default_image

सुबास हुमागाईंका लेखहरु

April 18, 2021

नेपाली समर्थकसामु ध्यान गुमाएका शतकधारी

सुबास हुमागाईं, काठमाडौं ओपनर म्याक्स ओडाउडले आइतबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सको क्रिकेट इतिहासमा आफ्नो नाम दर्ता गरे । मलेसियाविरुद्ध आक्रामक ब्याटिङको उम्दा नमुना प्रस्तुत गर्दै उनले डच क्रिकेटका लागि अन्तर्राष्ट्रिय टि२० मा पहिलो शतक बनाए । मलेसियाविरुद्ध सुरुवातमा केहि संयमित देखिएका म्याक्सले अन्त्यतिर भने आक्रामक ब्याटिङ गर्दै विश्व क्रिकेटकै उत्कृष्ट मध्यको एक इनिङ खेले […]

April 13, 2021

१९ वर्षीय स्यान्सु राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा!

सुबास हुमागाईं, काठमाडौं कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप छनोट अन्तर्गत नेपालको बाँकी रहेका तीन खेललाई लक्षित गर्दै ३२ सदस्यीय टोली घोषणा गरेका छन् । घोषणा भएको टोलीमा ४ नयाँ अनुहार समेटिएका छन् । प्रशिक्षक अलमुताइरीले कतारमा रहँदै आएका १९ वर्षीय मिडफिल्डर स्यान्सु भुषाललाई पनि टोलीमा समेटेका छन् । कतारको अल वाक्रा क्लबको यू-२३ टोलीमा खेल्दै आएका […]

April 8, 2021

त्यो आँसुपछिको यो हाँसो

सुबास हुमागाईं, काठमाडौं पछिल्लो पटक रंगशालामा भएको फाइनलमा आँखाभरी आँसु बोकेर स्ट्रेचरमा मैदान छाडेकी प्रतिभा मालीको बिहीबार फाइनल सकिँदा पनि आँखा ओभानो रहेन । दुखपछिको खुसीको थप महत्त्व हुने भएकोले नै होला अन्य खेलाडीभन्दा स्पाइकर प्रतिभालाई न्यु डायमन्ड लिग च्याम्पियन बन्दाको क्षण केहि विशेष थियो । गत वर्ष माघमा न्यु डायमन्ड विरुद्ध एपिएफको फाइनल, प्रतिस्पर्धात्मक खेलमा […]

April 6, 2021

एएफसी कप छनोट : आर्मीका खेलाडीमा कोरोना संक्रमण

सुबास हुमागाईं, काठमाडौं एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफ चरणको खेल खेल्ने तयारीमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडीमा कोरोना संक्रमण देखिएको छ । श्रीलंका पुलिस स्पोर्टस् क्लबसँगको खेलको पूर्व सन्ध्यामा मंगलबार साँझ आर्मी टोलीले दशरथ रंगशालामा प्रशिक्षण गर्दा ४ खेलाडी अनुपस्थित थिए । स्रोतका अनुसार खेलको अघिल्लो दिन गरिएको कोरोना परिक्षणमा चार खेलाडी र […]

April 4, 2021

को हुन् नयाँ प्रशिक्षक अलमुताइरी?

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । आफ्नो प्रशिक्षण करिअरमा पहिलो पटक सिनियर टोलीको प्रशिक्षक सम्हालिरहेका ३९ वर्षीय अलमुताइरीले पहिलो पटक सार्वजनिक रुपमा बोल्दै राष्ट्रिय टोलीमा प्रचुर सम्भावना रहेको अभिव्यक्ति दिए । खेलाडीका रुपमा गोलरक्षक रहेका अलमुताइरीले लामो समय खेल्न […]

March 20, 2021

फुटबलमा अक्सनको तरंग : केहि निराश, केहि दंग

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनका लागि शुक्रबार काठमाडौंमा खेलाडी अक्सन सम्पन्न भयो । राष्ट्रिय स्तरको फुटबलमा पहिलोपटक गरिएको अक्सनले लिगको माहोल परिवर्तन पक्कै गरेको छ । अक्सनमा केहि खेलाडी अपेक्षा गरेभन्दा महँगोमा विक्री भए त केहि ठूला नाम बिकेनन् । विश्वकै सर्वाधिक चर्चामा रहने क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को […]

March 7, 2021

डायमन्ड गर्ल कृपाको आर्मी अध्याय

सुबास हुमागाईं, काठमाडौं भलिबलमा कृपा अधिकारीको नाम लिँदा न्यु डायमन्डसँगको उनको नाता स्वतः जोडिएर आउँछ । १२ वर्षसम्म न्यु डायमन्डको जर्सीमा खेलेकी कृपाले तीन वर्षअघि अकस्मात क्लबबाट भौतिक नाता भने तोड्नुपर्यो । नेपालगन्जमै भएको प्रधानमन्त्री कपमा न्यु डायमन्डको जर्सीमा अन्तिम पटक उत्रेकी उनै कृपा तीन वर्षपछि सोहि प्रतियोगिताको सातौं संस्करणमा आइतबार पूर्व टोलीविरुद्ध पहिलो पटक खेल्ने […]

January 19, 2021

टियुमा उम्लिएर मुलपानीमा पोखिएको क्यानको ‘व्यावसायिकता’

सुबास हुमागाईं, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले लगाएको निलम्बन झन्डै ४ वर्षपछि फुकुवा गर्यो । आइसीसीले क्यानको नयाँ कार्यसमितिमाथि पूर्ण भर गर्न नसकेरै होला गत वर्ष यो निर्णय लिँदा ‘ससर्त’ भन्ने शब्द निलम्बनको अगाडी टासो लगायो । कारण, क्यानमा पुरानै व्यक्तिको हावी भएकाले त्यहि प्रवृत्ति मौलाउने डर । निलम्बन फुकुवापछि […]

December 21, 2020

विमलको चोटबाट नेपाली खेलकुदले सिक्नुपर्ने पाठ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर गत शुक्रबार राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा अभ्यास खेलमा घाइते हुन पुगे । एक वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका विमलको घुँडामा गम्भीर चोट लागेपछि शल्यक्रिया गर्नुपर्ने भएको छ । स्विडिस प्रशिक्षक योहान कालिनले राजिनामा दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक प्रशिक्षकको भूमिकामा बालगोपाल महर्जनलाई राष्ट्रिय […]

December 20, 2020

विमललाई गम्भीर चोट, झन्डै एक वर्ष मैदानबाहिर

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान ठूलो चोट बोकेका छन् । गत साता सुरु भएको प्रशिक्षणबाट झन्डै १ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका विमलको घुँडामा चोट लागेको हो । फाइल तस्बिर शुक्रबार विहान प्रशिक्षणमा अभ्यास म्याचका दौरान ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको थियो । शुक्रबार दिउँसो नै मेडिकल […]

Success

Thank you for your time.