default_image

एसोसिएसन

August 3, 2018

जापानले टोकियो ओलम्पिकसम्म नेपाली खेलाडीलाई सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) –  टोकियो ओलम्पिक (सन् २०२०) आयोजक राष्ट्र जापानले ओलम्पिक अघिसम्म नेपाली खेलाडीहरुलाई सहयोग गर्ने भएको छ । ओलम्पिक अघिसम्म नेपाली खेलाडीलाई सहयोग गर्ने सम्बन्धमा शुक्रबार नेपाल ओलम्पिक कमिटिले ओलम्पिक आयोजक राष्ट्र जापानको फुकुसीमामा अवस्थित तामुरा सिटी र एथलेट सोसाइटीसँग सम्झौता गरेको छ । सम्झौतामा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र एथलेट […]

August 2, 2018

एसियाडका लागि जुडोले हंगेरीमा विशेष प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली जुडो टिमले हंगेरीमा विशेष प्रशिक्षण गर्ने भएको छ । विशेष प्रशिक्षणका लागि हंगेरी प्रस्थान गर्नुअघि नेपाली टोलीले थाइल्यान्डमा हुने थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागिता जनाउने छ । १० खेलाडी र ४ अफिसियलसहितको नेपाली टोली आजै थाइल्यान्ड प्रस्थान गरेको छ । टोलीलाई […]

August 1, 2018

फुटभली टोली थाइल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटभली टोली एसियन च्याम्पियनसिपका लागि थाइल्यान्ड जाने भएको छ । टिमलाई बुधवार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट बिदाई गरेका छन् । टोली बिहिबार थाइल्यान्ड प्रस्थान गर्नेछन् । नेपाली टोलीको नेतृत्व प्रिया लक्ष्मी कार्कीले गरेकी छन् । व्यवस्थापकमा सृष्टि काफ्ले रहेकी छन् । प्रतियोगितामा खेलाडीहरु […]

August 1, 2018

ट्रायथलन टोली प्रशिक्षणका लागि थाइल्यान्डतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– दुई सातापछि इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयार गर्न नेपाली ट्रायथलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ । अगष्ट ३१ देखि सेप्टेम्बर २ तारिखमा पालेम्वाङमा हुने ट्रायथलनमा नेपालले मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछ । नेपालको खेल भने सेप्टेम्बर २ तारिखमा छ । ३ सय मिटर पौडी, ६।३ […]

August 1, 2018

एसियाडका लागि कराते टोलीको अन्तिम तयारी जापानमा

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा अर्को महिना हुने १८ औं एसियाली खेलकुदको थप तयारीलाई नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ । अगष्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धामा नेपालबाट समान ४ पुरुष/महिला गरी ८ खेलाडीले नेपालको चुनौती पस्कने छन् । पुरुष एकल कातामा पर्शुराम बाँस्तोला, ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय […]

August 1, 2018

नेपालले एसिया रग्वी सेभेन्स खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्वी टिमले एसिया रग्वी सेभेन्स् ट्रफीमा प्रतिस्पर्धा गर्ने भएको छ । सिंगपुरमा यही अगस्ट ४ र ५ तारिखमा हुने एसिया रग्वी सेभेन्स् ट्रफीका लागि नेपाली टोली बिहिबार प्रतियोगिता स्थल सिंगापुर प्रस्थान गर्ने नेपाल रग्वी संघका अध्यक्ष टंकला घिसिङले जानकारी गराए । १२ खेलाडी सहित १५ सदस्यीय टोलीलाई बुधबारै संघले एक […]

August 1, 2018

एसियाड भारोत्तोलन टोली प्रशिक्षणका लागि थाइल्यान्डतर्फ

 काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ । एसियाडअन्तर्गतग भारोत्तोलनतर्फ पुरुषमा ८ र महिलामा ७ गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले भने पुरुष/महिलमा समान २–२ गरी ४ स्पर्धामा सहभागिता जनाउने छ । पुरुषमा कमलबहादुर अधिकारीले ६९ केजी तथा […]

July 29, 2018

राजवंशी र सिलवाललाई खेलकुद पत्रकारिता सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी र नेपाल टेलिभिजनका राजु सिलावलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट सम्मान गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले बीबीसी नेपाली सेवाका पत्रकार राजवंशी र नेपाल टेलिभिजनका पत्रकार सिलवाललाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । पत्रकारिता […]

July 29, 2018

अब ओलम्पियनले आजीवन मासिक भत्ता पाउने

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका खेलाडीले आजीवन भत्ता पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियनलाई आजीवन भत्ता उपलब्ध गराउने जनाउँदै साउनको भत्ता आइतबार वितरण गरेको छ । ८० ओलम्पियनलाई जनही मासिक ३ हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ को टोकियोमा भएको ओलम्पिकमा पहिलो पटक भाग लिएको […]

July 28, 2018

अन्नपूर्ण ब्याडमिन्टनमा दिपेश र साजाद च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका दिपेश धामी पुरुष एकलतर्फ र पाकिस्तानकी साजाद माहुर महिला एकलतर्फ अन्नपुर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा शनिबार भएको खेलमा पुरुष एकलतर्फको फाइनलमा एपिएफका दिपेशले सिल्कका प्रिन्स दाहाललाई २१–११ र २१–१० को सोझो सेटमा पराजित गरे । बंगलादेशका मोहम्मद सलमान […]

Success

Thank you for your time.