default_image

एसोसिएसन

September 19, 2020

सदस्य सचिवले मानपदवी पाउँदा सागका पदक विजेतालाई बेवास्ता

प्रकाश तिमल्सिना, काठमाडौं गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल संविधान दिवसका अवसरमा मान पदवी प्राप्त गर्ने सुचीमा समावेश गरिएका छन् । संविधान दिवसका दिन राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिन्छ । शनिबार घोषित […]

September 17, 2020

राखेपको विभिन्न विभागमा जिम्मेवारी फेरबदल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । राखेपले भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी फेरबदल गरिएको जनाएको छ । आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ । सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि पनि […]

September 10, 2020

ह्यान्डबलको ११९ जनाको कोरोना बिमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरि १ सय १९ जनाको कोरोना विमा गरेको छ । विश्वमा महामारीको रुपमा कोरोना फैलिए सँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना विमा गराएको हो । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना […]

September 9, 2020

पर्वतीय खेलकुदको कार्यविधि तयार

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश पर्वतीय खेलकुद महासंघको कार्यसमिति बैठकले बार्षिक कार्य योजना तयार पारेको छ । भर्चुअलमार्फत बसेको बैठकले बार्षिक कार्ययोजना पारित गरेको हो । बैठकले गत आर्थिक वर्षको कार्यक्रमको समिक्षा, आर्थिक प्रतिबेदन तथा सदस्य संघहरुको गतिविधि सम्बन्धि प्रस्ताव पारित गर्दै नयाँ ऐन अनुसार नेटवर्कको नाम परिवर्तन गरि ‘बागमती प्रदेश पर्वतीय खेलकुद महासंघ’ […]

September 8, 2020

टेबलटेनिस खेलाडीको कोरोना बिमा गरिने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरुको कोरोना बिमा गरिदिने निर्णय गरेको छ । संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले पुरुष/महिलामा शीर्ष १६ वरीयतामा रहेका खेलाडीको बिमा गर्न लागिएको जानकारी गराए । शीर्ष १६ खेलाडीमा पुरुषतर्फ स्यान्टु श्रेष्ठ, प्रदिप रोक्का, शिवसुन्दर गोथे, विलोस श्रेष्ठ, मनि कुमार लामा, कृष्ण थापामगर, सुनिल महर्जन, एलेक्स […]

September 6, 2020

कांग्रेस खेलकुद विभागद्वारा १८ जनाको कोरोना बीमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली कांग्रेसको खेलकुद विभागले ओलम्पिक छनोटको तयारीमा रहेका प्रशिक्षक र तीनका प्रशिक्षकको कोरोना बीमा गरिदिएको छ । जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको छनोट खेल्नेको तयारीमा रहेका खेलाडीको मनोबल उच्च बनाइराख्न यो कठिन अवस्थामा उनीहरुको कोराना बीमा गरेको विभागका सचिव मीनकृष्ण महर्जनले बताए । यो वर्ष आयोजना हुनुपर्ने टोकियो ओलम्पिक कोरोना भाइरस […]

September 6, 2020

खेलाडी संघले केसीको अवस्था बुझ्यो

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेका नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीको अवस्था बुझ्नका लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पदाधिकारी आइतबार उनको घर पुगेका छन् । संघका अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्ट केसीको घर पुगेका थिए । सामाजिक दुरी राख्दै उनीहरुले केसीको अवस्था जानकारी लिएका थिए […]

September 5, 2020

एनओसीले सबै ओलम्पियनको कोरोना बीमा गरिदिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सबै ओलम्पियन खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । एनओसीको शनिबार बसेको भर्चुअल बैठकले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सबै खेलाडीको बीमा गरिदिने निर्णय गरेको हो । यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिसनका सदस्य तथा सबै […]

September 5, 2020

महासचिव श्रेष्ठसहित एनओसीका चारै जना कोरोनामुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठसहित एनओसीका ४ जना कोराना भाइरस कोभिड–१९ संक्रमणमुक्त भएका छन् । एनओसीको शनिबार बसेको भर्चुअल बैठकमा महासचिव श्रेष्ठ र ३ जना कर्मचारी कोरोना मुक्त भएको जानकारी गराइएको थियो । साउन तेस्रो साता नै एनओसीका २ कर्मचारीलाई कोरोना संक्रमणको पुष्टी भएको थियो । अर्को पटकको […]

September 5, 2020

शरदचन्द्र शाह – नेपाली खेलकुदका पथ प्रदर्शक

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको अविभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६ दशक भन्दा लामो इतिहासको सबै भन्दा आकर्षक र कार्यकारी पद त्यसको सदस्य सचिव नै हो । यो अवधिमा २० भन्दा बढी राखेप सदस्य सदस्य सचिव बनिसकेका छन् । सदस्य सचिव मध्ये अहिले पनि सबैभन्दा बढी सफल कसैलाई मानिन्छ भने ती हुन्, स्वर्गिय […]

Success

Thank you for your time.