default_image

एसोसिएसन

March 16, 2023

सदस्य–सचिव घिसिङ र पदाधिकारीबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघका पदाधिकारीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बिहीबार भेट गरेका छन् । भेटका अवसरमा कर्मचारी संघका पदाधिकारीले सदस्य–सचिव घिसिङलाई कर्मचारीको बढुवा, कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधालगायतका विषयमा जानकारी गराएका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले कर्मचारी संघले राखेका विषयवस्तु कार्यन्वयन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका […]

March 7, 2023

एसियन क्रस कन्ट्री – नेपालले २ स्वर्णसहित जित्यो ८ पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १६ औं एसियाली क्रस कन्ट्रीमा २ स्वर्ण, ४ रजत र २ कास्य पदक जित्दै ए‍ेतिहासिक प्रदर्शन गरेको छ । नेपाल एथ्लेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको प्रतियोगितामा मंगलबार नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको छ । सिनियर पुरुषमा नेपालले कास्य पदक पनि जितेको छ । त्यस्तै […]

March 7, 2023

एसियन क्रस कन्ट्रीमा दीपकले जिते एतिहासिक स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका दीपक अधिकारीले १६ औं एसियन क्रस कन्ट्रीको सिनियर पुरुष १० किलोमिटर एतिहासिक स्वणर् पदक जितेका छन् । एसियाली स्तरको यो प्रतियोगितामा नेपालले सिनियरमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । १३ औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता दीपकले ३३ मिनेट ५२.०१ सेकेन्डमा […]

March 7, 2023

एसियन क्रस कन्ट्री -राजपुरालाई रजत

काठमाडौं (हाम्रो खेलकुद)- १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले सिनियर महिलामा पनि २ रजत पदक जितेको छ । यसअघि नेपालले जुनियर महिलामा २ रजत र जुनियर पुरुषमा १ कास्य पदक जितेको थियो । सिनियर महिला १० किमी दौडमा नेपालका लागि राजपुरा पछाईले रजत पदक जितेकी छिन् । त्यसको टिम इभेन्टमा पनि नेपालले रजत पदक […]

March 7, 2023

एसियन क्रस कन्ट्री – नेपालले जुनियर पुरुष टिममा कास्य जित्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियन क्रस कन्ट्री च्याम्पियनसिपको जुनियर पुरुष (यू २०) ८ किलोमिटर दौडमा कास्य पदक जितेको छ । भारतले स्वर्ण र इरानले रजत पदक जितेको त्यो इभेन्ट्मा नेपालले कास्य पदक जितेको हो । शेरबहादुर अधिकारी, सञ्जय दमाई र विकेश घिमिरेले १ घन्टा ३१ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेको […]

March 7, 2023

एसियन क्रस कन्ट्री – महिला जुनियरमा नेपाललाई २ रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा जुनियर महिला ६ किलोमिटर दौडमा दुई रजत पदक जितेको छ । गोकणर् गल्फ रिसोर्टमा मंगलबार भएको प्रतिस्पर्धामा नेपालकी राम माया बुढाले फोटो फिनिसमा पछि पर्दै रजत पदक प्राप्त गरिन् । राममाया र भारतकी श्रुती श्रीधर रेडाकर दुवैले २४ मिनेट १५ सेकेन्डमा दूरी तय गरेपछि फोटो फिनिसमा […]

March 6, 2023

एसियन क्रस कन्ट्री- ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन एथलेटिक्स एसोसिएसनको कार्यक्रम अनुसार नेपाल एथलेटिक्स संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालसहित ११ देशका खेलाडीले ४ विधाको व्यक्तिगत र समूहगत प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने संघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । गोकर्ण गल्फ क्लबमा हुने च्याम्पियनसिपमा नेपालसहित […]

March 5, 2023

विश्व जुनियर कबड्डी– नेपाललाई एतिहासिक पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले इरानमा दोस्रो विश्व जुनियर कबड्डी च्याम्पियनसिपमा कास्य पदक जितेको छ । विश्व जुनियर कबड्डीमा नेपालले पहिलो पटक पदक जित्दै इतिहास रचेको छ । नेपालसँगै सेमिफाइनल पुगेको पाकिस्तानले पनि संयुक्त रुपमा कास्य पदक जितेको छ । क्वार्टरफाइनलमा इराकमाथि ६४–६३ को रोमाञ्चक जित निकाल्दै नेपाल अन्तिम चारमा पुगेको थियो । सेमिफाइनलमा भने शुक्रबार […]

March 4, 2023

स्पोर्टस लिडर्स समिट- नौं बुदे घोषणा पत्र जारी

काठमाडौं (हाम्रो खेलकुद)– नौं बुँदे घोषणा पत्र जारी गर्दै स्पोर्टस् लिडर्स समिट शनिबार सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको दुई दिने स्पोर्टस लिडर्स समिटमा खेलकुदसँग सम्बन्धित सय भन्दा बढीको सहभागिता रहेको थियो । दोस्रो दिन शनिबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को गठनयताको खेलकुदको विकास क्रमसहित अहिलेको […]

March 4, 2023

एसियन क्रस कन्ट्रीमा भाग लिने खेलाडी आउन थाले

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा भाग लिन विदेशी खेलाडी आउने क्रम सुरु भएको छ । जापानका २ खेलाडी युआ सारुमिडा र डाइची कामिनोसहित ४ सदस्यीय टोली शनिबार काठमाडौं आइपुगेका छन् । सारुमिडाले सिनियर महिला १० र कामिनोले सिनियर पुरुष १० किलोमिटरमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल एथलेटिक्स संघका […]

Success

Thank you for your time.