March 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हारका साथ माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सुरुआत गरेको छ । नेपालले बिहीबारको आफ्नो पहिलो खेल तुर्कमेनिस्तानसँग ३–० ले गुमायो । उपाधिको दाबेदार तुर्केमिनिस्तानसँग नेपाल २५–२०, २५–१८ र २५–२२ ले पराजित भएको हो । हारका वावजुद नेपाली टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले टोलीको प्रदर्शनमा खुसी व्यक्त गरे । […]
March 23, 2017
सर्लाही ( हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब राजर्षि जनक फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभजन प्रतिद्वन्द्वि सरस्वती युवा क्लब काठमाडौंलाई ४–० गोलले हराउँदै जारी सिजन ३ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको आर्मी अन्तिम चार पुगेको हो । आर्मीले दोस्रो हाफमा मात्र गोलको खाता खोल्न सफल भएको थियो । ६३ औं मिनेटमा विकवेक […]
March 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत फुटसल लिगमा सहभागी हुन माल्दिभ्स प्रस्थान गरेका छन्। माल्दिभ्समा वर्षेनी हुने फुटसल लिगको लागि माल्दिभ्स एयरपोर्ट कम्पनीले भण्डारी र बस्नेतलाइ १ महिनाको लागि अनुबन्धन गरेका हुन्। २ वर्ष अघि नेपालकै सजना राणा मगरले पनि उक्त फुटसल लिग खेलेकी थिइन्। मार्च […]
March 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोट चरणअन्तर्गत फिलिपिन्सविरुद्धको अवे खेलका शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाल र फिलिपिन्सबीच चैत १५ गते रिजाल रंगशालामा पहिलो खेल हुँदैछ । नेपालले आन्तरिक तयारीमा जोड दिइरहँदा फिलिपिन्सले भने मंगलबार मैत्रीपूर्ण खेलमा मलेसियासँग गोलरहित बराबरी खेलेको थियो । नेपाल र फिलिपिन्स खेल हुने […]
March 23, 2017
डर्टमण्ड (एजेन्सी) – लुकास पोडोल्स्कीले आफ्नो अन्तिम अन्तराष्ट्रिय खेलमा गरेको दर्शनिय गोलको मद्दतले बुधबार भएको मैत्रिपूर्ण खेलमा जर्मनीले इङ्गल्याण्डलाई १-०ले पराजित गरेको छ। जर्मनीका लागि १३०औं खेल खेल्ने क्रममा टोलीको कप्तानी समेत पाएका पोडोल्स्कीले ६९औं मिनेटमा करिब ३५ यार्ड टाढाबाट देब्रे खुट्टाले प्रहार गरेको सट गोलमा परिणत भएको थियो। उनको यो राष्ट्रिय टोलीको लागि ४९औं […]
March 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का चैतको अन्तिमबाट मैदान फर्केने भएका छन् । पेटको शल्यक्रियापछि पूर्ण रुपमा फिट नभइसकेका कारण उनले विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको गत महिना भएका दुई खेल गुमाएका थिए । त्यस्तै उनले शनिबारदेखि बंगलादेशमा सुरु हुने एसिसी इमर्जिङ कप क्रिकेटबाट पनि नाम फिर्ता लिएका थिए […]
March 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेतृत्व गर्ने गोर्खा राइनोज र श्रीलंकाका पूर्व र वर्तमान राष्ट्रिय राष्ट्रिय खेलाडी सम्मिलित लंकन लायन्सबीच अर्को महिना टि ट्वान्टी–२० श्रृखंला आयोजना हुने भएको छ । नेपाल र श्रीलंकाबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं बार्षिकोत्सवको अवसरमा पारेर पेरिविंकल सर्भिसले तीन वटा टि ट्वान्टी क्रिकेट श्रृखंला आयोजना […]
March 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप फुटबलमा भारतपछि नेपाल सफल टोलीमा पर्दछ। चौथो संस्करणसम्म आइपुग्दा नेपालले तीन फाइनल खेलेको छ। भारत भने चारै संस्करणको विजेता रहेको छ। पछिल्ला चार संस्करणमा नेपाल यो बर्ष पहिलो पटक फाइनल पुग्नबाट बञ्चित रह्यो। यसअघि सधै फाइनल पुगेको नेपाल भारतको सिलगुढीमा यसपटक आयोजना हुँदा सेमिफाइनलबाटै बाहिरिएको थियो। टोली फाइनल […]
March 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सर्वोच्च अदालतको निर्णयबाट पूर्नस्थापित रुक्म शम्सेर राणा अध्यक्ष रहेको समितिका पदाधिकारी आफैले दुई महिना अघि लगाएको ताला खोलेर पहिलो पटक मंगलबार नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवन भित्र प्रवेश गरेका छन् । राणा नेतृत्वको एनओसीका कार्यवहाक अध्यक्ष किशोरबहादुर सिंहको नेतृत्वमा सातदोबाटोस्थित एनओसी मुख्यालय पुगेको समूहले प्रहरीको रोहबरमा ताला खोलेर भवन भित्र प्रवेश […]
March 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ आज स्वदेश आइपुगेका छन् । टिसी स्पोर्टसमा आबद्ध भएपछि पुसको २६मा माल्दिभ्स पुगेका किरण त्यसयता पहिलो पटक स्वदेश फर्केका हुन् । एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध चैत १५ मा हुने पहिलो खेलका लागि उनी नेपाल आएका हुन्। किरणले राष्ट्रिय टोलीसंग रहेर बुधबारबाटै प्रशिक्षण थाल्नेछन। सातदोबाटो […]