default_image

breaking big news

November 24, 2018

च्यारिटी खेलमा जोन्टी ११ ले पारस ११ लाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं मुम्बई इन्डियन्सका पूर्व प्रशिक्षक जोन्टी रोड्सको कप्तानीमा रहेको जोन्टी ११ ले शनिबार टीयू मैदानमा भएको च्यारिटी खेलमा पारस ११ लाई १ विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको पारस ११ ले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनको योगफल खडा गरेको थियो । […]

November 24, 2018

कर्णको दुई गोलमा शेर्पा विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कर्ण लिम्बुको दुई गोल मद्दतमा हिमालयन शेर्पा क्लबले ग्रान्डमास्टर जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको छ । हल्चोकस्थित एपिएफ क्लबको खेल मैदानमा शनिबार भएको खेलमा कर्णले दुवै गोल दोस्रो हाफमा गरेका थिए । जावलाखेलले एकमात्र गोल उपहारस्वरुप पायो । खेलमा शेर्पाका आशिष गुरुङले आत्मघाती गोल गरे । जितसँगै अपराजित रहेको […]

November 24, 2018

भूमिराज नेपालगन्ज म्याराथन च्याम्पियन, कान्छिलाई हाफ म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)– चौथो नेपालगन्ज म्याराथन नेपाल पुलिसका भूमिराज राईले जितेका छन् । नेपाल एपिएफ क्लबकी कान्छिमाया कोजुले दोस्रो पटक हाफ म्याराथनको उपाधि जितेकी छन् । क्रियटिभ ह्यान्ड्सको आयोजनामा शनिबार भएको म्याराथनमा २ घन्टा ३३ मिनेट २० सेकेन्डमा निर्धारित दुरी (४२ .१९५ किलोमिटर) पुरा गर्दै भूमिराज च्याम्पियन बनेका हुन् । उनको यो पहिलो सहभागिता हो […]

November 24, 2018

सरस्वतीको पहिलो जित, फ्रेन्ड्स ३–० ले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । हल्चोकस्थित एपिएफ क्लबको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा सरस्वतीले एनआइविएल फ्रेन्डस् क्लबलाई ३–० ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । सरस्वतीको जितमा तीन विदेशी खेलाडी भिक्टर, फ्रान्सिस र इब्राहिमले गोल गरे । पहिलो […]

November 24, 2018

अंकको खाता खोल्ने पुछारका तीन टोलीको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – अंक तालिकाको पुछारमा रहेका तीन टोली आज पल्सर सहिद स्मारक लिग अन्तर्गत पहिलो अंकको खोजीमा हुनेछन् । शनिबार लिग अन्तर्गत दुवै खेल हल्चोकस्थित एपीएफ रंगशालामा संचालन हुनेछ । पहिलो खेलमा फ्रेन्ड्स क्लबले सरस्वती युवा क्लबको सामना गर्नेछ । पहिलो खेलमा थ्री स्टारसँग २-१ ले पराजित फ्रेन्ड्स दोस्रो खेलमा एपीएफसँग १-० ले […]

November 23, 2018

आर्मीले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले निर्णायक गोल गरे । आर्मीले पहिलो हाफमा मिडफिल्डर टेकबहादुर बुढाथोकीको गोलमा अग्रता लिएको थियो । ३१ औं मिनेटमा टंक बस्नेतले दायाँ विङ्सबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रभित्र रहेका […]

November 23, 2018

पुलिस विरुद्ध आर्मी (लाइभ)

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा जित हात पारे विजयी टोलीले अंक तालिकाको शीर्ष ३ मा स्थान बनाउनेछ । सुरुवाती ११ : आर्मी : विकेश कुथु (गोलरक्षक), विकास खवास, जितेन्द्र कार्की, विकास तामाङ, सुमन […]

November 23, 2018

एपीएफलाई हराउँदै ब्रिगेड ब्वाइजको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लबले पल्सर ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । एक गोलले पछाडी पारेको अवस्थालाई उल्टाउँदै ब्रिगेड ब्वाइजले विभागीय टोली एपीएफलाई ३-१ ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले पहिलो हाफमा उल्लेख्य मुभ बनाउन सकेनन् । २७ औं […]

November 23, 2018

एपीएफ विरुद्ध ब्रिगेड ब्वाइज (लाइभ)

एपीएफ विरुद्ध ब्रिगेड ब्वाइज प्रत्यक्ष प्रसारण अंकविहिन रहेको ब्रिगेड ब्वाइजले एपीएफको सामना गर्दैछ । पहिलो खेलमा मनाङसँग ३-१ ले पराजित ब्रिगेड ब्वाइज दोस्रो खेलमा थ्री स्टारसँग ५-१ ले पराजित भएको थियो । अंक तालिकाको पुछारमा रहेको ब्रिगेड ब्वाइज अंकको खाता खोल्ने सुरमा हुनेछ । यता एपीएफ पहिलो खेलमा हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो […]

November 23, 2018

विभागीय डर्बीमा आर्मी र पुलिस खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन् । बिहीबार थ्री स्टारलाई पराजित गरेसँगै मनाङले लिगको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा अंकविहिन रहेको ब्रिगेड ब्वाइजले एपीएफको सामना गर्नेछ । पहिलो खेलमा मनाङसँग ३-१ ले पराजित ब्रिगेड ब्वाइज दोस्रो खेलमा थ्री […]

Success

Thank you for your time.