पिक डे मनाउँदै खेलकुदको चर्चा

नेपालगन्ज (हाम्रो खेलकुद)– खेलकुदलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न सकेमात्र खेलकुद विकास अभियानले गति लिनेमा सरोकारवालाले जोड दिएका छन् ।ओलम्पिक डे मनाउने क्रममा शुक्रवार आयोजित ‘प्रदेश खेलकुदको सम्भावना र हाम्रो दायित्व’ बिषयक अन्तरक्रियामा प्रदेश सभा सदस्य मोहम्मद याकुब अन्सारीले खेलाडीलाई आत्मनिर्भर बनाउने सवालमा प्रदेश सभामा आवाज उठाउने प्रतिबद्धता जनाए । ‘भौतिक पुर्वाधारदेखि खेलाडीको सामाजिक सुरक्षाका सवालमा […]

June 15, 2018

टोकियो ओलम्पिकका लागि नेपालको प्राथमिकतामा ९ खेल

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दुई वर्षपछि जापानमा हुने टोकियो ओलम्पिकमा ९ खेललाई विशेष प्रथामिकतामा राख्दै तयारी सुरु गर्ने बताएको छ । पदकको आशा गरिएका खेललाई विशेष तयारीमा राखिने शुक्रबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । ओलम्पिक सोलिडारिटी कोर्स अन्तर्गत नेपालले जुडो, तेक्वान्दो, बक्सिङ, कराते, आर्चरी, एथलेटिक्स, […]

Success

Thank you for your time.