default_image

एथ्लेटिक्स

December 11, 2023

भूतपूर्व खेलाडी मन्च सफल पोखरा म्याराथनको तयारीमा जुट्यो

विजय नेपाली,पोखरा नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ । मन्चले म्याराथनका लागि विभिन्न उपसमितिहरु गठन गर्दै तयारीमा जुटेको हो । हरेक वर्षको फागुन महिनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणको आयोजनाका लागि वैदेशिक समन्वयसहित विभिन्न उपसमितिसँगै शुक्रबार मञ्चले वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जनाएको छ । मञ्चले सोमबार बैठक […]

December 7, 2023

ठकुरी मास पार्टिसिपेसन वल्र्ड कन्फ्रेन्समा सहभागी

काठमाडौं (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भियतनाममा भएको मास पार्टिसिपेसन वल्र्ड कन्फ्रेन्समा भाग लिएका छन् । भियतनामको होचिमन्ह सहरमा बिहीबार सुरु भएको तीन दिने कन्फ्रेन्समा नेपालबाट पहिलो पटक नेपालगन्ज म्याराथनलाई निम्ता प्राप्त भएको ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार सिकागो म्याराथनका सिइओ, वल्र्ड एथलेटिक्सको मास पार्टिसिपेसनका प्रमुखसहित कन्फ्रेन्समा विभिन्न देशका म्यारााथन आयोजक […]

December 3, 2023

नेपालकी रशिला एसिया ट्रेल मास्टरमा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अल्ट्रा धाविका रशिला तामाङ इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को च्याम्पियन बनेकी छिन् । शनिबार भएको स्पर्धामा नेपालकी रशिला महिला ७७ किलोमिटर सेन्ट्रल जाभा इन्डोनेसिया सिक्सोरोगो लाउ अल्ट्रा दौडमा च्याम्पियन बनेकी हुन् । उनले निर्धारित ७७ किमि दुरी १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गरिन् । च्याम्पियन […]

November 25, 2023

गोपी र सन्तोषीलाई नेपालगन्ज म्याराथनको उपाधि

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले नवौं धारा नेपालगन्ज म्याराथनमा क्रमश: पुरुष म्याराथन र महिला हाफ म्याराथनतर्फ उपाधि जितेका छन् । नेपाल एपीएफ क्लबका गोपीले दोस्रो पटक म्याराथन जित्दा विभागमा आवद्ध नभएकी सन्तोषी तेस्रो पटक च्याम्पियन बनेकी हुन् । शनिबार भएको म्याराथनमा गोपीले आर्मीका खडक बहादुर खड्कालाई पछी पार्दै […]

November 23, 2023

धारा नेपालगन्ज म्याराथन – कोर्स रेकर्ड गरे लण्डन म्याराथनमा मौका पाउने

नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगन्ज म्याराथनमा रेकर्ड बनाउने धावकले लण्डन म्याराथनमा सहभागी हुन पाउने भएका छन् । नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपालगञ्ज म्याराथनको‌ कोर्स रेकर्ड ब्रेक गर्ने धावकलाई लण्डन म्याराथनमा सहभागी गराइने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। गतवर्ष एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता पाएको नेपालगञ्ज म्याराथनमा‌ […]

November 22, 2023

धारा नेपालगन्ज म्याराथनको विजेतालाई २ लाख

नेपालगन्ज (हाम्रो खेलकुद) – यसै साता आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनमा यो बर्ष नगद पुरस्कार बृद्धि गरिएको छ । म्याराथनको विजेताले २ लाख रुपैय पाउने आयोजक नेपालगन्ज म्याराथनले बुधबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । गत वर्षका विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए । त्यसैगरी दोस्रो स्थान हासिल गर्नेले १ लाख, […]

November 12, 2023

मिस नेपाल श्रृच्छा नेपालगन्ज म्याराथनअघिको कन्क्लेभमा सहभागी हुने

नेपालगन्ज (हाम्रो खेलकुद) – मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान अर्को महिना हुने नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुने भएकी छिन् । नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउने र नेपालगन्ज कन्क्लेभ २०२३ मा वक्ताका रुपमा उनी सहभागी हुन लागेको आयोजक क्रियटिभ ह्याण्डस्ले जनाएको छ । व्यक्तिगत रुपमा यो उनको पहिलो नेपालगन्ज भ्रमण हुने बताइएको छ । म्याराथनकोको […]

November 5, 2023

मलेसिया माउन्टेन ट्रेल रेसमा रशिला दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अल्ट्रा धाविका रशिला तामाङ मलेसियामा भएको दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो हुन सफल भएकी छिन् । मलेसियामा भएको ट्रेल फेस्टिबलमा उनले निर्धारित ५० किलोमिटर दुरी ७ घन्टा २७ मिनेट १८ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी हुन् । यस विधामा बेल्जियमकी अरो डेसिएरले पहिलो […]

November 2, 2023

धारा नेपालगन्ज म्याराथनको तयारी तीव्र, कनक्लेभ पनि हुने

नेपालगन्ज (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । यो बर्ष मंसिर ९ गते आयोजना हुने म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको दिएको छ । साथै केही सरप्राइज प्याकेज पनि रहने म्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै जानकारी […]

October 29, 2023

कन्यास्थानलाई कुपा कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कन्यास्थान युवा क्लब पुरानोपानी नुवाकोटले तेस्रो कुपा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ । आइतबार भएको फाइनलमा विद्यार्थी उपकार सघ पात्लेलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । धादिङको निलकन्ठ नगरपालिका – १४ धुवाकोटस्थित कुपा खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट निर्धारित […]

Success

Thank you for your time.