default_image

breaking big news

October 21, 2018

सेभिल्लालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । कप्तान लिअोनेल मेसीको पासमा फिलिप कोउटिन्होले सुरुवाती गोल गरेका थिए । १२ अौं मिनेटमा कप्तान मेसीले नै अग्रता […]

Ronaldo

October 20, 2018

युभेन्टसबाट गोल गर्दै रोनाल्डोले बनाए अर्को किर्तिमान

टुरिन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत घरेलु मैदानमा जेनोआविरुद्ध गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका क्रिस्टियानो रोनाल्डोले अर्को नँया किर्तिमान बनाएका छन् । जारी खेलमा रोनाल्डोको गोलमा युभेन्ट्स १-० ले अगाडी छ । यो गोलसंगै रोनाल्डोको लिगमा ४ सय गोल पुरा भएको छ । युरोपको शिर्ष ५ लिगमा ४ सय गोल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका […]

October 20, 2018

घरेलु मैदानमा रियलको लज्जास्पद हार

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिड घरेलु मैदान सान्टियागो बर्नाबाउमा लेभान्तेसँग २-१ ले पराजित भएको छ । पहिलो हाफको सुरुवाती समयमा नै रियल पछाडि परेको थियो । लेभान्तेका लुइस मोरालेसले सातौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले सर्जियो पोस्टिगोको पासमा गोल गरेका थिए । त्यसको ६ मिनेटमा […]

October 20, 2018

यी हुनसक्छन् पीपीएल टि-२० का सरप्राइज प्याकेज

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आगामी शुक्रबारदेखि पोखरा प्रिमियर लिग (पीपीएल) सुरु हुँदैछ । सहभागी ६ टोलीले केहि साताअघि नै अक्सनमार्फत आफ्नो टोली निर्माण गरिसकेका छन् । अब सबै टोलीले अक्सनबाट बनेको टोलीमा दुई स्थानीय र दुई विदेशी खेलाडी थप्न पाउने प्रावधान छ । अक्सनमा सबै टोलीले कम्तिमा १० खेलाडी छानेका छन् […]

October 20, 2018

बार्सिलोना विरुद्ध सेभिल्ला : सम्पूर्ण जानकारी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत अंक तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित बार्सिलोना र सेभिल्ला भिड्दैछन् । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सेभिल्ला आफ्नो उच्च लयलाई निरन्तरता दिने सुरमा हुनेछ । च्याम्पियन्स लिगमा उत्कृष्ट सुरुवात गरेको बार्सिलोनाले ला लिगामा भने त्यसैअनुसार प्रदर्शन गर्न सकेको छैन । बार्सिलोनाको लागि यो साता निकै महत्त्वपूर्ण रहेको छ । […]

October 20, 2018

अलाभेस स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा सेल्टा भिगोको मैदानमा १-० को जित दर्ता गर्दै डेपोर्टिभो अलाभेस स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको ५८ औं मिनेटमा भिक्टर लागुआरडियाको क्रसमा टोमास पिनाले गरेको गोल नै निर्णायक सावित भएको थियो । खेल सुरु हुनुअघि छैटौं स्थानमा रहेको अलाभेसले शीर्ष स्थानमा चढ्न खोजेका […]

October 20, 2018

बुन्डेसलिगामा २० वर्षीय जोभिचको एकै खेलमा ५ गोल

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार आइनट्राक्ट फ्रान्कफर्टले फोर्तुना डसलडर्फलाई ७-१ ले पराजित गर्दा फरवार्ड लुका जोभिच एक्लैले ५ गोल गरेका छन् । लिगमा तेस्रो पटक पहिलो रोजाइमा परेका जोभिचले उत्कृष्ट प्रदर्शन गर्दै क्लबलाई साविक विजेता बायर्न म्युनिखभन्दा माथि छैटौं स्थानमा पुर्याए । खेलको २६ औं मिनेटमा एक्रोब्याटिक प्रहारमार्फत उनले गोलको खाता खोलेका थिए । […]

October 20, 2018

एपीएलमा सन्दीप नखेल्दा लेपर्ड्सको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तान प्रिमियर लिग (एपीएल) अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेको टोली नङराहार लेपर्ड्सबल्ख लेजेन्ड्ससँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको छ । सन्दीप लगातार खेलमा विश्राममा रहेका थिए । टस जितेर पहिलो ब्याटिङ गरेको लेजेन्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रनको विशाल योगफल खडा […]

October 19, 2018

एटलेटिकोले नैकापमा एस्ट्रो टर्फ मैदान बनाउन सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – स्पेनिस क्लब एटलेटिको म्याड्रिडले नैकापस्थित निर्माणाधीन फुटबल मैदान बनाउन सहयोग गर्ने भएको छ । शुक्रबार राजधानीमा आयोजित एटलेटिको म्याड्रिड फाउन्डेसन र बीबी फाउन्डेसनमार्फत वेस्ट काठमाडौं फुटबल क्लबबीच भएको सम्झौता अनुसार एटलेटिकोले एस्ट्रो टर्फ मैदान बनाउन सहयोग गर्ने भएको हो । एटलेटिकोले नेपालको फुटबल विकासमा तल्लो तहदेखि नै लाग्ने लक्ष्यसहित चन्द्रागिरी नगरपालिका-१४ […]

October 19, 2018

अस्ट्रेलियामाथि पाकिस्तानको फराकिलो जित

एजेन्सी – मोहमद अब्बासले दोस्रो इनिङ्समा पनि पाँच विकेट लिएपछि पाकिस्तानले अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्टमा ३ सय ७३ रनको फराकिलो जित दर्ता गर्दै सिरिज १-० ले जितेको छ । पाकिस्तानले प्रस्तुत गरेको ५ सय ३८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया १ सय ६४ रनमा अलआउट भयो । पहिलो इनिङमा खराब ब्याटिङ गरेको अस्ट्रेलियाले दोस्रो इनिङमा […]

Success

Thank you for your time.