default_image

breaking big news

June 14, 2018

ललित स्मृतिमा आर्मीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी तेस्रो ललित स्मृति यु १८ फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । आर्मीले बिहीबार जगदम्बा लुम्बिनीलाई ४–० ले हराएको हो । साविक विजेता समेत रहेको आर्मीले सरस्वती क्लबमाथि पनि ४–० कै जित हासिल गरेको थियो । तस्बिरहरु- विवेक सुवेदी/हाम्रो खेलकुद सातदोबाटोस्थित एन्फा कम्लेक्सको एस्ट्रो टर्फमा […]

June 14, 2018

‘डोनोस्टि कप’ खेल्न जाने टिमलाई ट्रयाकसुट हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – डोनोस्टि कप खेल्न जाने टिम रारा मुगुका यु–१४ टिमलाई ट्रयाकसुट हस्तान्तरण गरिएको छ । थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईंले उपलब्ध गराएको ट्रयाकसुट सांसद गगनकुमार थापा र एन्फा महिला फुटबल समितिका अध्यक्ष वृन्दा देवानले बिहिबार एक कार्यक्रमका बीच खेलाडीहरुलाई हस्तान्तरण गरे । स्पेनको सान सबास्टेनमा हुने ‘डोनोस्टि कप’मा प्रतिस्पर्धा गर्न […]

June 14, 2018

उद्घाटन खेलमा हेर्नलायक दुई खेलाडी

मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ विश्वकप २०१८ आज रुसमा सुरु हुंदैछ । आजको ८.४५ मा सुरु हुने उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै छन् । आजको खेलमा हेर्न लायक दुई खेलाडी यी रहेका छन्: फेडोर स्मोलोभ (रुस) डिफेन्स र मिडफिल्डतिर धेरै खेलाडी घाइते रहेकाले रुसले बढी आक्रामक खेल खेल्ने अनुमान गरिएको छ । […]

June 14, 2018

रुस विरुद्ध साउदी : खेल जानकारी र अनुमान

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल महाकुम्भ विश्वकप २०१८ आजबाट रुसमा सुरु हुंदैछ । पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्दै छ । आयोजक रुसको टोलीमा रक्षापंक्तिमा खेलाडीहरु घाइते रहेका छन् । अर्को तर्फ साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेर पुगिसकेका खेलाडीहरु धेरै छन् । दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो खेलमा धेरै […]

June 13, 2018

पुलिस लालबन्दी गोल्डकपको फाइनलमा, झापा पराजित

सर्लाही (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । रमपम झापा ११ लाई बुधबार १–० ले हराउँदै पुलिस वर्षको तेस्रो नकआउट उपाधिको नजिक पुगेको हो । गत साता नुवाकोट गोल्ड कप उपाधि जितेको पुलिसले त्यसअघि दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको थियो । लालबन्दीको राधाकृष्ण मैदानमा रवि पासवानले गरेको गोल […]

June 13, 2018

विश्वकप २०२६ अमेरिका, मेक्सिको र क्यानाडामा

मस्को (एजेन्सी) – फुटबल विश्वकप २०२६ अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । ती तीन राष्ट्रले मरोक्कोलाई पन्छ्याउंदै विश्वकप आयोजना गर्ने मत जितेको हो । अमेरिकाले सन् १९९४ को विश्वकप पनि आयोजना गरेको थियो । त्यहां पहिले देखि नै रहेको पुर्वाधारहरु भएकाले विश्वकप आयोजना गर्न सहज हुने पनि अनुमान लगाइएको छ […]

June 13, 2018

विश्वकपको १ दिन अगाडि स्पेनका प्रशिक्षक लोपेटुइगी बर्खास्त !

मस्को (एजेन्सी) – नव नियुक्त रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटुइगी विश्वकपको १ दिन अघि स्पेनिस टोलीबाट बर्खास्त भएका छन् । स्पेन शुक्रबार पोर्चुगलसंग विश्वकपको पहिलो खेल खेल्दै छ । लोपेटुइगीले रियल म्याड्रिडको प्रशिक्षकको भुमिका स्विकारेपछि स्पेनिस टोलीले उनलाई बर्खास्त गरेको हो । लोपेटुइगीले रियल म्याड्रिडसंग तीन वर्षको सम्झौता गरेका थिए । रियल म्याड्रिडलाई तीन पटक […]

June 13, 2018

पोल्यान्ड जितमा लेवान्डोस्कीको दुई गोल

मस्को (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा पोल्यान्डले लिथुवानियालाई ४-० ले हराएको छ । पोल्यान्डको जितमा उसका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्न सफल रहे । विश्वकपमा पुग्न असफल लिथुवानीया विरुद्ध पोल्यान्डले अधिकांश दोस्रो रोजाईको खेलाडी खेलाए पनि अग्रपंक्ति भने लेवान्डोस्कीले नै सम्हालेका थिए । उनले खेलको १९ औं मिनेटमा गोल गर्दै टोलीलाई […]

June 12, 2018

रुस्लान थ्री स्टार लालबन्दी गोल्डकपको सेमिफाइनलमा

सर्लाही (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब संघर्षपूर्ण जितका साथ लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । अन्तिम क्वाटरफाइनलमा मंगलबार कास्की ११ लाई टाइब्रकेरमा ४–१ ले गर्दै थ्री स्टार अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । थ्री स्टारले एपिएफसँग बिहिबार सेमिफाइनल खेल्नेछ । टाइब्रेकरमा […]

messi hattrick

June 12, 2018

मेस्सीका लागि विश्वकप जित्ने यो अन्तिम मौका ?

मस्को (एजेन्सी)– बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार लियोन मेस्सीलाई अहिले सम्मकै उत्कृष्ट खेलाडी हुन् भन्ने बहस बेला बेला चल्ने गरेको छ । विश्व कप नजिकिदै गर्दा उनले कप्तानी गरेको अर्जेन्टिनाले विश्व कप जित्ने वा नजित्ने विषयमा अनेक कोणबाट बहस सुरु हुन थाल्दछ । यसपटक पनि त्यो बहस केहि अघिबाट सुरु भइसकेको छ । अर्जेन्टिनाका राष्ट्रपति माउरिकियो […]

Success

Thank you for your time.