default_image

सुबास हुमागाईंका लेखहरु

September 16, 2021

अन्धकार र आर्थिक अभावमा ऋण लिएर एसियन च्याम्पियनसिप खेल्दै

सुबास हुमागाईं, काठमाडौं अन्धकार र आर्थिक अभावका बीच नेपाली राष्ट्रिय टेबल टेनिस टोली यसै महिना कतारमा हुने एसियन च्याम्पियनसिपको तयारीमा जुटेको छ । प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा छनोट भएका खेलाडी प्रशिक्षणमा भन्दा पनि सहभागिता जनाउनका लागि आर्थिक स्रोतको जोहो गर्नबारे चिन्तित छन् । त्यसो त टोलीले प्रशिक्षण गर्न पाएको स्थानले नै टोलीको मनोबल कस्तो […]

September 9, 2021

नेपालले उतारेको ‘१२ औं’ खेलाडी पुनम, जो करिअरकै दोसाँधमा छिन्

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोलीले विहीबार दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको डेब्यू गर्यो । बंगलादेशविरुद्ध खेलमा नेपाली टोलीको लाइनअप मैदान प्रवेश गर्ने क्रममा १२ खेलाडी मैदान छिरे । राष्ट्रिय गान सकिएसँगै डिफेन्डर पुनम जर्घा मगर लाइनअपबाट अलग्गिएर पुन: बेन्च फर्किइन् । पछिल्लो समय राष्ट्रिय टोलीको डिफेन्समा लगातार खेल्दै आएकी पुनम गल्तीले लाइनअपमा गएकी […]

September 8, 2021

पहिलो विदेशी प्रशिक्षकसँगै महिला टोलीको दशरथ रंगशालामा डेब्यू

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफाको मान्यता प्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विहीबार बंगलादेशको सामना गर्दा दशरथ रंगशालामा पहिलो पटक खेल्दै हुनेछ । यसअघि उमेर समूहको राष्ट्रिय टोलीले रंगशालामा खेलिसकेपनि सिनियर टोलीले भने खेल्न पाएको थिएन । सन् २०१६ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमार्फत महिला टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो । साफ महिला […]

September 6, 2021

डेब्युको ‘विशाल’ प्रतिक्षा

सुबास हुमागाईं, काठमाडौं बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्सले सन् २०११ मा नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटमा पूर्वी टिमोरको सामना गर्दा २३ सदस्यीय अन्तिम टोलीमा ४ गोलरक्षक समावेश गरे । अन्तिम टोलीमा ४ गोलरक्षक समावेश गर्नु निकै दुर्लभ अवसर थियो । प्रशिक्षक रोबर्ट्सलाई यो निर्णय लिन बाध्य बनाएका थिए युवा गोलरक्षक विशाल श्रेष्ठले । घरेलु फुटबलमा मनाङ […]

July 30, 2021

एन्फाको बाहिर नै सिमित रहेको ‘इन्द्रेणी’

सुबास हुमागाईं, काठमाडौं ‘आफ्टर एभ्री स्टर्म दिएर इज अ रेन्बो’ अर्थात हरेक आँधीबेहरीपछि इन्द्रेणी आउँछ । इन्द्रेणी अर्थात आशा, केहि कठिन समयपछि केहि राम्रो हुन्छ भन्ने संकेत । निकै कठिन परिस्थितिमा जुझिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा शुक्रबार इन्द्रेणी त देखियो, तर त्यसको सांकेतिक नतिजा एन्फाभित्र चलेको बैठकमा भने देखिएन । एन्फाभित्र शुक्रबार प्रशिक्षक अब्दुल्लाह […]

July 25, 2021

फुटबल खेलभित्रै एन्फा राजनीतिको बाछिट्टा

सुबास हुमागाईं, काठमाडौं राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक संजालमार्फत आइतबार राजीनामा दिने घोषणा गरेसँगै नेपाली फुटबल वृत आश्चर्यमा पर्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावको दिन नजीकिंदै जाँदा राजीनामाको क्रम एन्फाको लागि नयाँ थिएन । तर पदाधिकारीको जिम्मेवारीबाट सुरु भएको यो सुचिमा प्रशिक्षककै नाम आउला भन्ने सायदै कसैले सोचेको थियो । एन्फा पदाधिकारीबीच […]

July 16, 2021

नेपालको ओलम्पिक यात्रामा पदाधिकारीको जात्रा

सुबास हुमागाईं, काठमाडौं ओलम्पिकमा सफलता हरेक खेलाडीको लागि आफ्नो करिअरको उच्च विन्दुमा पुगेको पुष्टि गर्ने विश्वभर मान्यता प्राप्त माध्यम हो । व्यक्तिगत सफलतासँगै विश्वभर राष्ट्रको पहिचान बनाउन महाकुम्भमा सहभागी हुने हरेक खेलाडीको सपना हुन्छ । नेपालको हकमा भने हालसम्म ओलम्पिक यात्रा सहभागितामा नै सिमित भइरहेको छ । हामी सहभागितासँगै सफलताको स्वाद कहिले चाख्न पाउँछौं भन्न सकिने […]

May 21, 2021

यसपटक नरोकियोस् फुटबलमा परिवर्तन

सुबास हुमागाईं, काठमाडौं प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसै साता विश्वकप छनोट र इराकविरुद्ध मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दा सामाजिक संजालमा आश्चर्य मान्ने संख्या धेरै थियो । प्रारम्भिक छनोटमा नै केहि चर्चित नामलाई विश्राम दिएका उनले समग्रमा पछिल्लो टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरे । डेढ महिनाअघि पहिलो पटक सार्वजनिक रुपमा बोल्दा […]

May 18, 2021

राष्ट्रिय टोलीका ६ नयाँ अनुहार

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीको इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका बाँकी ३ खेलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पछिल्लो महिना थ्री नेसन्स कप जितेको टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरे । बन्द प्रशिक्षणमा ३२ खेलाडी बोलाउने क्रममा नै राष्ट्रिय टोलीको ८ खेलाडीलाई बाहिर राखेका […]

April 29, 2021

विदेशी खेलाडीको प्रभाव खोज्दै एनएसएल

सुबास हुमागाईं, काठमाडौं नेपाली खेलकुदमा क्रिकेटबाट भित्रिएको फ्रेन्चाइज शैलीको प्रतियोगिता अहिले फुटबलमा चलिरहेको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा जारी लिगको दोस्रो चरणको खेल सम्पन्न भए । दुई वर्षअघि प्रतियोगिता घोषणा हुने बेलामा नै लिगले नेपाली फुटबल विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने महत्त्वाकांक्षी लक्ष्य राखेको थियो […]

Success

Thank you for your time.